ट्रेंडिंग:

>> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु >> चीनसँग ऋण सम्झौता नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता >> ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित >> काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो >> तिलोत्तमा प्याब्सनमा गौतम >> पाटेबाघको छालासहित बुटवलका भट्टराई कपिलबस्तुमा पक्राउ >> चीन जानु अघि ओलीले गरे पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूसँग छलफल >> हिंसा जारी रहेको बखतमा बेला रूसी राष्ट्रपति पाकिस्तान भ्रमणमा >> इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते >> भन्सार दर घटेपछि एकैदिन तोलामा १५ हजार ९०० रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो? >> धरहरावाट प्रधानमन्त्रीले सार्बजनिक गरेर एनपीएलको ट्रफी >> बायु प्रदुषण गर्ने दिल्लीका सवारीलाइ १६४ करोड जरिवाना >> लुम्बिनीमा हवाइ सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड >> धरहराकाे पहिलो दिनकाे आम्दानी १ लाख २० हजार बढी >> अमेरिकाले फिर्ता गरयो भारतका १४०० कलाकृति, मुल्य १० मिलियन डलर भन्दा बढी >> ब्रान्ड ब्ल्याक शार्क नेपाल भित्रदै >> गुल्मीमा ६५ उत्कृष्ट उद्यमीहरू सम्मानित >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क >> ‘एन्टिबायोटिकको प्रयोगले विकराल समस्या’ >> अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस >> सरकारविरुद्धको स्याल हुइयाँ विरोध र औचित्य >> उखु किसानको पीडाः मिलले पैसा खायो, मिलिबगले उखु >> छात्रतर्फ कालिका, छात्रामा न्यु होराईजनलाई उपाधि >> कपिलवस्तुमा प्रधानाध्यापकमाथि सांघातिक आक्रमण >> मञ्च गठन गरी संघीयताको विरोध >> ‘साना किसान’ जिल्लामै अब्बल >> ‘छोरी क्रिकेट’ को क्रेज >> आफ्नै हस्ताक्षरसहितको चेक भेटिएपछि बयानपछि बरण्डामा गएर घोरिएका थिए लामिछाने >> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा

बुटवल उपमहानगरको फोहोरले स्थानीय र विद्यालयका बालबालिकाको स्वास्थ्यमा गम्भीर असर

‘गर्मी सिजन शुरु भयो, वस्ती र विद्यालय नजिकै नदी किनारमा थुपारिने फोहोरबाट महामारी फैलन सक्ने डर छ’–ज्ञवालीले भनिन्–‘तर उपमहानगरपालिकाले यसलाई संवेदनशीलरुपमा लिएको देखिएन ।’
२९ फाल्गुन २०८०, मंगलवार
२९ फाल्गुन २०८०, मंगलवार

बुटवल,२९ फागुन । बुटवल उपमहानगरपालिकाले मानव नजिकै फोहोर ‘डम्पिङ’ गर्दा दुर्गन्ध र वातावरण प्रदुषित भएर स्थानीय बासिन्दा र विद्यालयका बालबालिकाको स्वास्थ्यमा गम्भीर प्रतिकूल असर परिरहेको छ ।
बुटवल उपमहानगरपालिका–११ का तीन वटा टोलका बासिन्दाले संघर्ष समिति गठन गरी सोमबारदेखि उपमहानगरपालिकाका विभिन्न स्थानबाट फोहोर ल्याएका १० वटा ट्याक्टरलाई रोकेर फिर्ता पठाइदिएका हुन् । फोहोरबाट प्रभावित सिरानगाउँ मजुवा,ध्रुवनगर र बुद्धनगरका बासिन्दाले संघर्ष समिति गठन गरी आफूहरुका माग पूरा गर्ने सुनिश्चित नगरेसम्म फोहोर फाल्न नदिने घोषणा गरेका हुन् ।
उपमहानगरले चार वर्षदेखि सिरानगाउँ मजुवामा फोहोर फाल्दै आएको छ ।

 

उपमहानगरले स्थानीयसँग वस्तीमा पक्की सडक र नदी कटान रोक्न पर्खाल बनाउने, स्थानीयको स्वास्थ्य नियमित चेकजाँच गर्ने, रोजगारी दिने प्रतिबद्धता जनाएको तर पर्खाल लगाउने वाहेक अरु कुनै प्रतिवद्धता पूरा नगरेकाले वाध्य भएर फोहोर फाल्न नदिने निर्णय गरी टेक्टर रोकेको संघर्ष समितिका संयोजक रिसव पोखरेलले बताए ।
‘उपमहानगरपालिकाले बस्तीका लागि वर्षमा ५ लाख वजेट र पर्खाल लगाउने बाहेक अरु कुनै पनि प्रतिबद्धता पूरा गरेन,फोहोरले वस्ती दुर्गन्धित भएर बस्नै नसक्ने अवस्था भयो’–पोखरेलले भने–‘फोहोरको दुर्गन्धले घरमा बस्न नसक्ने अवस्था छ, मान्छेहरु विरामी भएका भयै छन् यो सबको कारण यही फोहोर हो ,अब कति समय फाल्ने हो, समय अवधि तोकिनुपर्छ र दिर्घकालीन निकास निकाल्नुपर्छ, अन्यथा यहाँ फोहोर फाल्न दिँदैनौं ।’ फोहोरले वस्ती नजिकै रहेको सुर्योदय आधारभुत विद्यालयका विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको विद्यालयकी प्राचार्य शोभा ज्ञवालीले गुनासो गरिन् ।
‘गर्मी सिजन शुरु भयो, वस्ती र विद्यालय नजिकै नदी किनारमा थुपारिने फोहोरबाट महामारी फैलन सक्ने डर छ’–ज्ञवालीले भनिन्–‘तर उपमहानगरपालिकाले यसलाई संवेदनशीलरुपमा लिएको देखिएन ।’
उपमहानगरपालिकाको सरसफाई तथा फोहोरमैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले स्थानीयसंग छलफल गरेर समस्या समाधान गरिने बताए । बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडिवीसँग फोहोर प्रशोधन केन्द्रका लागि २८ करोडको सम्झौता गरेर साविक बुटवल १५ को जितेश्वरी सामुदायिक बनमा योजना निर्माण गर्न खोजेपनि स्थानीयको अवरोधपछि देविनगरमा र देविनगरमा पनि विरोध भएपछि शिवनगर सामुदायिक वनमा फोहोर प्रशोधन केन्द्र निर्माण गर्न खोजेको थियो । तर सबै ठाउंमा स्थानीयलाई चित्त बुझाउन नसविवादित बनेपछि एडिबीले उक्त परियोजना फिर्ता गरेको थियो । त्यसयता बुटवलमा फोहोर व्यवस्थापनको दीर्घकालीन योजना बन्न सकेको छैन । अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बनाउने भन्दै विदेश भ्रमण र गोष्ठीमा उपमहानगरको लाखौं वजेट खर्च भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?