© २०२३
बुटवल, ३१ असोज- प्रजनन स्वस्थ्य र सुरक्षित गर्भपतनको विषयमा संचार क्षेत्र संवेदशिल हुनुपर्ने एक कार्यक्रममा जोड दिईएको छ। आईपास नेपालको सहयोगमा एफडब्ल्युएलडिको सहकार्यमा आईतबार बुटवलमा भएको प्रजनन स्वस्थ्य तथा सुरक्षित गर्भपतन सम्बन्धी संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले समुदायलाई सचेत बनाउने संचार क्षेत्र समयसापेक्ष अग्रसर हुनुपर्ने बताए।
कार्यक्रममा अधिवक्ता सबिन श्रेष्ठले समाचारको विषयबस्तु, शब्दचयन र शिर्षकको बारेमा ध्यान दिनुपर्ने बताए। कतिपय अवस्थामा गर्भपतनको विषयमा लेखिएको समाचारमा फोटोको प्रयोग, गर्भ जाँच के हो छुट्याउने नसकिने तथा अनिच्छित गर्भपतन लगायतका कुराहरु ध्यान दिनुपर्ने उनले बताए। उनले लिग छनौटका आधारमा गर्भपतन भए कारवाहि गर्नेभन्दा पनि यो समाजमा असुरक्षित गर्भधारण रोक्नुपर्ने सुझाव दिए। गर्भपतनको अधिकार कानुनले दिएपनि ब्यवहारिक रुपमा कार्यान्वयन कठिनाई रहेको उनले बताए।
संवेदनशिल विषय भएकोले पनि भाषाको प्रयोगमा समेत ध्यान दिनुपर्ने उनले बताए। गर्भपतन अपराध संहितामा राखिदा यसको विरोध अन्तराष्ट्रिय मन्चमा भएको उनले बताए।
गर्भपतनको विषयमा समाचार सामग्रीमा गर्भवति आमा नभई गर्भपति महिला, परिवार नियोजनको साटो गर्भनिरोधका साधनहरु, गर्भपतनको रोकथामको ठाउमा अनिच्छित गर्भको रोकथाम, गर्भपतनको दरमा कमी ल्याउने ठाउमा अनिच्छित गर्भको दरमा कमी ल्याउनु, बच्चाको जिवनको अधिकारको ठाउमा महिलाको जीवन तथा स्वस्थ्यको अधिकार, बच्चा नभई १० हप्ताको गर्भ, शिशु हत्या वा भ्रुण हत्या नभई गर्भपतन जस्ता सामान्य ध्यान दिन सके समाजमा सकारात्मक सन्देश जाने उनले बताए।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वस्थ्य निर्देशक बिनोद कुमार गिरिले समाचार धेरै संवेदनशील भएको बताए। सरकारबाट संचालनमा आएको ओसिएमसीलाई चुष्टदुरुष्ट बनाउन सहकार्य गर्न जरूरी रहेको उनले बताए।
कार्यक्रममा आईपासकी माधुरी बज्राचार्यले प्रजनन स्वस्थ्यको विषयमा संचारमा कार्यरत संचारकर्मीहरुसंग समन्वय गर्दै आएको बताईन।
कार्यक्रममा एफडब्ल्युएलडिकी नेहा गुरुङले महिला कानुन र विकास मन्च कानुनी पाटोमा कार्यरत संस्था भएको बताईन।