ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

झिमरुक फाँटमा नक्सा बिनाका घर

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

प्युठान, २९ साउन ।
प्यूठानको झिमरुक फाँटमा अव्यवस्थित घर निर्माण भइरहेका छन् । यसले गर्दा एकातिर झिमरुक फाँट कुरूप बन्दै गएको छ भने अर्को तिर बसोवास अव्यबस्थित भएको छ । भवन निर्माण संहिता मिचेर दिनानुदिन भवन वृद्धि हुँदै जाँदा समस्या थपिँदै गएको हो । नगरबासीहरूले नक्सापास विना नै धमाधम घर निर्माण गरेका छन् । यसमा प्यूठान नगरपालिका चनाखो बनेको छैन ।
सरकारले २०७२ बैशाख १२ को भूकम्प पछि सुरक्षित आवासको लागि भवन निर्माण संहिता लागु गरेको छ । तर, प्युठान नगरपालिकामा कार्यान्वयन भएको पाइएको छैन् । प्यूठान नगरपालिका बनेपछि हालसम्म एक सय २२ घरहरूले मात्र नक्सापास गरी (घर निर्माण सम्पादन प्रमाण पत्र) प्राप्त गरेको प्यूठान नगरपालिका पूर्वाधार विकास शाखा अन्तर्गत भवन निर्माण अभिलेखिकरण उपशाखाका अमिन हरी पौडेलले जानकारी दिए । नगरपालिकामा १ सय ८२ जनाले नक्सापासका लागि निवेदन दिएको पौडेलले बताए । पौडेलका अनुसार रकारले २०७२ भदौमा वस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड २०७२ जारी गरेपश्चात नगरपालिकामा पाँच सय ६३ घरहरू अभिलेखीकरण भएका छन् ।

नगरपालिका भित्र घर निर्माण गर्दा अनिवार्य नगरपालिको स्विकृती लिनुपर्ने नियम छ । तर कार्यन्यन भएको छैन् । कानुन निर्माणको दशक पुग्न लाग्दा पनि कार्यान्वयन गराउन नगरपालिकाले तत्परता देखाउन नसकेको सरोकारवालाहरू बताउँछन् ।
राष्ट्रिय तथ्याङ्क विभागको प्रतिवेदनमा बि.सं.२०७८ को जनगणना अनुसार प्युठान नगरपालिकामा ११ हजार २ सय ३५ घरधुरि छन् । ती मध्ये ढलान, पिल्लर भएका घरको सङ्ख्या १ हजार १ सय ६९ वटा देखिन्छ । दैनिक घरहरू थपिरहेको अवस्थामा बजार क्षेत्रमा सयौंको सङ्ख्यामा नक्सा पास नगरी घरहरू बन्दै आएको तथ्याङ्कमा देखिन्छ ।

प्युठान नगरपालिकाका सव–इञ्जिनियर काशिराम उपाध्यायले भवन निर्माण संहिता अनुसार नक्सापास गरी घर निर्माण गरेमा भवन सुरक्षित, आर्थिक रूपमा कम लागतमा निर्माण हुने बताए । ‘नक्सापास गरेर घर निर्माण गर्दा शुरुदेखि सम्पन्न हुँदासम्म प्राविधिक मार्फत निगरानी हुन्छ,’ उनले भने,‘ यसले गर्दा सुरक्षित आवास निर्माणमा साथै लागत समेत कम लाग्छ ।’ निर्माण संहिता अनुसार बाटो, सार्वजनिक जग्गा, खोलो, लगायत मापडण्डमा आउन झन्जेट मानेर घरनिर्माण गर्नेहरू नगरपालिकामा नक्सापास गर्न नआउने गरेको उपाध्यायको भनाइ छ ।

प्युठान उद्योग वाणिज्य संघ, भित्रिकोट बजार इलाकाका अध्यक्ष प्यार अलि खानले स्थानीय तहले जग्गा वर्गिकरण गरी कडाईका साथ भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड कार्यान्वयन नगर्दा समस्या निम्तिने खतरा रहेको बताए । ‘बढ्दो सहरीकरणमा जथाभावी घर निर्माण हुनु समस्या निम्तिनु हो’ उनले भने, ‘नक्सापास नभएपनि चल्छ, । अर्काले गरेन मैले किन गर्ने भन्दै जथाभावि घरहरू निर्माण गरेको बताए । उनले यसमा स्थानीय सरकारले कडाई गर्नुपर्ने बताए ।

प्युठान नगरपालिकाका नगर उपप्रमुख देवेन्द्र बर्माले कानुनी रूपमा कडाई गर्दै जान थालेको बताए ।‘ हामी निर्वाचित भएर आउँनु पूर्व पनि कडाई थिएन, पछि छलफल भयो र कडाई गर्दै लगेका छौं,’ बर्माले भने, ‘यसको कार्यान्वयनका लागि सूचना टास, रोक लगाउन नगर प्रहरी, जग्गाको अभिलेखीकरण र व्यवस्थापनका लागि जग्गाको वर्गिकरणका लागि अन्तिम तयारीमा छौ ।’ जग्गा वर्गिकरणपछि जथाभावी घर निर्माण गर्ने कार्यलाई रोक लगाउने योजना नगरपालिकाले बनाएको बर्माले बताए ।कसरी हुन्छ नक्सापास ?

प्युठान नगरपालिकाको पूर्वाधार शाखाका अनुसार कम्तिमा ८० वर्ग मिटर जमिन घर घर निर्माणका लागि नक्सापास हुन योग्य हुन्छ । उक्त जमिनमा बन्ने संरचनाको नक्सा सहित नगरपालिकामा निबेदन दिनुपर्छ । निवेदन पश्चात नगरपालिकाका अमिनले फिल्ड अनुगमन गरी मापदण्ड अनुसार जग्गाको रेखाङ्कन, छिमेकीको जग्गा, खोल्सा वा नदी आदिको अवस्था हेरी मापदण्डमा पर्ने भएपछि सूचना प्रकाशन गर्छ । सूचना प्रकाशनबाट कुनै पनि उजुरी नआए घर निर्माणका लागि जमिन भन्दा तल चाहिने संरचना निर्माणका लागि नगरपालिकाले इजाजत दिन्छ । त्यसमा नक्सामा भएको मापदण्ड अनुसार र खटिएको सुपरिवेक्षणका लागि खटिएको प्राविधिकको सल्लाह अनुसार निर्माण गरे जमिन माथीको संरचना निर्माणका लागि इजाजत प्रदान गरिन्छ । निर्माण चरणमा नियमित अनुगमन गरी सबै काम पश्चात घर निर्माण सम्पन्न प्रमाण पत्र दिइन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?