ट्रेंडिंग:

>> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु

सरकारको उपेक्षामा निजी वन

जन्मदेखि मृत्यकर्मसम्म काठ उपयोगी हुन्छ । निजी वनमा सिसौ, टिक, आप, बकाईनो, मसला, उत्तिस लगायत २८ प्रजातिका हाइब्रिड जातका विरुवाबाट १२÷१४ वर्षमा उत्पादन दिने गर्छ ।
१५ जेष्ठ २०८१, मंगलवार
१५ जेष्ठ २०८१, मंगलवार

बुटवल, १५ जेठ ।

ठूलो परिमाणमा काठजन्य पदार्थ भित्रिरहेको बेला पर्यावरणमैत्री पारिवारिक निजी वनतर्फ सरकारले उपेक्षा गरेको सरोकारवालाहरुले दुखेसो गरेका छन् । न्युन लगानीमा बाँझो जमिनमा प्राकृतिक रुपमा हुर्किने र राम्रो उत्पादन दिने निजी वनको अवधारणलाई सरकारबाट नीतिगत सहजीकरण गरिनुपर्ने किसानहरुको आग्रह छ । पारिवारिक निजी वन संघ नेपाल रुपन्देहीको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनमा बोल्दै उनीहरुले स्वदेशी काठ उद्योगको मागलाई धान्न सक्ने सम्भावना नीजि वनमा रहेको तर्क दिए ।

कार्यक्रमको उट्घाटन गर्दै महासंघका केन्द्रीय उपाध्यक्ष मेघराज भुषालले पारिवारिक निजि वनको अवधारणाको बारेमा प्रकाश पारे । एक जना किसान आफ्नै बारीको लप्सिको रुख काट्दा समातिएको घटनापछि निजी वनको अवधारणा नेपालमा शुरु भएको उनले बताए । सामुदायिक वन दक्षिण एशियाको विश्वमा नै उत्कृष्ट मानिने तर्क दिदै उनले यसैको आधारमा वि.सं २०७१ सालमा तदर्थ समिति वनाएर पारिवारिक निजी वन संस्थागत भएको बताए । छोटो समयमा हाल संघ ६४ जिल्लामा बिस्तार भएको उनले बताए ।

देशभरमा कर्मचारी समायोजन ३ तहकै सरकारमा सबै विभाग र कार्यालयको गरिदा वन कार्यालय स्थानीय तहमा नजानु बिडम्वना भएको दुखेसो गरे । वनको काममा असहजता ल्याउने काम यसबाट भएको उनले दुखेसो गरे । अबका दिनमा अम्रिसो, बास लगायत नया नया प्रजातिका बिरुवा किसानहरुलाई उपलब्ध गराउन संस्थागत पहल गर्ने उनले बताए ।

कार्यक्रममा संघका रुपन्देही जिल्ला अध्यक्ष विष्णु कुमार श्रेष्ठले बहुउपयोगी हुने निजी वनको अवधारणा सरकारबाट नीतिगत रुपमा अघि बढाउनुपर्ने बताए । ‘रुख लगाउने गरी प्रोत्साहनका योजना सरकारले ल्याउन सकेको छैन ।’—उनले भने । निजी वनलाई धितो, बिमा, प्राविधिक सहयोग, विनाधितो सहुलियत दरमा बैकको लोनको ब्यवस्था गर्न उनले आग्रह गरे ।

विश्व बैकले २ प्रतिशत लगानी वातावरण प्रदुषण रोक्न योगदान पुर्याउनेलाई तर ९ प्रतिशत सरकारले तोकेको छ । परियोजना हेरेर किसानलाई सहुलियतमा ऋण दिनुपर्छ । ३० वर्षदेखि काठबाट उत्पादन गर्दै आएका उनी २ कट्टाबाट ४ विगाहमा पुगेको उनले बताए । प्राकृतिक रुपमा हुर्किने र राम्रो उत्पादन दिने उनले दाबी गरे । एउटा रुख हुर्काउन ३० वर्ष लाग्ने तर काट्न मिनेटमा नै सकिने भन्दै सरकारको दीर्घकालिन सोच नहुदा काठजन्य उत्पादनमा लागेका उद्योगको भविष्य अन्यौलमा रहेको दाबी गरे ।

अर्को तर्फ ब्यावसायिक संघसंस्थाहरु समेत राजनीतिक दलका भातृसंगठनको रुपमा देखिएको उनले बताए । मधेशमा छोरी जन्मदा नै रुख रोप्ने प्रचलन रहेको भन्दै उनले निजी वन धेरै उत्पादनशील रहेको बताए । मानवको जिवनमा जन्मदेखि मृत्युसम्म काठ उपयोगी हुने र पर्यावरण जोड्न समेत रुखको महत्व रहेको उनले बताए । ८० प्रतिशत निजि, सामुदायिक वन र २० सरकारी वनबाट काठजन्य उत्पादन प्राप्त हुने तथ्याक रहेको बताए । निजी वनलाई प्रोत्साहन गर्ने सरकार लाग्नुपर्ने उनले सुझाव दिए । नीजि वनमा सिसौ, टिक, आप, बकाईनो, मसला, उत्तिस लगायत २८ प्रजातिका हाइब्रिड जातका विरुवाबाट १२÷१४ वर्षमा उत्पादन दिने उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीले आम स्वरोजगार किसानको पक्षमा निजि वनको अवधारणा उत्कृष्ट भएको बताए । जनतासंग सरोकार हुने गरी नितिगत ऐन कानुन ल्याउन नसकेको दुखेसो गरे । जनप्रतिनिधिहरुलाई बुझाउने गरि अभियान चलाउन जरुरी रहेको उनले सुझाव दिए । किसानको उत्पादनलाई बजारमा ल्याउन धेरै कठिनाई रहेको उनले स्विकार गर्दै यो सहज हुने गरि कानुन ल्याउन जरुरी रहेको बताए । प्रत्येक घरघरमा दुई वटा रुख रोप्ने गरी अभियान चलाउन सके यसले सामुदायिक वनको अवधारण बढ्न सक्ने अवस्था रहेको उनले बताए ।

कार्यक्रममा संघका कोषाध्यक्ष गुमानसिह कुवरले आर्थिक प्रतिवेदन पेश गर्दै आमदानीका रुपमा नया सदस्यता र सरकारबाट प्राप्त हुने अनुदान सहयोग भएको बताए । संस्थालाई मितब्यापी रुपमा अघि लगेको उनले बताए।नगरपालिका वा वडाको सिफारिसमा उत्पादन बिक्रि बितरण गर्न पाउने प्रावधान रहेपनि त्यो कार्यान्वयन हुन नसकेको उनले दुखेसो गरे ।
कार्यक्रममा संघका सदस्य देवानन्द पाण्डे, प्रमुख निर्वाचन आयुक्त डासिराम पाण्डेले न्युन लगानीमा राम्रो उत्पादन लिन सकिने र पर्यावरणमा प्रत्यक्ष लाभ मिल्ने नीजि वनको अवधारण रहेको बताए ।

पारिवारिक निजी वनमा बिष्णु कुमार श्रेष्ठ

यसैबिच संघको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेसनबाट बिष्णु कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्ष गुमानसिह कुवर, सचिव दुर्योधन पछाई क्षेत्री, कोषाध्यक्ष भेषराज कंडेल, सदस्य देवानन्द पाण्डे, कृष्ण बश्याल, डिल्ली कुमार श्रेष्ठ, बोनिका भण्डारी, आनन्द रेग्मी, तारा जिसि सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त डासिराम पाण्डेले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?