ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक
मुख्य समाचार

बैँकको चर्को ब्याजदरको बिरोध गर्दै उद्योगी व्यवसायी आन्दोलित

४ कार्तिक २०७९, शुक्रबार
४ कार्तिक २०७९, शुक्रबार

भैरहवा, ४ कार्तिक । वर्तमान सरकारले उद्योगी व्यवसायी धरासायी हुनेगरी बैंकहरुले डबल डिजीटमा कर्जाको ब्याजदर बृद्धि गरेको तथा बैंकहरुले व्यवसायीलाई धरपकड गरिहको भन्दै सडक आन्दोलनमा उत्रिएका हुन ।
रुपन्देहीमा क्रियाशील ब्यवसायीक संघ संस्थाहरुको सञ्जाल रुपन्देहीले नेपाल राष्ट्र बैँक र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा ज्ञापन पत्र बुझाउँदै बैँक तथा वित्तिय संस्थाको ज्यादतिप्रति बिरुद्ध संयुक्त बिरोध पर्दशन गरेका थिए ।
भैरहवाको बुद्ध चोक, नारायण स्थान, आवारोड, बैँक रोडमा प्रदर्शन गर्दै उद्योगि ब्यापारीहरुले राष्ट्र बैँकको नीति खारेज गर, ब्यवसायीक एकता जिन्दावाद, बैँकको ज्यादती बन्द गर, निजी क्षेत्र प्रभावीत हुने निर्देशिका लाद्न पाईँदैन, एकल बिन्दुमा ब्याजदर कायम गर्नुपर्ने लगायतका नारा लगाउँदै आन्दोलित भएका थिए ।
संयुक्त संघर्ष समितिका संयोजक तथा रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको हस्ताक्षरित बिज्ञप्तीमा पूजी बिस्तार गरि उद्योग ब्यावसायलाई बचाई राख्न कोसिसरत उद्योगी ब्यावसायीहरु हालै नेपाल राष्ट्र बैँकद्धारा लगा गरिएको चालु पुँजी कर्जा निर्देशिका २०७९ को प्रभावले आन्दोलित बनेका छन् यसको असर स्वदेशी उत्पादन र राष्ट्रिय अर्थतन्त्रमा समेत असर पारेको छ ।
उद्योगि व्यवसायीहरुले गृहमन्त्रीले चाहे समस्या समाधान हुने भएता पनि उनले भोट दिए ब्याजदर घटाईदिनेगरी छलफल चलाउनु गलत भएको समेत बताएका छन् ।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा,बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपाने, रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेल,रुपन्देही ब्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरे, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणनीधि भण्डारी, पश्चिम नेपाल बस ब्यावसायी प्रालिका अध्यक्ष दधिराम खरेल, नेपाल घरेलुतथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष धु्रव धिताल लगायत ५० वटा उद्योगि संस्थाहरुले सरकारको गलत नीतिको बिरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
नेपाल राष्ट्र बैँककी निर्देशक रञ्जना पण्डितले ज्ञापन पत्र बुझ्दै लगानी गर्दा विचार नपग्दा यस्तो अवस्था आयो घर जग्गामा मात्रै लगानी धेरै भयो त्यसैले यस्तो अबस्था आएको बताउँदै ब्यावसायीका अप्ठ्यारालाई बझेको प्रतिक्रिया दिइन । यहाँहरु अप्ठ्यारोमा पर्नुभयो भने बैँक अप्ठ्यारोमा पर्छ, बैँक अप्ठ्यारोमा पर्नु भनेको राष्ट्रबैँक अप्ठ्यारोमा पर्नु हो । राष्ट्र बैँक अप्ठ्यारोमा पर्नु भनेको देश अप्ठ्यारोमा पर्नु हो । मैले छिटै गर्भनरलाई यो बिज्ञप्ती पठाउँछु उनले भनिन् ।
त्यसै गरि ज्ञापन पत्र बुझ्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर कुवँरले जिल्ला प्रशासन कार्यालय मार्फत अर्थ मन्त्रालयमा पठाउने प्रतिबद्धता ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?