ट्रेंडिंग:

>> अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी >> दाङमा जुवातास खेलिरहेका ६ जना पक्राउ >> अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प दोस्रोपटक निर्वाचित >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> ट्याक्टर दुर्घटनामा एकको मृत्यु >> महर्षि आगमनको स्वर्ण महोत्सव >> बेलडाँडा मारुनी नाच प्रथम >> झिलिमिली बत्ती निकाल्ने क्रममा करेन्ट लागेर मृत्यु >> कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीको राजीनामा >> अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत >> आज सुनचाँदीको मुल्य कति छ ? >> स्विङ स्टेटमा अग्रतासँगै ट्रम्प राष्ट्रपतिमा जित उन्मुख >> अमेरिकी राष्ट्रपतिको नतिजा आउने क्रम जारी, ट्रम्पको अग्रता कायमै >> पाँच किलो सुनसहित विमानस्थलबाट तीन जना पक्राउ >> महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर आजदेखि, नेपालले थाइल्याण्डविरुद्ध खेल्दै >> आइपिएलको मेगा अक्सनका लागि १५७४ खेलाडी, नेपाली खेलाडीले गराएनन् दर्ता >> लापत्ता सन्तान: वृद्धाश्रम पुगेकी आमाको कथा >> अमेरिकी राष्ट्रपति चुनावको मतगणना सुरु, ट्रम्पको अग्रता >> लुम्बिनीमा १४ सय ४५ लाई डेंगी संक्रमण >> प्रतिशोधजन्य घटना नियन्त्रण गर >> स्क्राबल खेल, सिद्धबाबा स्कुल र रेसुङ्गाको घुमघाम >> आउँदा अम्बा, फर्किदा नुन तेल >> बटौलीलाई ‘पहाडी स्वाद’ >> छठको दोस्रो दिन आज ‘खरना’ >> पश्चिमी र स्थानीय वायुको प्रभाव : यस्तो रहनेछ आजको मौसम >> मित्रमिलन सहकारी ठगी आरोपमा उपाध्यक्ष लम्साल पक्राउ >> दीपक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन >> घाइतेहरुलाई मुख्यमन्त्रीको ढाडस्–‘उपचारमा कुनै कमी हुन दिंदैनौं’ >> दाङको पर्यटकीयस्थल घोरदौरामा पर्यटकको संख्यामा वृद्धि >> नेतृत्वबिहीन हुँदा कर्णालीका संसदीय समिति निष्क्रिय >> रवि लामिछानेलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश >> देशभर २८ हजारभन्दा धेरै जनामा डेंगी संक्रमण, ६ जिल्ला उच्च जोखिममा >> रोहन मुस्तफा सुदूरपश्चिमबाट एनपीएल खेल्ने >> मिथिलाञ्चलमा छठको रौनक,आजबाट विधिवत रुपमा छठपर्व मनाइदैं >> ऐतिहासिक डल्ले सरायँ मेलाः थापडाँडा उत्कृष्ट >> राष्ट्रपति चुनावमा ठुलो मुद्धा बनेको आप्रवासी बिना कस्तो देखिएला अमेरिका ? >> सबैको मन जोड्ने सेतु छठ पर्व >> पोखरामा रास्वपाको प्रदर्शनमा अश्रुग्याँस प्रहार >> लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः मुख्यमन्त्री आचार्यको चिन भ्रमण स्वीकृत गर्ने मन्त्रीपरिषदको निर्णय >> आजदेखि सरकारी कार्यालयको नयाँ समयावधि: १० बजेदेखि ४ बजेसम्म >> तिहारपछिको पहिलो कारोबारमा सुनको मूल्यमा कमी >> तेस्रोपटक म्याद थपका लागि रविलाई अदालत उपस्थित गराइयो >> रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगिँदै, पोखरापछि भैरहवा ल्याइने >> छठ पर्व आजदेखि विधिपूर्वक सुरु >> अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै >> खिल्जी दुर्घटनाः घाईतेहरुको उपचारमा कुनै कमी हुने छैनः मुख्यमन्त्री >> विश्वकप क्रिकेट लिग–२ : नेपाल र स्कटल्याण्डबीचको खेल रद्द >> पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना >> यी हुन् अर्घाखाँची दुर्घटनाका मृतक र घाइते (सूची) >> अर्घाखाँची दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुग्यो, १८ जना घाइते (भिडियोसहित)
पर्यटन

लुम्बिनी केबलकारमा एक वर्षमा २ लाख १० हजार पर्यटक, २५ % भारतीय

बुटवल र तिनाउ गाउंपालिकालाई साढे २२ लाख कर
१६ जेष्ठ २०८१, बुधबार
१६ जेष्ठ २०८१, बुधबार

