ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन
मुख्य समाचार

रित्तिदै पहाडका गाउँ बस्तीः व्यवस्था बदलियो अवस्था कहिले ?

राजनैतिक व्यवस्था फेरियो तर गाउँका बनीबुतो गर्ने निम्न वर्गिय परिवारको अवस्था फेरिएन । राजनैतिक दलहरुले पाँच पाँच वर्षमा आउने निर्वाचनमा बिकाससँगंै रोजगारीको मुल फुटाउने आश्वासन बाँड्ने तर काम नगर्ने प्रवित्तिले गाउँ छाड्नेको लर्को बर्षेनी बढिरहेको छ ।
३ कार्तिक २०७९, बिहीबार
३ कार्तिक २०७९, बिहीबार

पाल्पा निस्दी गाउँपालिकाको मित्याल आपm्नो जन्म घर बताउने वमबहादुर सुनारी नवलपुरको अरुणखोलामा बसोबास गरेको तिस वर्ष भन्दा बढि नै भयो । उनीसँगै पहाडको थात थलो सबै छाडेर आएका उनका आफन्त नवलपुरको भिउरानमा बसोबास गरिरहेका छन् । पाल्पा जिल्लाको कणाली भनेर चिनिने निस्दी गाउँपालिकाको मित्याल, ज्यामिरे, अर्चले जस्ता गाउँ बस्तीबाट भावी सन्ततीको रोजगारीको अवसरसगैं शिक्षा र स्वास्थ्यको सहज पहुँच खोज्दै तराई झरेको उनीहरु बताउँछन् ।

मुलुकमा सशस्त्र दन्द्धको क्रम बढ्दै गएपछि सुरक्षाको खोजीसँगैं स्वस्थ्य शिक्षा र रोजगारीको लागि बाबु बाजेले जोडेको सम्पती गाउँका लागि न्युनतम मुल्यमा बिक्री गरेका थिए । सर्दी गाउँमा अर्कोको जमिन कमाउन आएका बसन्त सोती भन्दछन्, अहिले गाउँ छाडेको कुनै पश्चाताप नै छैन । अर्काको जमिन कमाउदा कमाउदै आर्जित रकमले आफुलाई पुग्ने जमिन खरिद गरेको उनी बताउँछन ।

सुबिधा भन्ने पहाडमा छैन । नेपाल विद्युत प्राविधिकरणद्धारा वितरित विद्युतको उपभोग गर्नबाट बन्चित नै छन । उच्च शिक्षाका लागि पनि गाउँ छाडनु पर्दछ । बिरामी हुदा पनि गाउँ छाडनु नै पर्ने, अहिले पनि बाध्यता कायम नै रहेको छ । त्यसैले पनि बसाई सराई गर्नु परेको उनीहरुको भनाइ छ ।
श्रीमान् वैदेशिक रोजगारीकोक्रममा मलेसिया पगेर कमाउदै रमाउदै गर्न थाले पछि पुरानो गाउँ बस्ती सबै बिक्री गरेर देवदह नगरपालिकाको खैरेनीमा भेटिएकी बिष्णु राना भन्दछिन । गाउँमा अवसरसँगै संभावना नै छैन । त्यसैले अवसरको खोजीसँगै आफना बाल बच्चाको भविष्य सुनिश्चितका लागि होटल व्यवसाय सञ्चालन गरेको उनी बताउँछिन ।

