© २०२३
प्युठान, ०४ भदौ ।
स्वर्गद्वारी नगरपालिका–२ धनवाङका शिवलाल पुन मगरले ७ रोपनीमा व्यवसायिक तरकारी खेती गरेका छन् । उनले उत्पादन गरेको बालीको मूल्य पाउनेमा ढुक्क छन् । कारण हो, शिवलाल सहित पालिकाका किसान, पालिकाको छलफल गरे बनाएको वार्षिक न्यूनतम समर्थन मूल्य नपाए स्वर्गद्वारी नगरपालिकाले अनुदान दिने छ । न्यूनतम समर्थन मूल्य भन्दा कममा बिक्री गर्नु परे पालिकाले अनुदान दिने सर्तले कृषि उत्पादन वृद्धिमा ढुक्क बनाएको उनले बताए ।
धनवाङमा एक दर्जन बढी किसानहरूले व्यवसायिक तरकारी खेती गर्दै आएका छन् । उनीहरूको उत्पादन जिल्लाको चकचके, भिंग्री, किमिचौर, रोल्पाको सुलिचौर, खुंग्रीका तरकारी पसलहरू र थोक व्यापारीसम्म पुग्ने गरेको छ ।
उनको उत्पादनले मूल्य नपाए कसरी घर चलाउने होला भन्ने चिन्ता हटेको छ । ‘हामीलाई रोगरहित बाली जोगाउने चिन्ता हो’ पुन मगरले भने,‘मूल्य नपाए पालिकाले दिनेछ ।’ ढुक्कले तरकारी खेती गर्ने अवस्था सिर्जना भएको उनको दाबी छ ।
स्वर्गद्वारी नगरपालिका–९ जिवाङका पूर्ण बहादुर घर्ती मगरलाई स्वर्गद्वारी नगरपालिकाले समर्थन मूल्य तोकेपछि तरकारीको बजार ढुक्क भएको छ । बजारीकरण सहित दैनिक हाटबजार, सङ्कलन केन्द्रहरू निर्माण गरी सञ्चालन गर्न सके थप सहजता हुने उनले बताए । १४ रोपनी जग्गामा तरकारी खेती गरेका छन् । हप्ताको एक दिन स्वर्गद्वारी नगरपालिका–३ जलुकेमा सङ्कलन केन्द्रको रूपमा सञ्चालन भइरहेको छ ।
साउन ७ गते देखि सङ्कलन केन्द्र हप्ताको एक दिन सञ्चालन हुने र बारी देखि केन्द्रसम्म स्वर्गद्वारी नगरपालिकाले यातायातको व्यवस्था गरेको जानकारी दिए । स्वर्गद्वारी नगरपालिका बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका उनले किसानलाई उत्पादन तर्फ प्रोत्साहित गर्न नगरपालिकाले कृषकको माग र आवश्यकताका आधारमा अनुदानका कार्यक्रम छनौट तथा सञ्चालन गर्नुपर्ने समेत बताए ।
स्वर्गद्वारी नगरपालिकाले टमाटर, काउली, बन्दा, करेला, सिमी, बोडी, काक्रो, भेडे खुर्सानी र लौका गरी ९ तरकारी बालीको न्यूनतम समर्थन मूल्य तोकिएको छ ।
स्वर्गद्वारी नगरपालिकाले पालिकाका किसानहरूको कृषि उत्पादनको प्रवर्धन तथा प्रोत्साहनका लागि कृषि उपजहरूको न्यूनतम मूल्यमा विक्री वितरण गर्ने सम्बन्धी कार्यविधि २०७९ जारी गरी कार्यान्वयनमा ल्याइएको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोज बहादुर भण्डारीले जानकारी दिए ।
साउन २४ गते सूचना जारी गरी नौ तरकारी बालीको न्युनतम समर्थन मूल्य बारे जानकारी दिइएको थियो । ‘किसानले तोकिएको मूल्य नपाए जति क्षति भएको हो नगरपालिकाले व्यहोर्ने भएको छ,’ भण्डारीले भने‘ प्रतिकिलोमा रु.५ रूपैयाँ थप गरी प्रोत्साहन मूल्य प्रदान समेत गरिनेछ ।’
किसानहरूले गाउँघरमा उत्पादन गरेका वस्तुहरूलाई सहज रूपमा उपभोक्ता समक्ष पु¥याउनको लागि स्वर्गद्वारी नगरपालिका, बिक्री वितरणको व्यवस्था कृषि तथा जीविकोपार्जन प्रवर्धन (गोल) परियोजना र सहजीकरण प्रज्वलित सामाजिक उद्यम सहकारी संस्था ली.ले गरिरहेको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी