ट्रेंडिंग:

>> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक

रुकुम साहित्यमालाको ५० औं संस्करण

३० श्रावण २०७५, बुधबार
३० श्रावण २०७५, बुधबार

बिभिन्न तह र तप्काका लेखक साहित्यकारहरूको मासिक जमघट गराउने कार्यक्रम रुकुम साहित्यमालाले ५० वटा संस्करण पुरा गरेको छ । आजभन्दा तिन बर्ष अघि २०७१ साल असार ७ गते शनिबारका दिन रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नं. ५ सेरिगाउँबाट सुरु भएको यो साहित्यिक अभियान यहाँसम्म आईपुगेको हो ।
हरेक महिनाको पहिलो शनिबार राप्ती साहित्य परिषद्को आयोजनामा कुनै संस्था वा व्यक्तिलाई स्थानिय व्यवस्थापकका रूपमा चुनेर जिल्लाका बिभिन्न ठाउँमा र जिल्ला बाहिर समेत आयोजना गरिने साहित्यमाला घुम्ती साहित्यिक कार्यक्रम हो । यसमा सहभागी भएर जो कोहिले पनि आफ्नो रचना र सिर्जना सुनाउन पाउछन् । साहित्यमालाको ५० औं संस्करण साउन २६ गते शनिबारका दिन रातो तारा बोर्डिङको स्थानिय व्यवस्थापनमा रुकुम पश्चिमको सदरमुकाम खलंगाको सल्लेमा आयोजना गरियो । कार्यक्रममा साहित्यमालाले ५० वटा संस्करण पुरा गरेकोमा पुर्व अध्यक्ष एवम् सहित्यकार गिरिप्रसाद बुढा लगायत उपस्थित सबैले खुसी व्यक्त गरे ।
रुकुम पुर्व र पश्चिमका बिभिन्न स्थानका साथै छमेकी जिल्ला सल्यान देखी दाङ र काठमाडौंको प्रज्ञा प्रतिष्ठानसम्म साहित्यमाला आयोजना गरिसकिएको छ । यहाँसम्म आईपुग्दा धेरैको साथ सहयोग र समर्थन पाईरहेको राप्ती सहित्य परिषद्का रुकुमका वर्तमाण अध्यक्ष मनलाल ओली बताउछन् । ‘हाम्रो रहर र यस क्षेत्रको आवश्यकता दुबै कुराको संयोजनबाट साहित्यमालाको सुरुवात भएको थियो ।’ उनी भन्छन् ‘हामीले आधा शतक अर्थात ५० औं संस्करणको यात्रा पुरा गरेका छौं । रुकुमको साहित्य अरू ठाउँसम्म फैलाएका छौं र अरूतिरको पनि हामिसम्म आएको छ ।’
साहित्यमाला कार्यक्रम संगै परिषद्ले दुई महिनामा एकचोटी एकल रचना वाचन कार्यक्रम र तिन महिनामा एकचोटी पुस्तक परिचर्चा तथा स्रष्ट्रा चिनारी पनि आयोजना गर्ने गरेको छ । साथै साप्ताहिक साहित्यिक रेडियो कार्यक्रम र बार्षिक रूपमा प्रदिप्त दियालो पुस्तक पनि परिषद्ले प्रकाशन गरिहेको छ । संगसंगै एक बर्षयता ‘रुकुम सहित्यमाला पुरस्कार’ का लागि कुल १ लाख ७ हजार रूपैयाँको अक्षय कोष समेत स्थापना गरि उष्कृष्ट सष्ट्रालाई सम्मान गर्ने क्रमको पनि सुरुवात गरिएको छ । लेखिरहेकालाई राम्रो लेख्न र लेख्न चाहनेलाई लेख्ने वातावरण बनाईदिन रुकुम साहित्यमालाले सेतुको काम गरेको मुसीकोट खलंगा बहुमुखी क्याम्पसका प्रमुख मुकुन्द शर्माले बताए ।à

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?