© २०२३
बुटवल,२ कार्तिक । रुपन्देही– २ सत्ता गठबन्धन्धनका उम्मेदवार राजु गुरुङको मुद्दा हेर्न नभ्याइनेमा परेको छ । आज उनको मुद्दा २८ औं नम्बरमा थियो । उनको मुद्दा न्यायाधीशद्वय कुमार रेग्मी र सुस्मलता माथेमाको संयुक्त इजलासमा परेको थियो ।
यसअघि रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले उम्मेदवारी खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
बैंकिङ कसुरमा कालो सूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उनले सर्वोच्चमा रिट दायर गरेका थिए । यसअघि असोज ३० गते न्यायाधीश विश्वम्भर श्रेष्ठले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै त्यसका लागि छलफल गर्न आज दुवै पक्षलाई बोलाएका थिए ।