ट्रेंडिंग:

>> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक >> काममा हिडन थाले सैफ अली >> दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपमा ११ हजार बढी खेलाडीले गरे नाम दर्ता >> अमेरिकाबाट अवैध आप्रवासी फर्काउन कोलम्बिया सरकार तयार >> काठमाडौंमा ३९ लाख नगदसहित एक जना पक्राउ >> पाल्पाका दश हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने >> सुनको भाउ तोलामा ३ सय रुपैयाँले घट्यो >> सभापति कपमा आज संकटा र मच्छिन्द्र आमुने सामुने हुने >> ओस्कार ट्रफीमा देखिने मूर्ति कस्को हो त? रोचक कुरा जान्नुहोस् >> हमास नियन्त्रणमा रहेका इजरायली महिला सैनिकले भने, ‘यसबिचमा अरबीभाषा सिक्यौं’ >> अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ >> भन्सार राजस्व चुहावट रोक्न जोड >> अर्को ‘ब्रेक थ्रु’ मा ढिलाई नहोस् >> न्यायिक समितिको कार्यबारे जानकारी गराउँदै गाउँ टोलमा >> ‘सुन्तलाखर्क’ को पाखैभरि पहेँलपुर सुन्तला >> मालिकामा कम गुणस्तरको मदिरा बिक्रीमा रोक >> अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलः पर्यटनको ढोका >> पहाडमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो >> सत्तारुढ दलको बैठक बस्दै >> करोड धरौटी बुझाएर छुटे रवि >> खेल संघहरु जिम्मेवार बन्न राखेप उपाध्यक्ष आचार्यको आग्रह >> रविबारे रुपन्देही अदालत- आरोपितले कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिब आधार देखिएन >> ताल परिसरमा बनेको टहरा हट्यो >> रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न आदेश >> आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार जिल्ला सञ्जाल दाङ निरन्तरता >> २८६१ औ सोनाम लोसारको अवसरमा रक्तदान >> भरतपुर महानगरपालिकाले पहाडी क्षेत्रका शिक्षकलाई आवासीय भत्ता उपलब्ध >> रबि लामिछाने पक्षकाे बहस सकियाे, केही बेरमा आदेश आउने सक्ने >> नेपालमा ७२ औं विश्व कुष्ठरोग दिवस, कुष्ठरोग कम हुँदै

रोजगार पनि दिने कि परिचयपत्र मात्रै बाँड्ने ?

२६ फाल्गुन २०८०, शनिबार
२६ फाल्गुन २०८०, शनिबार

लमही, २६ फागुन । लमही नगरपालिकाले हालसम्म २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरेको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गैवी निवारण मन्त्रालय मार्फत संचालित यो कार्यक्रमले गरिवीका रेखामुनि रहेका मानिसहरूको पहिचान गरि तीन प्रकारमा वर्गीकरण गरेको छ । अति गरिब, मध्यम गरिब र सामान्य गरिब भनेर राज्यले वर्गीकरण गरेको छ । यसरी वर्गीकरण गरेपनि वार्गीकरनामा परेका गरिबले के के सेवा सुविधा पाउने भन्नेबारे भने कुनै स्पटता छैन । यसले सरकारले परिचय पत्र मात्रै बाँड्ने कि रोजगार पनि दिने भन्ने प्रश्न जन्माएको छ ।

लमही नगरपालिकाले पनि मन्त्रालयको निर्देशन अनुसार सामाजिक सुरक्षा तथा पंजीकरण शाखाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका गरिवीका रेखामुनि रहेका मानिसको पहिचान गर्दै तथ्यांक संकलन गरेको छ । अहिलेसम्म २ हजार २ सय ४८ जनाको विवरण संकलन भएको सामाजिक सुरक्षा तथा पंजीकरण शाखा प्रमुख कमल अर्यालले जानकारी दिए । गरिब परिवार परिचयपत्र कार्यक्रमका लागि पालिकाले गत आर्थिक वर्ष २०७९ देखि गरिबीको रेकामुनी रहेका मानिसको पहिचान गर्दै विवरण संकलन कार्य थालेको प्रमुख अर्यालको भनाई छ ।

शुरुको आर्थिक वर्ष २०७९ मा २ जनाले मात्र गरिव परिवार परिचयपत्र लिएको तथ्यांकले देखाउँछ । दोस्रो पटक २०८० फाल्गुनमा जारि गरिएको सूचना अनुशार २ सय १३ जनालाई गरिव परिवार परिचयपत्र प्रदान गरेको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले बताए । सरकारले कुनै न कुनै सेवा सुबिधा प्रदान गर्नकै लागि गरिवको वर्गीकरण गरेको होला, हामीले पनि केन्द्रको निर्णय अनुशार विअवरन संकलन गर्दै परिचयपत्र वितरण गर्दै आएका छौं, उनीहरूले पाउने सेवा सुविधाको बारेमा पनि मन्त्रालयले केहि मापदण्ड तोक्ला’– नगर प्रमुख चौधरीले भने ।

त्यसैगरी लमही नगरपालिकाका नगर उपप्रमुख लक्ष्मी योगीले गरिव परिवार परिचयपत्र वितरण गरिएकालाई राज्यले केहि न केही सुविधा उपलब्ध गराउने कुरामा विश्वास व्यक्त गरिन । आर्थिक र भौतिक रूपले समस्याग्रस्त भएका मानिसहरूले नै गरिव परिवार परिचयपत्र पाएका छन् भन्दै उपप्रमुख योगीले गरिवहरूको वर्गीकरण गरेर मात्र नहुने र उनीहरूलाई छिटो भन्दा छिटो सुविधा उपलब्ध गराउनु पर्ने बताइन । लमही नगरपालिका–१ मा १ जना, ३ मा ६ जना, ४ मा ७ जना, ५ मा १८ जना, ७ मा ७ जना, ८ मा १ सय १७ जना र ९ नम्बर वडामा ५९ जना गरि जम्मा २ सय १५ जनालाई गरिव परिवार परिचयपत्र वितरण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?