© २०२३
लमही असोज ।
एक हप्ता आघाडी अविरल वर्षाका कारण लमही घोराही खण्ड सडक अन्र्तगत वेलदमार लगायत अन्य स्थानहरुमा खसेका पहिराहरु पूण रुपले हटाउन नसक्का चालक तथा यात्रुहरु जोखिम मोलेर यात्रा गर्न वाध्य भएका छन ।
दाङ सहित रोल्पा ,रुकुम लगायतका जिल्लाहरुको लाइफलाइनको रुपमा रहेको लमही घोराही कृष्णसेन इच्छुक सडक मार्गमा आफैमा वेस्त मार्ग मानिन्छ ।
गत असोज १९ र २० गते आएको अविरल वर्षाका कारण घोराही ३ र लमही ६ मा गरि दुइ दर्जन ठाउमा पहिरो गएको थियो ।
पहिरोका कारण सडक वन्द भए लगतै नेपाली सेना ,सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालय दाङको प्रयासमा सडकमा झरेको केही पहिरो मात्र हटाइएको थियो ।
पहिरोसंगै यस अघाडी सडकमा परेका खाल्डाखुल्डीका कारण सास्ती खेप्दै आएका चालक र यात्रुहरुले ठाउ ठाउमा पहिरो झरे पछि थप समस्या भोग्न वाध्य भएका छन ।
दैनिक सयौ सवारी सधान आवत जावत गर्छन । दुरीको हिसावले लमही घोराही २५ किलोमिटर मात्र छ । यद्यपी असहजताका कारण अहिले दुरीनै लम्बीएको आवश गराएको चालकहरु वताउछन । सो सडकमा खसेको ठूलो पहिरो पन्छाएर एक तर्फी सडक खुलाए पनि सडकको अन्य स्थानमा खसेका पहिरा पन्छाउने काम नहुदा सवारी संचालनमा जोखिम रहेको सवारी चालक हरि चौधरी वताउछन ।
सो सडक खण्डको मुसोट उकालो घुम्टीहरुका कयौ स्थानहरुमा सडक भासिएको छ । सडक भासिएसंगै ठूला सवारी आवत जावतमा समेत समस्या रहेको रात्रीवसका चालुकहरु व्ताउछन ।सो सडकवाट पूर्व पश्चिम राजमार्ग भएर चल्ने सवारी साधन दाङ सहित पहाडी जिल्ला जाने भएका कारण पनि लमही घोराही सडकलाइ महत्वपूण सडकको रुपमा लिने गरिन्छ । पहिरो खस्नु अघाडी सो सडकमा परेका खाल्डाखुल्डीले समस्या भोग्न वाध्य भएका सवारी चालक र यात्रुलाइ पछिल्लो समयमा पहिरोका कारण थप सास्ती भोग्न वाध्य भएका छन । वर्षामा हिलाम्ते वनेको सडक घाम लागे पछि धुलाम्ते वनेको छ ।