© २०२३
तुलसीपुर उप महानगरपालिकाले स्मार्ट सिटीका वारेमा सरोकारवालाहरूसँग छलफल गरेको छ । तुलसीपुरलाई स्मार्ट सिटी वनाउनका लागि सरकारले घोषणा गरेको कार्यक्रम अन्तर्गत शहरी विकास मन्त्रालयका प्रतिनिधि र सरोकारवालासँगको छलफल कार्यक्रममा वोल्ने वक्ताहरूले स्मार्ट सिटीका लागि सबैभन्दा पहिले पूर्वाधार आवश्यक रहेको वताएका थिए ।
चेक गणतन्त्रका नागरिक पावेलले स्मार्ट सिटीका लागि जनता तयार हुनुपर्ने आवश्यक्ता रहेको वताए । उनले भने “स्मार्ट सिटीको अवधारणाका वारेमा पहिले जनतालाई वुझाउनुपर्दछ त्यसपछि मात्रै यसको अवधारणामा अगाडि वढ्दा राम्रो हुन्छ” । तुलसीपुर उद्योग वाणिज्य संघका महासचिव रूपवहादुर खत्रीले जनताले अपनत्व महसुस नगर्दासम्म स्मार्ट सिटी नारामा मात्रै सिमित हुने वताए । उनले विकास र समृद्धिसँग स्मार्ट सिटीलाई जोडेर लैजानुपर्ने कुरामा जोड दिए । तुलसीपुर नगरपालीकाका पूर्व नगरप्रमुख शंकर आचार्यले व्यवस्थित र नयाँ ढँगले तुलसीपुरको संरचना अगाडि वढाउनुपर्ने कुरामा जोड दिए । अर्का पूर्व नगर प्रमुख ढुण्डीराज लामिछानेले तुलसीपुरको आवश्यक्ता अनुसारको स्मार्ट सिटी वनाउनुपर्ने सुझाव दिए । तुलसीपुर उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत आनन्द सारुले जनतालाई प्रविधि मार्फत सेवा दिन सकियो भने स्मार्ट सिटीको अवधारणामा अगाडि वढ्न सकिने बताए । उनले तुलसीपुरलाई स्मार्ट सिटीका रूपमा विकास गर्नका लागि जनप्रतिनिधि तयार भएको अवस्थामा जनस्तरमा सचेतना फैलाएर अगाडि वढाउनुपर्ने कुरामा जोड दिए । वडा नम्वर १४ का वडाध्यक्ष पर्शुराम चौधरीले स्मार्ट सिटी वनाउनका लागि साना साना कुराहरू पनि जनतालाई बुझाउनुपर्ने वताए । उनले जनताको तत्कालिन आवश्यक्तालाई सम्वोधन गर्नका लागि उप महानगरपालिकाले ध्यान दिनुपर्ने कुरामा जोड दिए । वडा नम्वर ६ का वडाध्यक्ष नवराज लामिछानेले सवैभन्दा पहिले स्मार्ट सिटीको सामान्य आधार वनाउनुपर्नेमा सुझाव दिए । स्मार्ट सिटीका वारेमा जानकारी दिँदै विज्ञ अपिल केसीले स्मार्ट सिटी एकै पटक या एकै रातमा हुन नसक्ने वताउँदै विस्तारै यसको संरचना निर्माण हुने कुरा वताए । कार्यक्रममा तुलसीपुर उप महानगरपालिकाका इन्जिनियर पवन योगी, राप्ती ववइ वहुमुखी क्याम्पसका अध्यक्ष मिनराज वली, नगर अपाङ्ग सञ्जालका महासचिव देवा डाँगी , विष्णु केसी लगायतले स्मार्ट सिटीका वारेमा आ–आफ्नो धारणा राखेका थिए । à