मुलुक २०४६ सालको अन्त्यसँगै नेपालको राजनैतिक व्यवस्था फेरियो । तर अहिलेसम्म गाउँका बनीबुतो गर्ने निम्न वर्गिय परिवारको अवस्था फेरिएन । राजनैतिक दलहरुले पाच पाच वर्षमा आउने निर्वाचनमा बिकास सगंै, संभावना रोजगारीको मुल फुटाउने आश्वासन मात्र दिने प्रवृतिका कारण गाउँ बाट अधिकाश मानिस बसाई सराई गरेर तराई झर्ने क्रम बढेको पुर्णकला सुनारी बताउँछिन ।
दक्षिण एशिया कै सबै भन्दा ठुलो सिमेन्ट उद्योगका लागि कच्चा पदार्थ यहीबाट जाने गर्दछ । सिमेन्ट उद्यँेगका कारण गाउँ बस्ती उजाडिदै गएका छन । तर यहाका युवाहरुले उद्योगमा रोजगारी नपाएरै खाडी मुलुकका लागि लाखै रुपैंया खिर्चिएका छन । रोजगारी पाएकाहरु जति गाउँका टाठा बाठा, जन प्रतिनिधीका आफन्त छन । धुलो धुवां अशान्तिका कारण गाउँको बस्ती छाडेका हर्ष बहादुर नेपाली भन्दछन । तराई झरेपछि एक दिन खाली बस्नु परेको छैन । कृषि मजदुरीको पनि राम्रै आम्दानी हुदो रहेछ । पाँच जनाको परिवार छ सबैले कमाउने हो त्यही कमाइका कारण सात कठ्ठा जमिन जोडिसकेको उनले आफनो अनुभव सुनाए ।

केन्द्रिय तथ्था‚ विभागले सार्वजनिक गरेको तथ्था‚ अनुसार पाल्पा जिल्ला बाट सबै भन्दा बढि बसाई सरेको निस्दी गाउँपालिका हो । बसाई सराई बढेका कारण यहाका जनसख्या पनि घटदो अवस्थामा रहेको छ । बिकासका हिसावले अत्यन्तै पछाडि परेको संघिय प्रदेश सरकारले चरालाई चारो राखे जस्तै कार्यक्रम तथा बजेट ल्याउने, संघिय तथ प्रदेश सरकारका माननिय बाटै ठगिनु पर्दछ । पछिल्लो तथ्यांकमा ४ हजार ९ सय ८२ जनसख्या घटेको स्थानिय बिर बहादुर सुनारी बताउँछन ।

बिकाससंगै रोजगारी, अवसर र संभावनाको खोजीमा नवलपरासीको बिभिन्न गाउँ बस्ती, रुपन्देही , कपिल बस्तुका विभिन्न क्षेत्रमा जिल्लाबाट बसाई सर्नेको क्रम बढ्दो अवस्थामा रहेको छ । पछिल्लो समयमा गाउमा बिकासले फडको मारेको छ तर निम्न वर्गिय खेति किसानी गर्ने कृषकहरुका लागि वन्य जन्तृका काररण वाली जोगाउनै कठिन छ । स्थानिय सरकार वैकल्पिक वाली तर्फ कृषकहरुलाई प्रोत्साहन मात्र नगरी बजारीकरण तर्फ पनि पहल गरेको खण्डमा बसाई सराई रोकिन सक्ने स्थानियहरुको बुझाई रहेको छ ।

ग्रामिण बस्तीबाट रोजगारीको अवसरको खोजीका कारण ग्रामिण बस्तीका जनसख्या जन घनत्व घटदो क्रममा रहेको छ । तानसेन र रामपुर नगरबाट बसाई सराई दर अत्यन्त न्युन रहेको छ । निस्दीपछि तानसेन नगरदेखि जोडिएको बगनासकाली गाउपालिकाको जनसख्या ऋणात्मक भएको छ । पछिल्लो दश वर्षमा ४ हजार ४ सय २७ जनसंख्या घटेका छन । यहाँ जनसख्या घटनु भनेको तराई तथा शहरी इलाकामा जनसंख्या बढनु हो । रैनादेवी, माथागढी, रिब्दीकोट, पुर्वखोला तथा रभ्भा गाउँपालिकाको समेत घटदो अवस्थामा रहेको छ । जनसख्या घटनु राम्रो होइन तर यस विषयमा स्थानिय सरकारका प्रमुख समेत संवेदनशिल छैनन् ।

बसाई सराई रोक्नका लागि पनि नया कार्यक्रम ल्याउन पर्दछ तर अहिलेसम्म स्थानिय तहदेखि नै बसाइ सराई रोक्न कर्मकाण्डी मात्र कार्यक्रम ल्याएकाृ सरोकारवालाहरुको बुझाई रहेको छ । गाउँबाट बसाई सराई रोक्ने विषयमा हालसम्म प्रदेश, संघिय सरकारका प्रतिनिधीहरु समेत बेखबर भएकाले समस्या सिर्जना भएको स्थानियहरुको बुझाई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?