© २०२३
मिस्टर एण्ड मिस कलेज २०७५ को उपाधि बुटवलका आयुश र आशाले जितेका छन् । उनीहरूले दुई दर्जन प्रतियोगीहरूलाई पछि पार्दै पुरुषतर्फ आयुश केसि र महिला तर्फ आशा कार्कीले उपाधी जितेका हुन् । उपाधी सहित उनीहरूले जनही १५ हजार नगद तथा अन्य थुप्रै गिफ्ट हेम्पर हात पारेका छन् ।
एड्मिन नेपाल प्रालि बुटवलको आयोजनामा भएको प्रतियोगितामा सागर न्यौपाने र तृप्ती पाण्डे फस्ट रनरअप, फहेद अलि र अन्जना विक सेकेण्ड रनरअप, श्रेया श्रेष्ठ र फहेद अलि भिवरच्वाईस बनेका छन् । यस्तै रबी सुनार र दुर्गा रनपालले मस्ट कन्फिडेण्टको उपाधी जितेका छन् । विभिन्न विधामा विजेता बनेका सहभागीहरूले थुप्रै गिफ्ट हेम्परहरू हात पारेका छन् । एड्मिन नेपालका अध्यक्ष विष्णु ज्ञवाली, बरिष्ट गायिका देविका बन्दनाले विजयी प्रतियोगिलाई ताज वितरण गर्दै यस्ता प्रतियोगिताले युवाहरूको आन्तरिक र बाह्य सुन्दरतालाई बाहिर निकाल्न मद्दत पुग्ने विश्वास ब्यक्त गरेका थिए । संचारकर्मी सुमन श्रेष्ठको संयोजनमा भएको कार्यक्रममा नायिका पुजा शर्मा, स्टडि वल्र्ड एजुकेशन बुटवलका प्रबन्धक देव बहादुर कँुवर, प्राध्यापक यशु पाण्डेले प्रतियोगितामा विजयी सहभागिलाई बधाई तथा शुभकामना दिएका थिए । टाईटल स्पोन्सर स्टडि वल्र्डले गरेको थियो ।