ट्रेंडिंग:

>> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

दाङमा मानव अधिकार उल्लंघनका घटनामा वृद्धि 

१३ असार २०८१, बिहीबार
१३ असार २०८१, बिहीबार

दाङ, १३ असार ।

दाङमा मानव अधिकार हनन्का घटना बढ्दै गएको पाईएको छ । जिल्लामा अंग्रेजी वर्ष सन् २०२४ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा १ सय ३७ वटा मानवअधिकार हनन्का घटना अभिलेख भएको पाईएको हो ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि दाङमा अभिलेख गरिएका घटनाहरुको प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले आज बुधबार दाङको घोराहीमा सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा धेरै जबरजस्ती करणीका घटना भएका छन् ।

इन्सेक दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार जिल्लामा ६ महिनाको अबधिमा जबरजस्ती करणीका ४७ वटा, घरेलुु हिंसाका ५० वटा, हत्याको ९ वटा, दुर्व्यवहारका ५ वटा, यौन दुर्व्यवहारका ५ वटा, बहुविवाहका ४ वटा, बन्द हड्तालका ५ वटा, कुटपिटका ३ वटा तथा जातीय भेदभाव, धरपकड, हत्या प्रयास, आगजनीका १–१ वटा घटना भएका छन् । जिल्लामा बितेको ६ महिनामा लैंगिक हिंसा, बलात्कारजन्य घटना उल्लेख्य भएका तथ्यांकले देखाएको छ ।

लैंगिक हिंसाका घटनामा परिवारभित्रैका व्यक्ति संलग्न रहेको पाईएको छ । सबैभन्दा धेरै पतिले पत्नीमाथि हिंसा गरेको पाइएको छ भने यही अवधिमा पतिले ७ जना पत्नीको हत्या गरेका छन् । जसमा तीन जना सुरक्षा निकायकै व्यक्ति संलग्न भएको समेत तथ्यांकमा उल्लेख छ । जिल्लामा भएका घटना बाहेक विद्यार्थीमाथि दुव्र्यवहार, सिमेन्ट कारखानाबाट सिर्जित धुलो, धुवाँ र ध्वनीले मानवीय स्वास्थ्यको जोखिम, सार्वजनिक यातायातमा महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकमाथिको दुव्र्यवहार, मोही किसानका समस्या, आन्दोलन र उनीहरुमाथि गरिएको दुव्र्यवहार, सहकारी र वैदेशिक रोजगारीका नाममा हुने ठगीजस्ता घटना पनि जिल्लामा उल्लेख्य रुपमा भएको तथ्यांकमा रहेको छ ।

मानव अधिकार सञ्जाल दाङका कार्यवाहक अध्यक्ष श्रीमन न्यौपानेले दाङमा पछिल्लो समय हिंसाका घटनामा वृद्धि हुनु दु:खद कुरा भएको बताए । जिल्ला अदालत दाङका श्रेस्तेदार दामोदर घिमिरेले दाङमा मानव अधिकार उल्लंघनका घटना वास्तवमै बढेको बताए । समाजमा बढ्दो अपराध रोक्न सचेतनासँगै कानुनी साक्षरता व्यापक बनाउन संवेदनशील हुनुपर्ने बताए । नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले मानव अधिकार लागू गर्ने निकाय सम्वेदनशील हुन नसक्दा समाजमा अपराध बढिरहेको तर्क गरे ।

उनले मानव अधिकार हननका घटना रोक्न सबै पक्ष गम्भीर हुनुको विकल्प नरहेको बताए । वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक रामप्रसाद पाण्डेले पीडितलाई न्याय दिलाउन प्रहरी प्रतिवद्ध रहेको जनाउँदै पीडामा महिलाहरु धेरै पर्ने भएकाले गोपनीयता कायम गर्दै महिलामैत्री वातावरणमा सेवा दिने काम भईरहेको बताए । घोराही कारागारका योगेन्द्र रिजालले अपराध अनुसारको सजाय भुक्तान गर्न आएको कैदीबन्दीहरुलाई व्यवस्थापन गर्न कारागार प्रशासनलाई समेत चुनौति थपिएको बताउनुभयो । घोराही कारागारमा १ सय क्षमता भए पनि चार सयको संख्यामा कैदीबन्दी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?