© २०२३
पूर्वाधार विकास एक महत्वपूर्ण अवधारणा हो, जसले देशको आर्थिक, सामाजिक, र सांस्कृतिक प्रगतिमा महत्वपूर्ण भूमिका खेल्छ । यसले भौतिक संरचना र सेवाहरूको निर्माण, सुधार, र व्यवस्थापनलाई समेट्छ । पूर्वाधार विकासले देशको आधारभूत सुविधाहरूलाई सुधार गरेर जनताको जीवनस्तर उकास्ने र आर्थिक गतिविधिहरूलाई प्रवद्र्धन गर्ने उद्देश्य राख्छ ।
पूर्वाधार विकासले राष्ट्रको समग्र प्रगतिमा महत्वपूर्ण योगदान पुर्याउँछ, तर यसका लागि प्रभावकारी योजना, स्रोत व्यवस्थापन, र स्थायित्वका लागि ध्यान दिन आवश्यक हुन्छ ।
पूर्वाधार विकास व्यापक र बहुआयामिक विषय हो, जसले समाज र राष्ट्रको दिगो विकासको लागि आधारशिला निर्माण गर्छ। यहाँ पूर्वाधार विकाससँग सम्बन्धित केही थप महŒवपूर्ण पक्षहरूमा चर्चा गर्ने प्रयास गरिएको छ । सर्बप्रथम पुर्वाधारलाई मुख्यतया दुई प्रकारमा बर्गिकरण गर्न सकिन्छ ।
१. कडा पूर्वाधार (Hard Infrastructure): यस अन्तर्गत निम्न पुर्वाधारहरू पर्दछनः
क) परिवहन पूर्वाधारः देशको भौतिक विकासलाई सम्बोधन गर्ने सडक, रेलमार्ग, हवाई अड्डा, बन्दरगाह जस्ता पुर्वाधारहरू यस अन्तर्गत पर्दछन ।
ख) ऊर्जा पूर्वाधारः बिजुली उत्पादन केन्द्र, वितरण प्रणाली, ग्यास पाइपलाइन जस्ता पुर्वाधारहरू यस अन्तर्गत पर्दछन ।
ग) जल व्यवस्थापन पूर्वाधारः बाँध, नहर, जलाशय, सिँचाइ प्रणाली, खानेपानी प्रणाली, ढल ब्यवस्थापन जस्ता पुर्वाधारहरू यस अन्तर्गत पर्दछन र
घ) आवासीय पूर्वाधारः घर, अपार्टमेन्ट, व्यावसायिक भवनहरू जस्ता पुर्वाधारहरू यस अन्तर्गत पर्दछन ।
२. नरम पूर्वाधार (Soft Infrastructure): यस अन्तर्गत निम्न पुर्वाधारहरू पर्दछनः
क) शिक्षा प्रणालीः समाजको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र संचालन गर्ने जस्ता शिक्षासंग सम्बन्धित पुर्वाधारहरू यस अन्तर्गत पर्दछन ।
ख) स्वास्थ्य सेवा प्रणालीः अस्पताल, स्वास्थ्य क्लिनिक, औषधि आपूर्ति गर्ने उद्योग जस्ता स्वास्थ्य सेवा संचालन गर्ने स्वास्थ्यसंग सम्बन्धित पुर्वाधारहरू यस अन्तर्गत पर्दछन ।
ग) वित्तीय प्रणालीः बैंक, बीमा कम्पनीहरू, वित्तीय बजार संचालन गर्ने अर्थसंग सम्बन्धित पुर्वाधारहरू यस अन्तर्गत पर्दछन । र
घ) सञ्चार प्रणालीः दूरसञ्चार नेटवर्क, इन्टरनेट सेवा प्रदायक जस्ता सूचना,मनोरञ्जन संग सम्बन्धित पुर्वाधारहरू यस अन्तर्गत पर्दछन ।
पूर्वाधार विकासका मुख्य क्षेत्रहरूः
