© २०२३
कपिलवस्तु नगरपालिका–६ डगरीमा दूध संकलन र सञ्चालन केन्द्र सञ्चालन गरिएको छ । हालसम्म दूध चिस्यान केन्द्रको अभावमा सस्तो मूल्यमा दूध बिक्री गर्न तथा व्यवस्थापन गर्न समस्यामा पर्दै आएका सिमावर्ती क्षेत्रका पशुपालक कृषकलाई मध्यनजर गरि बुद्धभूमि नगरपालिका–९ ईमिलिया स्थित महालक्ष्मी डेरी उद्योगले चिस्यान केन्द्र सञ्चालन गरेको हो ।
यसअघि जिल्लाका ७ स्थानमा चिस्यान केन्द्र राखेर दूध संकलन गर्दै आएकोमा यस चिस्यान केन्द्रमा दैनिक १ हजार लिटर दूध व्यवस्थापन गरिने सञ्चालक थानेश्वर न्यौपानेले बताए । आफूहरूले संकलित दूधका बिभिन्न उत्पादन नौनी, दही, घिउ, पनिर र खोवा लगायत तयार गरि काठमाडौं, पोखरा, बुटवल सहितका बिभिन्न स्थानमा पु¥याउँदै आएको सञ्चालक न्यौपानेले बताए । चिस्यान केन्द्रको एक कार्यक्रमका बीच कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, वडा अध्यक्ष दिरिप कुमार चौधरी र जिल्ला पशु सेवा कार्यालय कपिलवस्तुका प्रमुख अब्दुल सलाम खाँले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै पशु सेवा केन्द्र प्रमुख खाँले युवाहरूमा बढ्दो बैदेशिक पलायन रोक्न समेत पशुपालन र कृषि पेशाले सहयोग गर्ने बताए । चिस्यान केन्द्र सञ्चालनले कृषकले समुचित मूल्य पाउनुका साथै दूधको सहि व्यवस्थापन हुने उनले बताए । सो अवसरमा बोल्दै नगर प्रमुख किरण सिंहले कृषि र पशुपालनलाई प्रबद्र्धन गर्न नगरपालिकाले बिशेष कार्यक्रम सञ्चालन गर्ने बताए । कृषकको आय बृद्धिमा समेत चिस्यान केन्द्र सञ्चालनले सहयोग पु¥याउने उनको भनाइ थियो ।