ट्रेंडिंग:

>> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता >> प्रधानमन्त्री ओली र बिमेस्टेकका महासचिवबीच भेटवार्ता >> दाङमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबलमा पाल्पा सेमिफाइनलमा

खानेपानीको धारामा पौने तीन करोड

१० भाद्र २०८१, सोमबार
१० भाद्र २०८१, सोमबार

सल्यान, १० भदौ ।
एक गाग्री खानेपानीको जोहो गर्न निकै दुःख भोग्नेगरेकी सल्यानको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ हारिचारकी रामकली खत्री घरमै धारा निर्माण भएर नियमित पानी आउन थालेपछि दंग छिन् । पानीको समस्यासंगै सबैभन्दा बढी जुध्ने गरेका छत्रेश्वरीकै वडा नं ७ स्थित पानीखोलाका महिलाहरू जागरुक भएर महिलाहरूको मात्रै समिति निर्माण गरेर बृहत योजना सम्पन्न पार्दै घरघरमा धारा निर्माणसंगै विकटको मुहानबाट पानी ल्याउन सफल भएका छन् । स्थानीय मिना कुमारी वलीले अहिले वर्षाैँदेखीको खानेपानी समस्या समाधान भएको बताउँछिन् । गाउँपालिकाले स्थानीय समूदायलाइ समेत सक्रिय बनाउदै विभिन्न निकायसँगको साझेदारीमा एक वर्षको अवधिमा मात्रै उल्लेख्य प्रगति हासिल गरेको छ ।

छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८२१ खानेपानीको धारा निर्माण भएका हुन् । पालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धाराको अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०।०८१ मा मात्रै ८२१ घरधुरीमा खानेपानीको सुविधा पु¥याएको हो । जसबाट पाँच हजार ३६० जनसंख्या लाभान्वित भएको गाउँपालिकाले जनाएको छ ।

खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्नका लागि पालिकाको आफ्नै लगानी तथा विभिन्न दातृ निकाय, संघसंस्था एवम् परियोजनाहरूसंगको सहकार्य र साझेदारीमा योजना सञ्चालन गर्दा एक वर्षको अवधिमा ८२१ बढी घरधुरीमा खानेपानीको धारा निर्माण गर्ने सफलता मिलेको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले जनाए । पालिकाका विभिन्न ३६ योजना तथा गाउँपालिकासंगको साझेदारीमा सञ्चालित सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना (सुस्वा) मार्फत घरघरमा धारा निर्माण गरिएको उनको भनाई छ ।

खानेपानीका धारा संगै घरघरमा हात धुने स्थान तथा चाङ समेत निर्माण भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको आफ्नै लगानीबाट ३६ वटा योजना सम्पन्न गरेर ५१२ वटा धारा निर्माण भएको र यसबाट दुई हजार ६२१ जना लाभान्वित भएको योजना शाखा प्रमुख नविन चन्दले जानकारी दिए । यस्तै सुस्वा परियोजना मार्फत ३०९ जनाको घरमा धारा निर्माण भएको गाउँपालिकाको वास इकाइले जानकारी दिएको छ । परियोजना अन्तर्गत खानेपानी तथा सरसफाइका योजनाबाट दुई हजार ७३९ जना लाभान्वित भएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । उनले भने, ‘घरघरमा खानेपानीका धारा संगै भाँडाकुडा माझिसकेपछि सुकाउन, राख्नका लागि २३६ घरमा चाङ र २७५ घरमा हात धुने स्थान पनि बनाइएको छ । गत आर्थिक वर्षमा खानेपानीका ४ वटा वृहत योजना सम्पन्न भएका छन् ।’

