© २०२३
वित्तिय कारोवार तथा हिसाव किताव दुरुस्त राख्न सिकाउने उद्देश्यले बुटवलमा तीन दिने प्रयोगात्मक लेखा तालिम सुरु भएको छ ।
लेखा विषय लिएर अध्ययन गरेका विद्यार्थीहरूलाई भ्याट विल भौचर काट्न, अभिलेख राख्न, मास्किबासी तथा खरिद विक्रि खाता तयारि गर्न लगायतका विषय जान्ने बनाउन हाम्रो जव लिङ्क एण्ड एजुकेशन इन्ष्टिच्यूट बुटवलले तालिमको आयोजना गरेको हो । तालिममा बुटवल क्षेत्रका ६० जना लेखाका विद्यार्थीहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै रूपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले उद्योग कलकारखाना तथा ब्यवसायिक प्रतिष्ठानमा दक्ष लेखापालको अभाव रहेकाले यस्ता तालिमले त्यो अभावलाई परिपूर्ति गर्ने बताए । कार्यक्रममा शंकरनगर दुर्गादत्त क्याम्पसका सहायक प्राचार्य चण्डिप्रसाद पाण्डे, हाम्रो जब लिङ्का निर्र्देशक प्रितम भूषाल, पत्रकार झविन्द्र देवकोटा लगायतले लेखा सम्बन्धी विज्ञको अभाव धेरै रहेकाले तालिम धेरै प्रभावकारी रहने बताए । हाम्रो जब लिङ्कका प्रवन्ध निर्देशक सन्दिप न्यौपानेले तालिमको सहजीकरण गरेका थिए । तालिममा चाटर्ड एकाउण्टेन प्रमोद पन्थीले लेखाका विविध विषयमा सहजीकरण गरेका छन् । à