© २०२३
नेपालकै ठूला तरकारी बजार मध्येमा पर्ने सल्यान कपुरकोटको तरकारि बजारबाट मंगलबार मात्रै झण्डै १५ लाख रूपैयाँ बराबरको ताजा तरकारी बाहिरि जिल्लाहरूमा गएको छ । तर किसानहरूले यस अघि भन्दा तरकारिको कम मुल्य पाएका छन् । यस अघि ६० रूपैयाँ प्रतिकिलोमा टमाटर विक्रि गरेका किसानले मंगलबारको तरकारि बजारमा ८ देखि १७ रूपैयाँ प्रतिकिलोमा विक्रि गरेको जनाएका छन् ।
यस्तै अघिका बजारमा ४० रूपैयाँ किलोमा विक्रि भएको हरियो खुर्सानी १५ देखि ३० रूपैयाँमा विक्रि भएको किसानहरूले बताएका छन् । तरकारिको मुलय निर्धारण गर्ने मुख्य हात व्यापारिहरूकै हुने भएकाले किसानहरूले आफ्नो उत्पादनको उचीत मुल्य पाउन नसकेको कपुरकोट २ खलटाकुराका किसान तोफाराम डाँगीले बताए । मंगलबारको तरकारि बजारमा बन्दा गोभी १२ देखि १८, फुल गोभी ३० देखि ४६, घीउ सीमी ३० देखि ५०, भेडे खुर्सानी ५० देखि ७० रूपैयाँमा विक्रि भएको कृषि उपज बजार केन्द्र कपुरकोटले जानकारि दिएको छ । यस्तै काँक्रा २५ देखि ४०, मुला १७ देखि २० र अदुवा ८० देखि ९० रूपैयाँ किलोमा विक्रि भएको बजार प्रतिनिधी कृष्ण बुढाथोकीले जानकारि दिए ।
यसैविच मंगलबार मात्रै कपुरकोटमा किसानहरूले ६० हजार भन्दा बढि तरकारि तथा फलफुल विक्रि गरेका छन् । बजार केन्द्रका अनुसार ६० हजार ४ सय किलो तरकारि विक्रिबाट किसानहरूले १४ लाख ८० हजार ६ सय रूपैयाँ हात पारेका छन् । बजार प्रतिनिधी बुढाथोकीका अनुसार २० हजार १ सय किलो टमाटर, १५ हजार किलो बन्दा, ६ हजार ७ सय किलो काउली, ४ हजार ३ सय किलो सिमी, ५ हजार ९ सय किलो हरियो खुर्सानी विक्रि भएको छ ।
यस्तै भेडे खुर्सानी १ हजार १ सय किलो, क्राँक्रा ४ हजार ६ सय किलो र अदुवा २ हजार ७ सय किलो विक्रि भएको बुढाथोकीले जानकारि दिए । कपुरकोटको तरकारि विभिन्न स्थानका व्यापारिहरूले बुटवल, नेपालगञ्ज, पोखरा, धनगढी, घोराहि, कोहलपुर, तुलसिपुर लगाएतका शहरबजार सम्म लैजाने गर्दछन् ।
यहाँका धेरैजसो किसानले खेतबारिमा वेमौषमी तथा मौषमी जातका तरकारि खेती गर्छन् । कपुरकोटमै व्यापारिहरू आएर तरकारि खरिद गर्न लागेदेखि आफुले खेती शुरु गरेको जनाउने गर्पा खलटाकुराका किसान तोफाराम डाँगीले यो वर्ष २ हजार बोट टमाटर र १८ सय बोट बन्दा लगाएको बताए ।
उनले भने, वर्षमा साढे २ लाख बढि आम्दानी हुन्छ । तर भने जस्तो मुल्य नपाउँदा हामीहरू मारमा परेका छौँ । अर्का किसान मुलपानीकी कल्पना बुढाथोकीले पनि बारिमा टमाटर, सिमी, बन्दा, भेडे खुर्सानी लगाएको बताइन् । वर्षमा २ लाख बढि कमाइ हुने जनाउँदै उनले किसानले मिहेनत गरे अनुसार र लगानी उठ्ने गरि मुल्य तोकिदिएमा आफुहरूलाइ फाइदा पुग्ने जनाइन् । à