पुर्वाधार विकासका मुख्य क्षेत्रहरूमा यातायात, ऊर्जा, जल स्रोत र खानेपानी तथा सरसफाई, दूरसञ्चार, शहरीकरण र सामाजिक पूर्वाधार जस्ता बिषयहरू पर्दछन ।
यातायात पुर्वाधार अन्तर्गत सडक, रेलमार्ग, हवाई अड्डा र बंदरगाह पर्दछन । सडक पुर्वाधारमा ग्रामीण र शहरी सडकहरूको निर्माण र सुधार पर्दछन भने हवाई अड्डापुर्वाधारमा हवाई यातायातको लागि अत्याधुनिक हवाई अड्डाको निर्माण पर्दछन । त्यस्तै रेलमार्ग पुर्वाधार तर्फ रेल्वे लिङ्कको विस्तार र आधुनिकीकरण पर्दछन भने बंदरगाह पुर्वाधारमा जल यातायात र व्यापारलाई प्रवद्र्धधन गर्न बन्दरगाहको विकास जस्ता कार्यहरू पर्दछन ।
ऊर्जा पुर्वाधारमा बिजुली उत्पादन र ऊर्जा वितरण पर्दछन । बिजुली उत्पादन अन्तर्गत जलविद्युत्, सौर्य ऊर्जा, पवन ऊर्जा, र परमाणु ऊर्जा उत्पादन संयन्त्रहरूको निर्माण पर्दछन भने ऊर्जा वितरण तर्पm विद्युत् वितरण प्रणालीको सुधार, विद्युत् पहुँच वृद्धि, र ग्रामीण विद्युतीकरण कार्यहरू पर्दछन ।
जल स्रोत पुर्वाधारमा कृषिमा पानी आपूर्ति गर्न सिँचाइ प्रणालीको निर्माण र व्यवस्थापन कार्यहरू पर्दछन । खानेपानी तथा सरसफाई पुर्वाधार बिकासमा स्वच्छ पानीको आपूर्ति प्रणालीको निर्माण र ढल व्यवस्थापन कार्यहरू पर्दछन । ढल व्यवस्थापन पुर्वाधार बिकासमा शहर र ग्रामीण क्षेत्रमा ढल व्यवस्थापन प्रणालीको सुधार कार्यहरू पर्दछन ।
दूरसञ्चार पुर्वाधारमा आजको यूग सुहाउंदो डिजिटल पूर्वाधार को बिकास पर्दछ , जस्मा इन्टरनेट सेवा, मोबाइल नेटवर्क विस्तार, र सूचना प्रविधिको विकास कार्यहरू पर्दछन । त्यस्तै दुरसञ्चार पुर्वाधार विकसको अर्को कार्यमा आम गाउँ (गाउँसम्म टेलिफोन, टेलिभिजन, र अन्य सञ्चार सेवा पुर्याउने व्यवस्था पर्दछन ।
पुर्वाधार विकासका मुख्य क्षेत्रहरू मध्येकै अर्को महवपुर्ण विकासमा शहरीकरण पनी पर्दछ । आवास, पानी र बिजुली, परिवहन सेवाको व्यवस्था जस्ता कार्यहरू शहरीकरण पुर्वाधार विकास अन्तर्गत पर्दछन । किफायती आवासको निर्माण, शहरी क्षेत्रमा व्यवस्थित आवास योजना (जस्तैः आवास, पानी, बिजुली, र सरसफाई जस्ता आधारभूत सुविधा) र शहर भित्रको सार्वजनिक यातायात प्रणालीको विकास ९जस्तैस् मेट्रो, सार्बजनिक बस सेवा० शहरीकरण पुर्वाधार विकासमा गरिने कार्यहरू भित्र पर्दछन ।
त्यसैगरी सामाजिक पूर्वाधार अन्तर्गत शिक्षा र स्वास्थ्य जस्ता बिषयहरू पर्दछन । शिक्षा अन्तर्गत विद्यालय, कलेज, र अन्य शैक्षिक संस्थाहरूको निर्माण पर्दछन भने स्वास्थ्य अन्तर्गत अस्पताल, स्वास्थ्य क्लिनिक, र आधारभूत स्वास्थ्य सेवाको विस्तार जस्ता कार्यहरू पर्दछन ।
