© २०२३
प्रदेश नम्बर ५ का प्रदेश सासद भुमिश्वर ढकालले यस वर्ष पूर्वाधार विकासका लागि प्रदेश सरकारले ५ करोड बराबरको रकम सैनामैनामा खर्चिने बताएका छन् । सैनामैना नगरपालिका वडा नम्बर ८ र ९का वडा कार्यालय भवन स्थानान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले सो कुरा बताएका हुन् । ढकालले वडा नम्बर ८ स्थित सत्चिन्तन सामुदायिक प्रतिष्ठान संग जोडिएको इुङिगुरीया नदिमा यस वर्ष नै तटबन्ध गर्ने प्रतिवद्धता ब्यक्त गरे । यस्तै यहि वर्ष भित्रै ५० लाखको लागतमा रामापुर देखि लुम्बिनी जोड्ने डेढ किलोमिटर सडक कालोपत्रे गर्ने बताए ।
उनले स्थानीय सरकारले करको दर बृद्धि नगराएर दायरा फराकिलो बनाएको बताए । करबाट संकलन गरेको रकमबाट पूर्वाधार विकास,कृषि क्रान्ति, शैक्षिक सुधार लगायत क्षेत्रमा खर्चिने भएकाले सवैले कर दायरामा आउनुपर्ने ढकालको आग्रह छ ।
उनले विगदमा जनप्रतिनिधि अभावमा विकास निर्माणका कार्य अलपत्र परेकोले अब नेपाल सम्बृद्ध तर्फ उन्मुख भएको जिकीर गरे । सैनामैना नगरपालिकाको एक वर्ष समयअवधि कर्मचारी ब्यवस्थापन र ऐन कानुन निर्माण गर्न लागेको मेयर चित्र बहादुर कार्कीले बताएका छन् । जनतालाई सहज रूपमा सेवा प्रवाह गर्न र शुशासन कायम गर्न प्रत्येक वडाले आफनै वडा बाट सेवा प्रदान गरेको कार्कीले बताउनुभएको छ । कार्यक्रम सैनामैना नगरपालिका वडा नम्बर ८ वडा अध्यक्ष रामशरण न्यौपाने र वडा न ९का वडा अध्यक्ष डोलनाथ भण्डारी, सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारी , वडा नम्बर ८ वडा सदस्य ईश्वरी भण्डारी र कार्यपालिका सदस्य कमला चौधरी , वडा नम्बर ८ की वडा सचिब गोमा पन्थी र वडा ९ का वडा सचिब हरि प्रसाद पन्थ लगायतले बालेका थिए । संयक्त रूपमा रहेका वडा नम्बर ८ र ९ ले आफ्नै वडा भित्रबाट सेवा दिने भएका छन् ।à