© २०२३
‘नर्सहरू नै भविष्य हुन्’ भन्ने नाराका साथ विश्व नर्सिङ दिवस आज विश्वभर मनाईदैछ । नेपालमा पनि यो दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लोसमय नर्सिङ क्षेत्रमा लगानी बढेको छ भने विद्यार्थीमा पनि नर्सिङ पेशाप्रतिको अभिरुची बढ्दै छ । नर्स भन्ने बित्तिकै हेपेर व्यवहार गर्ने विगतको संस्कारमा परिवर्तन आउँदैछ । अर्कोतर्फ नर्सिङमा विदेशबाट समेत राम्रो माग हुँदै आएकोले यो पेशा अव सम्मानित पेशा बन्दैछ । नर्सिङ दिवसको अवसरमा सम्झनैपर्ने छ– ती नर्सहरू जसले आफ्नो ज्यान जोखिममा राखेरपनि संक्रमितको उपचारमा तल्लिन रहे । विश्व नर्सिङ दिवसको अवसरमा नर्सिङ क्षेत्रलाई पेशा वनाएकाहरू जोखिमका बीच पनि सेवाको भावनाले आफ्नो ज्यानको बाजी लगाएर संक्रमितको सेवा गरे, उनीहरूको प्रशंसा गर्नुपर्दछ ।
नेपालको संविधानको धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको बारेमा उल्लेख गरिएको छ । धारा ३५ को उपधारा (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशूल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बन्चित नगरिने गरी सुनिश्चितता गरिएको छ । अहिले यो काम स्वास्थ्कर्मीहरूले मात्रै गर्दै आएका छन् । नर्सिङ क्षेत्र आफै जोखिममा छ तर यो बेला मानवीय सेवालाई उनीहरूले सर्वाधिक महत्व दिएका छन । नेपालले गौरव गर्ने लायक बनेको छ– नर्सिङ क्षेत्र । विपत्तीको बेला नै हो जसको पनि परिक्षण हुने । अहिले नर्सिङ क्षेत्रले गरेको सत्कर्मको परिक्षण भएको छ । र, सवैको प्रशंसायोग्य वनेको छ । दिवसको यो अवसरमा यो पेशालाई अपहेलना होइन, सम्मान गरौं ।
विश्व नर्सिङ दिवस मनाउँदै गर्दा आधुनिक चिकित्सा पद्धतिमा अभूतपूर्व योगदान गर्ने नर्स अर्थात् नेपालीमा स्वास्थ्य परिचारिका भनिने पेसाको सुरुवात गर्ने अनि नयाँ उचाइ थप्ने महान् फ्लोरेन्स नाईटिंगेलको जन्म दिनका अवसरमा विश्वले अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गर्दछ । रातीको समयमा टुकी बालेर पनि सम्पूर्ण बिरामीहरू भएका ठाउँमा पुग्ने यिनी संसारकै पहिलो नर्स फ्लोरेन्स नाईटिंगेलले बेलायतको लण्डनस्थित थोमस हस्पिटलमा संसारकै पहिलो निजी नर्सिङ स्कूल स्थापना गरेकी थिइन । फ्लोरेन्सले अस्पताललाई सफा राख्नमा अनि बिरामीको सम्मान र भावनालाई कदर गर्दै एउटा गहिरो सेवाको अवधारणाका रूपमा आधुनिक नर्सिङ पेसालाई उभ्याएकी हुन् । नर्स विनाको अस्पतालको परिकल्पना हामी गर्न सक्दैनौ । सन् १९४७ मा वीर अस्पतालको स्थापना पछि स्वास्थ्य सहायकका रूपमा केही कम्पाउन्डर र भारतमा तालिम लिएका केही औलामा गन् सक्ने ब्यत्तिहरू मात्रै थिए । नेपालमा नर्सिङको इतिहास वि.सं २०१३ वाट सुरु भएको देखिन्छ । जब केही गृहणीहरू लगायतका नेपाली चेलीहरूले औपचारिक रूपमा नर्सिङको तालिम लिएका थिए । नर्सिङ पेशालाई सम्मानित बनाउने दायित्व र कर्तब्य नर्सहरूको पनि छ । नर्सहरूप्रति विरामीको गुनासो पनि छ । नर्सहरूले उपचारकै क्रममा राम्रो व्यवहार गर्दैनन भन्ने । तर, सवैलाई एउटै कित्तामा राख्न मिल्दैन । अवको दिनमा नर्सहरूको पेशाको सम्मानका खातिर पनि नर्सहरू आफूले पनि पेशालाई मर्यादित बनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । नर्सिङको लामो इतिहास र यसको गौरव र साख जोगाउनेतर्फ पहल जरुरी छ । खासगरी सरकारले पनि विरामीको सेवामा अहोरात खटने नर्सहरूको उचित सुरक्षा तथा जीवनबृत्तिको ग्यारेण्टी गर्नु जरुरी छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी