ट्रेंडिंग:

>> शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा >> लायन्सको योगदानको उच्च सम्मान गरौं >> पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने >> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन

तीर्खा लाग्यो ? अब कोल्ड ड्रिंक्सको साटो बोतलको मही !

‘कोक, फेन्टा, स्प्राइट लगायतका पेय पदार्थमा रिफाइन सुगर,कार्बोनाइटेड वाटर र आर्टिफिसियल फ्लेबर जस्ता स्वास्थ्यलाई हित नगर्ने तत्व हुन्छन् तर महीमा नेचुरल प्रोटिन र फ्याटको मात्रा पनि कम हुने भएकाले पाचन प्रणालीलाई पनि धेरै राम्रो गर्छ ’ - डा. पाठक
२७ बैशाख २०८१, बिहीबार
२७ बैशाख २०८१, बिहीबार

 बुटवल, २७ बैशाख ।     बजारमा वहुराष्ट्रिय र स्वदेशी कम्पनीका समेत विभिन्न ब्राण्डका चीसो पेय पदार्थ बजारमा छ्यापछ्याप्ती पाइन्छन् । स्वास्थ्यप्रति सचेत नागरिकले भने त्यस्ता पेय पदार्थ रुचाउंदैनन् । यद्यपि विकल्पमा अन्य चीसो पेय पदार्थ जहांसुकै सहज उपलब्ध नहुंदा त्यस्तै पेय पदार्थको बजारमा रजगज छ ।
तर अब विकल्प आएको छ बुद्धभूमि मही । मही भन्नेवित्तिकै तराई पहाड हिमाल सबै ठाउं बस्ने नेपालीको लागि नौलो पेय पदार्थ हैन बरु पुस्तौंपुस्तादेखि  सबैले उपभोग गर्दै आएको चीर परिचित  वस्तु हो ।

यद्यपि बढ्दो बसाई सराई , शहरीकरण र पश्चिमा संस्कृतिको नक्कलले महीको उपभोग ज्यादै कम भएको पाइन्छ । अझ गर्मीमा तीर्खा र प्यास लाग्दा मही खान पाउने हो भने कस्ले छाड्ला र ?   हो आम नेपालीको जीवनशैलीको अभिन्न अंग रहेको महीलाई कपिलवस्तुको ग्लोबल डेरी उद्योगले व्यवसायिक उत्पादन शुरु गरेको छ ।
उक्त उद्योगले यही बैशाख पहिलो हप्तादेखि दैनिक एक हजजार लिटर महीको व्यवासायिक उत्पादन र विक्रि शुरु गरेको हो । ५० करोड लगानीमा ९ वर्ष अघि सञ्चालनमा आएको नेपालकै दोस्रो ठूलो डेरी उद्योगले नेपालमै पहिलोपटक बोतलिङ र लेभलिङ गरी महीको व्यवसायिक उत्पादन शुरु गरेको दावी गरेको छ । उद्योगले एक लिटरको बोतलमा मही बजारमा ल्याएको छ । यो महीमा कुनै रासायनिक पदार्थ नमिसाई विशुद्ध प्राकृतिक दहीबाट बनेकोले मानव स्वास्थ्यका लागि हितकर हुने उद्योगको दावी छ । स्वदेशमै उत्पादन भएको महीको खपत बढाउन सके यसले आयात प्रतिस्थापन र ब्यापार घाटा कम गर्न पनि टेवा पु¥याउने उद्योगको अपेक्षा छ ।

शुरुवाती चरणमा कपिलवस्तुका दुई वटा स्थानीय तहका बजार क्षेत्रमा दैनिक एक हजार लिटर मही विक्रि भइरहेको उद्योगका सञ्चालक जनक न्यौपानेले बताए । ‘बुद्धभूमि’ ब्राण्डमा बजारमा आएको महीको उपभोक्ता मूल्य ५० रुपैयां कायम गरेको छ । बोतल र स्टिकरमा मात्र १५ रुपैयां खर्च भएकाले उद्योगको प्रति बोतल लागत ४० रुपैयां रहेको न्यौपानेले बताए ।

अहिलेलाई उत्पादन गरेको ५ दिनसम्म मही उपभोगयोग्य हुने उद्योगले जनाएको छ । ‘दैनिक उत्पादन हुने एक हजार लिटर मही ५ दिन अगावै विक्रि भएको छ,बजारबाट एकदमै राम्रो रेस्पोन्स आएको छ’–न्यौपानेले भने–‘भविष्यमा आधा लिटर र पाउच प्याकेटमा पनि उत्पादन गरी लागत घटाएर सस्तोमा विक्रि गर्ने योजना छ,यद्यपि अन्य पेय पदार्थको तुलनामा मही सस्तो नै छ ।’
बजारमा पाइने वहुराष्ट्रिय र अन्य कम्पनीका चीसो पेय पदार्थको विकल्पमा उपभोक्ताले महीलाई राम्रो भनेर सकारात्मक प्रतिक्रिया आएपछि उत्साहित भएको न्यौपानेले बताए । सरकारी कार्यालयमा,सरकारी र निजी विद्यालयका क्यान्टिनमा अन्य पेय पदार्थको साटो महीको प्रयोग अनिवार्य गराइनुपर्ने उनको माग छ ।

महीको विक्रि वितरण प्रदेशभर र भविष्यमा देशभर गर्ने लक्ष्य सहित खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट महीको छुट्टै अनुज्ञापत्र लिने प्रकृया अघि बढेको र लगानी थपेर काम गर्न लागेको उद्योगका अध्यक्ष थानेश्वर न्यौपानेले बताए ।

अन्य चीसो पेय पदार्थको तुलनामा मही मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक बताउंछन् ।

‘कोक, फेन्टा, स्प्राइट लगायतका पेय पदार्थमा रिफाइन सुगर,कार्बोनाइटेड वाटर र आर्टिफिसियल फ्लेबर जस्ता स्वास्थ्यलाई हित नगर्ने तत्व हुन्छन् तर महीमा नेचुरल प्रोटिन र फ्याटको मात्रा पनि कम हुने भएकाले पाचन प्रणालीलाई पनि धेरै राम्रो गर्छ ।’
भारतमा समेत मोहीको व्यवसायिक विक्रि भइरहेको भन्दै डा. पाठकले नेपालमा पनि यसलाई प्रवद्र्धन गर्नु राम्रो हुने सुझाए ।

महीको व्यवसायिक उत्पादन सफल भएमा किसानको दुध विक्रि नहुने समस्या हट्ने उद्योगका अर्का सञ्चालक कमल न्यौपानेले बताए । हाल ५० हजार लिटर दुध विक्रि गरिरहेको उद्योगले भविष्यमा धुलो (पाउडर) दुध उत्पादन र महीको उत्पादन बढाएर दैनिक एक लाख लिटर दुध व्यवस्थापन गर्ने योजना रहेको न्यौपानेले बताए । नारायणी पुर्वमा ७ वटा पाउडर दुध उद्योग रहेका तर नारायणी पश्चिममा एउटा पनि पाउडर दुध उद्योग नभएकाले सरकारले यसका लागि अनुमति दिनुपर्ने उनको माग छ । ग्लोबल डेरी उद्योगका लुम्बिनी प्रदेशमा ८१ स्थानमा दुध संकलन केन्द्र सञ्चालनमा छन् भने १५ हजार किसान आवद्ध छन् । उद्योगले २ सय जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?