© २०२३
पेशाले उनी सरकारी जागिरे हुन् । बुटवल बहुमुखी क्याम्पसको पुस्तकालय विभाग प्रमुख शारदा पंगेनी । सानै उमेर देखि संगीत क्षेत्रमा रुची भएकी पंगेनी आफ्नो जागीरे जीवनसंगै संगीत क्षेत्रमा समेत हात हालेकी छिन् ।
वि.सं. २०७३ सालमा पहिलो पटक ‘परदेश मुग्लान’ बोलको गीत सार्वजनिक गरेका उनको सांगीतिक क्षेत्रमा उनका श्रीमान् नवराज पंगेनीले पनि साथ दिदै आएका छन् । बुटवल बहुमुखी क्याम्पस कानुन संकायका सह प्रध्यापक रहेका पंगेनी अक्र्सफोड माविमा पनि कार्यरत रहेका छन् । पंगेनीको छोरी सुप्रीया पनि अहिले सांगीतिक क्षेत्रमा लागेका छिन् । उनी पछिल्लो समयमा मोडलको रूपमा पहिचान बनाउँदै गएकी छिन् । वि.सं. २०७३ सालमा पहिलो पटक गीत सार्वजनिक गरेका पंगेनीले हालसम्म ४ वटा गीत बजारमा ल्याएकी छिन् । गत बर्ष उनले तीजको गीत ‘माईती देशमा’ नामको गीत बजारमा ल्याएकी थिइन् । बेलुका करिब ५ देखि ६ बजेसम्म बुटवलको बागेश्वरी संगीतालयमा संगीत सिक्दै आएको बताउने पंगेनीले केही महिना अघि मात्र ‘मायाले जोवन दिएन’ बोलको गीत समेत सार्वजनिक गरेकी थिइन् । जुन गीत दर्शक स्रोताले रुचाइदिएका थिए ।
यस्तै हालै उनले नयाँ तीज गीत ‘सुन दाजुभाई’ बजारमा आएको छ । म्युजिक नेपालको आधिकारिक युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा चर्चित गायक खुमन अधिकारी र शारदा पंगेनीको गीतमा स्वर रहेको छ । एकनारायण भणडरीको लय तथा शब्द रहेको उक्त गीतमा अहिलेका चर्चित हाँस्य कलाकार सुरविर पण्डित, रमा थपलिया तथा सुमन परियार र सुप्रिया पंगेनीको अभिनय रहेको छ । यो गीतबाट अझ बढि दर्शक स्रोताको मन जित्न सफल हुने अपेक्षा उनको रहेको छ । उनी भन्छिन्–‘सांगीतिक तिर्खा मेटाउनको लागि बेला बेलामा गीत बजारमा ल्यादै आएकी छु ।’ चौथो तीज गीत मौलिक विषय वस्तुलाई टपक्कै टिपेर बनाइएको गीतको भिडियो पन निकै आकर्षक उनको भनाइ रहेको छ । उमंग म्युजिक प्रा.ली. ले बजार ब्यवस्थापन गरेको गीतमा निर्देशन स्मृति तिमिल्सना, छायांकन करन चैसिर र सम्पादन शिव पौडेलको रहेको छ ।