ट्रेंडिंग:

>> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली >> तीनकुने घटनामा न्यायिक छानविन समिति गठनको आवश्यकता छैन् : गृहमन्त्री लेखक >> बर्षाले साढे ५ करोड बराबरको ईट्टा नोक्सान >> पत्रकार महासंघ बाँकेले मानव अधिकार आयोगलाई ज्ञापनपत्र बुझायो >> दाउन्नेमा जाममा परेका गाडीहरू चल्न थाले >> पूर्वराजा ज्ञानेन्द्रलाई संसद समितिमा बोलाउन कांग्रेसको प्रस्ताव >> नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जागरण सभा २०८१ >> भक्तपुरमा बिस्काः जात्राको दोश्रो दिन, रथयात्रामा भक्तजनको घुइँचो >> दुर्गा प्रसाईंलाई पक्राउ गरी काठमाडौं ल्याइयो >> आन्दोलनमा उत्रिएका शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि वार्ता हुने >> सुनको भाउ फेरि आकासियो, तोलामा ३,९०० रुपैयाँले उचालिँदै ऐतिहासिक कीर्तिमान >> शिशु अपरहरणको आरोपमा एक महिला नियन्त्रणमा >> तीनकुने राजावादी आन्दोलनपछि फरार दुर्गा प्रसाईं पक्राउ, भारतबाट फर्काइयो काठमाडौं >> हामीले अमेरिकाको ३६ अर्ब डलर नोक्सान गरिदियौंः हुथी >> गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनुहोस् >> आवश्यक पूर्वाधार तयार पारेपछी गौतमबुद्ध बिमानस्थल पूर्णरूपमा सञ्चालन हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> ७० लाख मूल्य बराबरको चरेससहित नेपाली पक्राउ >> रूसले समुन्द्र मुनीका इन्टरनेट काट्ने बेलायती टेलिकम कम्पनिको आशंका >> तीन किलो लागूपदार्थ सहित दुईजना पक्राउ >> बुटवलमा वडाबाट राष्ट्रिय परिचयपत्र >> शिक्षक महासंघले बुझायो २४ बुँदे सूची >> लुम्बिनीको विकासमा स्थानीय समुदायको सहभागिता >> बढ्यो रेमिट्यान्स, दुरूपयोगको चिन्ता >> भुर्तेल लयमा फर्किदा ब्रेक भयो दीपेन्द्रको राष्ट्रिय कीर्तिमान >> दुई दशकपछि बेपत्ताको ‘दाहसंस्कार’ >> मुसिकोट दरबार संरक्षणमा सेनासँगै >> बुटवलमा एमालेले जागरण सभा गर्दै, अध्यक्ष ओलीसहितका शीर्ष नेताले सम्बोधन गर्ने >> लुम्बिनी प्रदेशस्तरीय क्रिकेटको संयुक्त विजेता बने दाङ र रुपन्देही

एम्बुलेन्स नै ‘ठेक्कामा’

सामाजिक सेवाभावले स्थापना भएको दाबी गरिएका ती संस्थाले असमान भाडा असुल्दै त थिए नै, पछिल्लो समयमा एम्बुलेन्स नै भाडामा लगाएर नाफा कामाउनतर्फ उद्दत छन् । नयाँ हुँदासम्म आफै चालाउने र पुरानो भएपछि ठेक्कामा लगाउने तथा बिक्री गर्ने रोग एम्बुलेन्स संचालन गर्ने सामाजिक संस्थामा देखिएको छ ।
१७ भाद्र २०८१, सोमबार
१७ भाद्र २०८१, सोमबार

बुटवल, १७ भदौ ।
नेपाल सरकारबाट राजश्व छुट प्राप्त गरी सञ्चालनमा आएका एम्बुलेन्सहरू नै भाडामा लगाएको पाइएको छ । सामाजिक सेवाभावले स्थापना भएको ‘दाबी गरिएका’ ती संस्थाले असमान भाडा लिएका त छदैछन् पछिल्लो समयमा एम्बुलेन्स नै भाडामा लगाएर नाफा कामाउनतर्फ लागेको पाइएको छ ।
यसरी ती एम्बुलेन्स ठेक्कामा लगाउँदा एम्बुलेन्स संचालनको उद्देश्य माथि नै प्रश्न उठेको छ । यस्तै एउटा संस्थाले स्वामित्व लिएर सञ्चालन गर्दै आएका कतिपय एम्बुलेन्स बिक्री समेत भएको पाइएको छ । ‘सेवा नै धर्म हो’ नारा लेखिएका एम्बुलेन्सहरू नाफामुलक बाटोमा हिँड्दा नाराले नै गिज्याइरहेको छ । यातायातको सहज पँहुच नभएका स्थानमा बिरामीहरूको लागि सहज सेवा प्रदान गर्ने एम्बुलेन्स एक जिल्लाको संस्थाले सञ्चालन गर्दै आएकोमा अर्को जिल्लामा बिक्री समेत हुने गरेको छ ।