पुर्वाधारको बिकासले समाज र राष्ट्रलाई बिभिन्न किसिमबाट लाभ प्रदान गरीरहेको हुन्छ । उदाहरणका लागी, उद्योग, व्यापार र पर्यटनको लागि पूर्वाधारले आधारभूत सेवा प्रदान गरेर आर्थिक गतिविधिहरूलाई बढाई आर्थिक वृद्धिमा टेवा पु¥याइ रहेको हुन्छ । निर्माण क्षेत्रको पुर्वाधारले ठूलो संख्यामा रोजगारी अवसरहरू सिर्जना गरेको हुन्छ । पूर्वाधारले जनतालाई शिक्षा, स्वास्थ्य, र अन्य सेवाहरूमा पहुँच प्रदान गरेर जीवनस्तर सुधार गर्छ। अन्ततः पूर्वाधारको बिकास र विस्तारले दीर्घकालीन रूपमा विकास र समृद्धिको आधार तयार गर्छ ।
पूर्वाधार विकासमा लगानीका स्रोतहरूः
पुर्वाधार विकासका लागि लगानीका श्रोतहरू महत्वपुर्ण हुन जान्छ । लगानी बिना पुर्वाधार विकास असम्भव हुन जान्छ । तसर्थ पुर्वाधार विकासको योजना बनाउंदानै लगानिका श्रोतहरू निश्चित गरिनु पर्दछ । पुर्वाधार विकासमा लगानीका श्रोतहरूलाई निम्नानुसार बर्गिकरण गर्न सकिन्छ ।
क) सरकारी लगानीस् अधिकांश पूर्वाधार परियोजनाहरूको लागि सरकार प्रमुख लगानीकर्ता हो । सार्वजनिक कोषबाट आउने बजेटले सडक, विद्युत्, स्वास्थ्य सेवा जस्ता परियोजनाहरूलाई सहयोग पुर्याउँछ ।
ख) निजी क्षेत्रको लगानीस् हालका वर्षहरूमा निजी क्षेत्रबाट पूर्वाधार विकासमा लगानी बढेको छ । सार्वजनिक(निजी साझेदारी ९एगदष्अि एचष्खबतभ एबचतलभचकजष्उ० मोडेलले पनि महत्व पाएको छ ।
ग) अन्तर्राष्ट्रिय सहयोगस् विश्व बैंक, एशियाली विकास बैंक, र अन्य अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले पूर्वाधार परियोजनाहरूको लागि ऋण र अनुदान उपलब्ध गराउँछन् ।
घ) वैदेशिक लगानीस् विदेशी कम्पनीहरू र सरकारहरूले पूर्वाधार परियोजनामा लगानी गर्न सक्छन्, जसले प्रविधि र पूँजी भित्र्याउन मद्दत पुर्याउँछ ।
पूर्वाधार विकासका रणनीतिहरूः
कुनै पनि देशको पुर्वाधार विकासको गतिमा सम्बन्धित राष्ट्रले कस्तो लगानी रणनीति लिएको छ, त्यो महत्वपुर्ण हुन्छ । उदाहरणका लागी पुर्वाधार लगानीका केही रणनीतिहरूका बारेमा याहां छोटो चर्चा गएिको छ ।
क) दिगो विकासको अवधारणाः पूर्वाधार विकास गर्दा वातावरण संरक्षण, सामाजिक समानता, र आर्थिक वृद्धि बीच सन्तुलन कायम गर्नुपर्छ । उदाहरणका लागि, जलविद्युत् परियोजनाहरू जस्ता ठुला र दुरगामी असर गर्ने प्रकृतिका आयोजनाहरूमा वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ ।
