© २०२३
प्रदेश नम्बर ५ र कर्णालीका ६ वटा जिल्लामा कार्यक्षेत्र रहेको किसानका लागि उन्नत विउ विजन कार्यक्रम बुटवलको आयोजनामा आर्थिक बर्ष ०७४÷०७५ को को समिक्षा तथा आर्थिक बर्ष ०७५÷०७६ को बजेट सार्वजनिक भएको छ ।
कार्यक्रममा केयुबिकेका प्रोग्राम मेनेजर कौशलराज पौडेलले परियोजनाले करिव ५ बर्षको अवधिमा भएका विभिन्न कार्यप्रगतिको बारेमा जानकारी गराएका थिए । कार्यक्रम लागू गरिएका जिल्लाका तत्कालि जिल्ला कृषि विकास कार्यालय र पशु सेवा कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको र सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागीता रहेको कार्याशालामा डेपुटी म्यजेजर तुलसीराम भण्डारीले आगामी चालु आर्थिक बर्षमा केयुबिकले गर्ने कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । उनका अनुसार चालु आर्थि बर्षमा ६३ करोड ८ २ लाख १ हजार ५ सय रूपैयाँ खर्च हुने अपेक्षा गरिएको छ । रकमको प्रदेश मातहतमा कुल २४ करोड ३४ लाख ४१ हजार ५ सय रूपैयाँ र कार्यक्रम व्यवस्थापन कार्यालयबाट कुल ३९ करोड ४५ लाख रूपैयाँ रहेको छ ।
कार्यक्रममा क्षेत्रीय पशु प्रजन्न केन्द्र पोखराका प्रमुख डा. लोकनाथ पौडेल, भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णली प्रदेशका सचिव शिव नारायण चौधरी, प्रदे नम्बर ५ का सचिव यम नारायण देवकोटा, उप सचिव विनोद घिमिरे लगायतले बालेका थिए ।