© २०२३
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयलाई सन्धिखर्क नगरपालिका उद्योग विकास शाखा बनाएर २०७४ साउन १ गते बोर्ड परिवर्तन गरियो । माघमा शाखा हटाएर पुरानै नाम यथावत गरिएको छ । शाखाको रूपमा नया“ काम केही भएन । उद्योग विभागले विनियोजन गरेको बजेटमै रहेर पुरानै काम गरियो ।
सन्धिखर्क नगरको शाखा बनाइएपनि अरू पा“च पालिकामा कर्मचारी अभावले शाखा नै खुलेन । पालिकामा गाभि“दा कोष तथा लेखा नियन्त्रक कार्यालयले रकम भुक्तानी गरिदिएनन्, प्रमुख कमल कार्कीले भने । त्यसैले बोर्ड फेर्यौ । शाखा भएपछि नया“ काम केही नभएको उनले बताए ।
घरेलु विभागस“ग परामर्शपछि नया“ बोर्ड फालेर पुरानै बोर्ड राखिएको उनले बताए । जिल्लामा तीन नगर र तीन गाउ“पालिका छन । कुनैले पनि एक रूपैया“ छुट्टाएनन । अघिल्लो आर्थिक वर्षमा विभागबाट एक करोड २७ लाख ७३ हजार रूपैया“को बजेटमा चार सय ८३ जनालाई घरेलु सम्बन्धी तालिम दिइएको उनले बताए । सिलाई, बुटिक, सल, झोला, बा“सका हस्तकला र उद्यमशीलता कार्यक्रम पालिकास“ग समन्वय गरि सम्पन्न गरिएको उनले बताए । नगर र गाउ“सभामा अन्य विकास योजनामा बजेट विनियोजन गरेपनि घरेलुको लागि बजेटै नछुटाएपछि कसरी काम गर्ने ?, उनले भने । राजश्व उठाउन पनि समस्या भयो । पहिले त विभागबाटै समितिलाई बजेट आएको थियो । यो आर्थिक वर्षमा केही कार्यक्रम आएका छैनन ।
प्रदेस सरकार मार्फत बजेट आउछ भनिएको छ, हामी कुरेरै बसेका छौं, उनले भने । अब फेरी बोड फेरिन्छ कि फेरिदैन थाहा छैन । सन्धिखर्क नगरमा गाभिएर शाखा भएपनि काम पुरामै तरिकाले गरिएको थियो । लेटरप्याड पनि समितिकै नाममा चलेको थियो । काम केही नभएपछि विकास शाखाको लेटरप्याट बनाइएन । दुई कार्यालय सहयोगी, एक लेखापाल, एक प्राविधिक, एक खरिदार र कार्यालय प्रमुख रहेका छन । घरेलुले गर्ने उद्यमशीलता, लघुवित्त सहित विभिन्न तालिम पालिकाले घरेलुलाई सम्पर्क नै नगरी आफनै ढंगले सञ्चालन गरेका छन ।
नाम के छ थाहा छैन, समन्यव गरि काम गरेका छौं । घरेलुका आफनै कारण होला नाम फेर्ने तालिमको लागि व्यवस्थापकीय काममा आवश्यक्ता अनुसार छलफल भएको छ, सन्धिखर्क नगर उपप्रमुख ठाकुर विकले भने ।
भूमिकास्थान नगरपालिका प्रमुख रेशम थापाले सिलाइ कटाई, ढाका बुनाई लगायत तालिम महिला लक्षित शीर्षकमा बजेट छुटाएर कार्यक्रम भैरहेको बताए । युवा स्वरोजगार पनि युवा लक्षित कार्याक्रम छन । पालिकामा घरेलुको विकास शाखा छैन । अहिलेसम्म घरेलु समितिस“ग कुनै समन्वय छैन, उनले भने । पालिकाले आफनै ढंगले कार्यक्रम सञ्चालन गरेपछि अहिले घरेलु समितिले फार्म दर्ता, नविकरण लगायतका काम मात्रै गरेको छ ।