ख) नवप्रवर्तन र प्रविधिः आधुनिक प्रविधि र नवप्रवर्तनले पूर्वाधार निर्माणलाई द्रुत र प्रभावकारी बनाउन मद्दत गर्छ । उदाहरणका लागि, स्मार्ट शहरको अवधारणा, जहाँ सूचना प्रविधिको प्रयोगले शहरी जीवनलाई सरल र सुरक्षित बनाउँछ ।
ग) समावेशी विकासः ग्रामीण क्षेत्र, दुर्गम क्षेत्र, र कमजोर समुदायलाई पूर्वाधार विकासमा समावेश गर्नुपर्ने आवश्यकता हुन्छ। यसले समाजको सम्पूर्ण विकास सुनिश्चित गर्छ।
घ) स्थानीय स्रोतहरूको उपयोगः पूर्वाधार परियोजनामा स्थानीय स्रोत, जनशक्ति, र सामुदायिक सहभागिता बढाएर परियोजनाको दीर्घकालीन सफलता
पूर्वाधार विकासका सामाजिक प्रभावहरूः
पूर्वाधार विकासका केही सामाजिक प्रभावहरू पनी हुने गर्दछन, जसलाई अनदेखा गर्न सकिदैन । पुर्वाधार विकासमा प्रभाव पार्ने केही सामाजिक प्रभावहरू निम्नानुसार छन ।
क) शहरीकरणको तीव्रताः पूर्वाधार विकासले ग्रामीण क्षेत्रबाट मानिसहरूलाई शहरतिर आकर्षित गर्छ, जसले शहरीकरणको गति बढाउँछ ।
ख) मानव विकास सूचकांकमा सुधारः शिक्षा, स्वास्थ्य, र आयमा वृद्धि गरेर पूर्वाधार विकासले मानव विकास सूचकांक सुधार्न योगदान पुर्याउँछ ।
ग) समानताको प्रवर्द्धनः पूर्वाधारले ग्रामीण क्षेत्र र दुर्गम स्थानमा पहुँच वृद्धि गर्न मद्दत गर्छ, जसले क्षेत्रीय असमानता घटाउन सहयोग पुर्याउँछ ।
घ) सांस्कृतिक परिवर्तनः पूर्वाधारले समाजमा नयाँ प्रविधि, जीवनशैली, र सांस्कृतिक आदानप्रदानलाई पनि प्रोत्साहित गर्छ, जसले समाजलाई परिष्कृत र विकसित बनाउँछ ।
पूर्वाधार विकासका अवसरहरू र चुनौतीहरूः
पुर्वाधार विकासमा धेरै अवसर र केही चुनौतीहरू हमेशा रहेका हुन्छन । हामीले पुर्वाधार विकासको परिकल्पना गर्दा अवसरलाई मात्र बढी महत्व दिएको पाईन्छ । चुनौतीका बारेमा पुर्वानुमान नगर्दा विकास संगसगै आउने विनासलाई न्यूनिकरण गर्ने तर्फ पनी हाम्रो ध्यान जान जरुरी छ । पूर्वाधार विकासका चुनौतीहरूमा स्रोतसाधनको अभाव, पर्यावरणीय प्रभाव र मर्मत र व्यवस्थापन जस्ता बिषयहरू पर्दछन । श्रोतसाधनको अभावमा पूर्वाधार निर्माणका लागि आवश्यक पूँजीको कमी हुने गर्दछ भने पर्यावरणको प्रभाव अन्तर्गत पूर्वाधार निर्माणका क्रममा पर्यावरणमा पर्ने नकारात्मक असर पर्दछ । त्यस्तै मर्मत र व्यवस्थापन पक्षमा पूर्वाधार निर्माण पछि त्यसको दीर्घकालीन मर्मत र व्यवस्थापनको चुनौती पर्दछन ।
पुर्वाधार विकासका मुख्य अवसर र चुनौतीहरूलाई निम्नानुसार बर्गिकरण गर्न सकिन्छ ।
अवसरहरूः
क) अर्थतन्त्रको विविधिकरणः पूर्वाधार विकासले कृषि, उद्योग, सेवा क्षेत्र सबैलाई बलियो बनाउँछ।
ख) वैश्विक प्रतिस्पर्धाः राम्रो पूर्वाधारले देशलाई अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धी बनाउन मद्दत गर्छ।
ग) पर्यटनको प्रवर्द्धनः राम्रो यातायात र आवास सुविधाले पर्यटक आकर्षण बढाउँछ ।
चुनौतीहरूः
क) आर्थिक सीमाहरूः पूर्वाधार परियोजनाहरू धेरै महँगा हुन्छन्, जसले गर्दा लगानीको अभाव हुन सक्छ ।
ख) पर्यावरणीय र सामाजिक प्रभावः ठूला परियोजनाहरूले प्राकृतिक स्रोतहरूको अत्यधिक दोहन गर्न सक्छन् र स्थानान्तरणको आवश्यकताका कारण स्थानीय समुदायमा सामाजिक समस्या सिर्जना गर्न सक्छन् ।
ग) सुरक्षाको चुनौतीः पूर्वाधार परियोजनाहरूलाई बाह्य जोखिम (जस्तै, प्राकृतिक प्रकोप, आतंकवाद) बाट सुरक्षित राख्न चुनौती हुन्छ ।
भविष्यका सम्भावना र योजनाः
पुर्वाधार विकासका सम्भावनहरू असिमित छन । बिकसित राष्ट्रहरूले चन्द्रमामा वस्ति बसाल्ने परिकल्पना गरिसकेका छन ।
हाम्रै छिमेकी देश चिनले छोटो अवधिमा पुर्वाधार क्षेत्रमा गरेको विकासले संसारलाई अचम्ति पारेको छ । त्यस्तै अर्को छिमेक देश भारत पनि पुर्वाधार विकासमा छिटो पाईला सारीरहेको छ । यूरोप र अमेरिककन राष्ट्रहरूले पुर्वाधार विकासमा गरेको कारनामा त जगजाहेरै छ । अझ एसियामै अवस्थित खाडी राष्ट्रहरू मध्यकै यूनाइटेड अरव ईमिरातले दुवइ शहरको निर्माणमा गरेको अदभुत पुर्वाधार बिकासको सिको ससारका बिकसित देशहरूले समेत गरेका छन । तसर्थ भविष्यमा गरिने पुर्वाधार विकासका सम्भावना र योजनारु निम्न बमोजिमको लय समातेर अगी बढनेमा कतै सन्देह नगर्दा हुन्छ ।
क) स्मार्ट सिटीजः सूचना प्रविधि र दिगो विकासको अवधारणामा आधारित स्मार्ट सिटीहरूको निर्माण भविष्यमा पूर्वाधार विकासको प्रमुख ट्रेन्ड हुनेछ ।
ख) हरित पूर्वाधारः वातावरणमैत्री निर्माण सामग्री, अक्षय ऊर्जा स्रोत, र हरित प्रविधिको प्रयोग गर्दै हरित पूर्वाधार विकासको प्रवृत्ति बढ्नेछ ।
ग) डिजिटल पूर्वाधारः डिजिटल क्रान्तिले भर्चुअल पूर्वाधार (जस्तै, क्लाउड कम्प्युटिङ, डिजिटल फाइनान्स) निर्माणमा नयाँ सम्भावना खोलेको छ ।
पूर्वाधार विकास देशको समग्र विकासको लागि महत्वपूर्ण उपकरण हो। यसले आर्थिक, सामाजिक, र सांस्कृतिक प्रगतिको मार्ग प्रशस्त गर्छ, र दिगो र समावेशी विकास सुनिश्चित गर्न सरकार, निजी क्षेत्र, र समाज सबैको साझेदारी आवश्यक छ ।