बुटवल,१६ जेठ । एक वर्ष अघिसम्म सुनसान रहने पाल्पाको ऐतिहासिक बसन्तपुर डांडामा बुटवलको लुम्बिनी केबलकारले बाह्र महिनामा दुई लाख बढी पर्यटकलाई भित्राएको छ । डेढ दशकअघिदेखि पहल गरिएपनि सार्थक हुन नसकेको बुटवलमा केबलकार सपना चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको आईएमई ग्रुपले नेतृत्व लिएपछि गतवर्ष जेठ १५ देखि सञ्चालनमा आएको थियो । बुटवलको गोलपार्क बमघाटमा तल्लो स्टेशन रहेको केबलकारको माथिल्लो स्टेशन पाल्पाको तिनाउ गाउंपालिका बसन्तपुर डांडामा छ ।

स्थानीय समेतको लगानी साझेदारीमा कूल ५ अर्बको परियोजनामा केबलकारमा मात्रै डेढ अर्ब लगानी भएको कम्पनीले जनाएको छ ।
सञ्चालनमा आएको एक वर्षको अवधिमा भारतीय र तेस्रो मुलुकका समेत गरी दुई लाख १० हजार पर्यटक केबलकार चढेका कम्पनीका व्यवस्थापक प्रज्ज्वल घिमिरेले जानकारी दिए । केबलकार चढ्न आउने मध्ये २५ प्रतिशत संख्या भारतीय पर्यटकको रहेको घिमिरेले बताए ।

एक वर्षमा मूल्य अभिबृद्ध कर र स्थानीय कर समेत गरी १३ करोड ५० लाख रुपैयांको टिकट विक्रि भएको कम्पनीले जानकारी गराएको छ ।
केबलकारले २०८० जेठ १५ देखि बैशाख ३१ सम्म बुटवल उपमहानगरपालिका र पाल्पाको तिनाउ गाउंपालिकालाई प्रत्येक टिकट शुल्कको एक–एक प्रतिशतका दरले ११ लाख २८ हजार रुपैयांका दरले २२ लाख ५६ हजार रुपैयां स्थानीय कर वापत तिरेको छ ।

२.६ किलोमिटर दूरीको केबलकारको माथिल्लो स्टेशन समुन्द्री सतहबाट करिब १२ सय मिटर उचाईमा रहेको छ । बसन्तपुरमा प्रख्यात शक्तिपीठ कामाख्या देवीको कलात्मक मन्दिर र सय वर्ष अघिदेखि पुजा हुंदै आएको स्थानीय दुर्गा मन्दिर हिन्दु धर्मावलम्बीका लागि विशेष आकर्षण बनेको छ ।
अष्ट्रियाको डुपलमेयर कम्पनीले बनाएको अत्याधुनिक प्रविधियुक्त मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्ने अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले बताए ।

‘सञ्चालनमा आएको एक वर्षमै आन्तरिक र भारतीय पर्यटकको आगमन उत्साहजनक छ’–अपरेसन म्यानेजर सैंजूले भने–‘तर सञ्चालन खर्च धान्न कम्तीमा दैनिक एक हजार पर्यटक चाहिन्छ,अहिले घाटामै चलेपनि भविष्य राम्रो होला भन्ने अपेक्षा छ ।’ भारतको उत्तर प्रदेश लगायतका प्रान्तबाट अलि ठूलो संख्यामा पर्यटक भित्राउन सरकारी तहबाट नीतिगत सुधार र पर्यटकीय पुर्वाधारको बजारिकरणमा सहयोग चाहिने अपरेसन म्यानेजर सैंजूले बताए ।

केबलकारको टप स्टेशनमा रेष्टुरेन्ट, जीप लाइन, स्काई साइक्लिङ,जियान्ट स्वीङ, किड्स जोन, लभ पोडियम,सेल्फी विङ, हरेक महिनाको १ गते सांझ सन्न्या आरती पर्यटकका लागि आकर्षण बनेका छन् । दुई वर्षभित्र एक सय ५० कोठा,एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनो सहित साढे ३ अर्ब लागतमा पांचतारे होटेल बनाउने योजना छ ।
करिब सय जनालाई रोजगारी दिएको कम्पनीले पांच तारे होटेल सञ्चालनमा आउंदा थप ५ सय बढीलाई रोजगारी दिनसक्ने छ ।
केबलकार सञ्चालनले बुटवलमा नयां र आकर्षक पर्यटकीय गन्तब्य थपिएको र यसले प्रदेशको राजधानी बुटवलबाट दाङ सरेपछि सुस्ताएको स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सघाएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि अर्यालले बताए ।

बसन्तपुरमा गर्मी मौसममा तराईमा भन्दा झण्डै १० डिग्री सेल्सियस तापक्रम कम हुंदा शीतल हुने र हिउंंदमा तराईमा हुस्सु र जाडो हुंदा घाम लागेर न्यानो हुने भएकाले बसन्तपुर पर्यटक मात्र नभई सर्वसाधारणको पनि घुम्न जाने रोजाईको थलो बनेको उनले बताए ।
केबलकार बनेसंगै बसन्तपुरलाई प्रदेश सरकारको पर्यटन विकास परिषदले प्रदेशको महत्वपूर्ण पर्यटकीइ स्थलको मान्यता दिंदै सूचिकृत गरेको परिषदका सदस्य सचिव रामु जोशीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?