अर्घाखाँची डिर्भना रूपन्देही सम्पर्क मञ्च रूपन्देहीले संचालन गर्दै आएको लु २ च ६७०६ नम्बरको एम्बुलेन्स बिक्री भएर भैरहवा पुगेको छ । जिल्ला प्रशासन रूपन्देहीमा दर्ता गरी मानविय सेवामा सहयोग गर्ने उद्देश्य देखाउँदै एम्बुलेन्स भित्राएको संस्थाले पछिल्लो समय पैसाको चलखेलमा बिक्री गरिएको आरोप छ । एम्बुलेन्स किनेका ती चालकले मासिक रूपमा पैसा बुझाउने गरी लिएको बताउँछन् । औपचारिक रूपमा यातायात कार्यालयमा पास नहुने ती एम्बुलेन्स आपसी कागजात मिलाएर लेनदेन हुने गरेको छ । नयाँ संस्था वा व्यक्तिले किनेर चलाएको भएपनि ती एम्बुलेन्स पुरानै संस्थाबाट नवीकरण हुने गरेको छ ।

यस्तै सिद्धार्थ सेवा समाज भैरहवाले संचालन गरिरहेको लु १ च ३४६९ नम्बरको म्यास महिन्द्रा जीप (एम्बुलेन्स) बिक्री भएर बिरगञ्ज पुगेको छ । उक्त एम्बुलेन्स ४ लाख ५० हजार बढी मूल्यमा बिक्री भएको स्रोतको भनाइ छ । बुद्ध जागरण अभियान रूपन्देहीको नाममा रहेको लु १ च ६०९८ एम्बुलेन्स अहिले नवलपरासीको भुमहीमा रहेको जेसिका पोलीक्लिनिकलाई बिक्री गरिएको पाइएको छ । के कतीमा बिक्री भएको नखुलेपनि रूपन्देहीका कुनै पनि अस्पतालमा उक्त एम्बुलेन्स सञ्चालनमा नरहेको नेपाल एम्बुलेन्स चालक संघका एक सदस्यले बताए । कतिपय एबुलेन्सको सञ्चालन संस्थाको नाम नै परिवर्तन गरि नयाँ नामबाट सञ्चालनमा ल्याइएका छन् ।

रूपन्देहीमा सन्चालित धेरै एम्बुलेन्सहरू चालकहरूलाई ठेक्का दिएर सञ्चालन भैरहेका छन । समाचार स्रोतका अनुसार रूपन्देही जिल्ला भित्र करीब ९० बटा एम्बुलेन्स सन्चालनमा रहेकोमा धेरैजसो एम्बुलेन्स बजार केन्द्रित छन् । गाउँ–गाउँ मा सेवा दिने भनेर भित्रीएका एम्बुलेन्स लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवा मेडिकल कलेज, भैरहवाको भिम अस्पताल र बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल आसपासमा बिरामी बोक्ने गरी कुरिरहेका भेटिन्छन् । एम्बुलेन्सहरू ठेक्कामा सञ्चालन गर्न दिँदा आफ्नो दायित्व बहन गर्न नखोज्ने, बिरामीका आफन्तबाट तोकीएको भन्दा बढि रकम लिँदा सेवाग्राही मर्कामा पर्ने गरेका छन् ।

संयुक्त एम्बुलेन्स चालक संघ रूपन्देहीका अध्यक्ष मन बहादुर गुरुड्डले एम्बुलेन्स बिक्री भएको बारे आफूले पनि सुनेको बताए । केही एम्बुलेन्स बिक्री भएको बिषय जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा समेत उजुरी परेको उनको भनाइ छ ।
अध्यक्ष गुरुड्डले भने, एम्बुलेन्स बिक्रीबारे छानबिन के कसरी भैरहेको छ भन्ने कुरा जानकारी भएन । यता रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले एम्बुलेन्स खरीद गर्ने संचालन गर्ने जिम्मा सम्बन्धित संस्थाको हुने र त्यसको बिक्री गर्न नमिल्ने बताए ।
सामाजिक सेवाभावले स्थापना गरिएका संस्थाले सञ्चालन गर्दै आएको एम्बुलेन्स बिक्री भएको र ठेक्कामा लगाइएको पाइए कार्बाही हुन्छ, हामी यसको अनुगमन गछौं, अर्यालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%

admission