© २०२३
तीजको अवसर परेर आईएफसी फेशन डिजाईनर कलेज बुुटवलले स्केचीङ तथा ड्रेस डिजाईनर प्रतियोगीता गरेको छ । उक्त प्रतीयोगीतामा स्केचीङ तर्फ प्रतीमा राना प्रथम, फस्ट रनर अप सन्ध्या पुुलामी, सेकेन्ड रनरअप सबीता पुलामी र थर्ड रनरअप टिका परतेल भए । यस्तै ड्रेस डिजाईनर तर्फ ममता राना बिजेता बन्न सफल भइन । आईएफसीले हरेक वर्ष आन्तरिक रूपमा आफ्ना विद्यार्थीका बीचमा यस्तो प्रतियोगीताको आयोजना गर्दै आएको छ । विजेतालाई रेडीयो समावेशीका स्टेशन प्रबन्धक मिल गाहाले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा आईएफसीबाट पास आउट भएका ५ जना विद्यार्थी सन्जु पुुन, करीस्मा कार्की, सबनम श्रेष्ठ, बिनु राना र सुजाता पुनलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।