ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

दशैँ–तिहार खर्च दुई हजार

३ भाद्र २०७५, आईतवार
३ भाद्र २०७५, आईतवार

सल्यानको शारदा नगरपालिकाले ८० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई दशैंतिहार खर्च वापत दुई÷दुई हजार रूपैयाँ प्रदान गर्ने व्यवस्था मिलाइएको जनाएको छ । गएको आर्थिक वर्ष २०७४/०७५ समिक्षा र चालु आर्थिक वर्षमा नगरपालिकाले गर्ने योजनावारे पत्रकारहरूलाई जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा नगर प्रमुख सुरेश अधिकारीले भने, जेष्ठ नागरिकलाई दशैँतिहार खर्च र अपांगता भएका ब्यक्तिलाई नगरपालिकाले दिने सिफारिश लगायतका सुविधामा कुनै पनि शुल्क नलाग्ने एवम् मृत्यु दर्ता जहिले गरेपनि निःशुल्क हुने व्यवस्था हामीले मिलाएका छौँ ।
पछिल्लो समय देशभर कर बढेको कुरा तर्फ इंगीत गर्दै नगरप्रमुख अधिकारीले शारदा नगरमा विगत तीन वर्षयता कुनै पनि करमा बृद्धि नभएको जानकारी गराए । ‘मनोरञ्जन र विलासीताका क्षेत्रमा १० प्रतिशत कर वृद्धि गरे पनि अन्य कुनै पनि क्षेत्रको करमा वृद्धि गरेका छैनौँ,’ उनले भने । मदिरा पसल लगायत विलासिता, मनोरञ्जनका क्षेत्रमा १० प्रतिशत कर वृद्धि गरेको उनले जानकारी गराए ।
नगरपालिकाले यो वर्षका विभिन्न कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यतालिका समेत बनाएको छ । भाद्र मसान्त सम्म योजनको प्राविधिक स्टेमेट, असोज मसान्त भित्र टेण्डर, उपभोक्ता समितिलाई अभिमुखिकरण आदि गरेर कार्यक्रम समयमै सम्पन्न गर्ने योजना रहेको नगरका प्रवक्ता दिपक हमालले बताए । असारमा काम सक्ने प्रवृतिको अन्त्यका लागि कार्ययोजनामा रहेर काम गर्नेछौँ, उनले भने । पाँच लाख भन्दा माथिका निर्माणका कार्यका लागि ठेक्का टेण्डर मार्फत गरिने नगरपालिकाको योजना रहेको हमालले बताए ।
नगरपालिका भित्रका सडकहरूको स्तोरन्नतीका लागि मर्मंत सम्भार ब्यक्ति (पेटौली) राखिने भएको छ । यस्तै नगरपालिकाले जिल्ला अस्पताल सल्यानलाई ५० सैयाको बनाउन आवश्यक बजेट विनियोजन गरेको छ । पत्रकार सम्मेलनमा उप प्रमुख सावित्रा वस्नेतले नगरपालिकाको कामलाई चुस्त र प्रभावकारी वनाउन कर्मचारीको अभावले समस्या भएको बताइन् । कार्यालय अहिले पनि निमित्त प्रमुखको भरमा चलिरहेको छ । यसले हामीलाई सेवा प्रवाहमा केहि समस्या उत्पन्न गराइरहेको छ, उनले भनिन् । कर्मचारीको अभावमा अघिल्नो वर्ष ४८ करोड रकम विनियोजन भए पनि ४५ करोड मात्रै खर्च गर्न सकिएको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?