वडा नं १ मा ७९ लाख ४७ हजार ११३ रूपैयाँको लागतमा १४६ घरमा धारा पुर्याएर दुदेलिगैरा खानेपानी तथा सरसफाइ योजना सम्पन्न भएको छ भने वडा नं २ मा ३२ लाख ९७ हजार ८६४ रूपैयाँ लागतमा पांग्रेखोला दमाचौर खानेपानी तथा सरसफाइ योजनाबाट ४५ घरमा धारा पुगेको केसीले जनाए । यस्तै वडा नं ४ मा ३४ लाख ८६ हजार ८०७ रूपैयाँ लागतमा निर्माण भएको ढुंगेखानी हारिचार पोखरीडाँडा खानेपानी योजनाले ३२ घरमा धारा पुगेको छ भने वडा नं ७ मा ५२ लाख ४१ हजार २६३ रूपैयाँ लागतको छहरेखोला पानीखोला खानेपानी तथा सरसफाई योजनाबाट ८६ घरमा धारा पुगेको उनले जनाए । सुस्वा परियोजनाको ६१.१४ प्रतिशत, गाउँपालिकाको १३.६२ प्रतिशत र उपभोक्ताको २५.२३ प्रतिशत साझेदारीमा खानेपानी तथा सरसफाइका योजनाहरू सम्पन्न भएको वास इकाइले जनाएको छ ।

स्वच्छ र सुरक्षित खानेपानीको आपूर्ति व्यवस्था गर्न कम हुदै गएका खानेपानीका स्रोतको जगेर्ना गर्दै खानेपानी तथा सरसफाइका संरचनाहरूलाई जलवायु अनुकूल तथा बिपद् व्यवस्थापनमैत्री बनाउँदै लगिने गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक बुद्ध कुमारी खत्रीले जनाइन् । गत आर्थिक वर्षमा मात्रै जनसहभागिता सहित खानेपानी योजनाको लागि दुई करोड ७८ लाख ९९ हजार ३१७ रूपैयाँ लगानी भएको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । मानव स्वास्थ्य, वातावरण, र सामाजिक–आर्थिक विकासका दृष्टिले दिगो तथा स्वच्छ खानेपानीको महत्व धेरै रहेको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले पानी स्रोतहरूको पहिचान, संरक्षण, र उचित व्यवस्थापनमा गाउापालिकाले विशेष ध्यान दिएको बताए । समुदायका मानिसहरूलाई पानीको संरक्षण, उपयोग, र सरसफाइबारे सचेतना जगाउने काम पनि भइरहेको भन्दै छत्रेश्वरी गाउँपालिकाले दीगो खानेपानी व्यवस्थापनमा समुदायलाइ सक्रिय रूपमा सहभागिता गराउने जनाएको छ ।

स्वच्छ खानेपानीको सुनिश्चितता संगै सरसफाइको उचित व्यवस्था पनि जरुरी देखिन्छ । यसमा स्थानीय सरकारले शौचालय निर्माण, फोहोरमैला व्यवस्थापन, र जनचेतना कार्यक्रमहरूको माध्यमबाट सरसफाइ अभियान चलाउन आवश्यक छ । पानीको अनियमित प्रयोग, प्रदूषण, र दुरूपयोग रोक्नका लागि स्थानीय सरकारले आवश्यक नियम र कानूनहरूको निर्माण र कार्यान्वयन गर्नुपर्छ । यसमा जरिवाना, प्रोत्साहन, र निगरानीको व्यवस्था समावेश गर्न आवश्यक रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । खानेपानीको गुणस्तर र वितरण प्रणालीको प्रभावकारिता सुनिश्चित गर्न नियमित निरीक्षण, निगरानी, मूल्यांकन तथा संघीय सरकार, गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय संस्था, र निजी क्षेत्रसँग सहकार्यमा स्थानीय सरकारको भुमिका महत्वपूर्ण मानिन्छ । संकटको समयमा खानेपानीको अभाव हुन नदिनका लागि स्थानीय सरकारले बाढी, खडेरी, वा अन्य प्राकृतिक प्रकोपको समयमा पानीको आपूर्ति सुनिश्चित गर्न योजनाबद्ध तयारी र व्यवस्थापनको आवशयकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%