ट्रेंडिंग:

>> बुद्ध शान्तिका अग्रदूत कि शान्तिका नायक ? >> छन्द विधामा पुगोस् सर्जकको ध्यान >> स्टेबरीमा रूपन्देहीको स्वाद ! >> प्लाष्टिक तस्करीले उद्योगलाई धक्का >> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

लुम्बिनीका मुख्यमन्त्रीको दोहोरो चरित्रः शिखर सम्मेलनमा ७ करोड खर्चिदा बालमैत्रीको बजेटमा बेवास्ता

१८ फाल्गुन २०८०, शुक्रबार
१८ फाल्गुन २०८०, शुक्रबार

बुटवल, १८ फागुन ।

लुम्बिनी प्रदेश सरकारले बालमैत्री कार्यक्रमका लागि भन्दै विनियोजन गरेको १० करोड बजेट फ्रिज जाने अवस्था देखिएको छ । एकातिर प्रदेश सरकारले लुम्बिनीमा अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन गर्ने तयारी गरेको छ भने अर्कोतिर बालमैत्री कार्यक्रमका लागि छुट्टिएको बजेट खर्च नगर्ने रणनीति लिएको छ ।

लुम्बिनीको सम्मेलनका लागि मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ७ करोड १० लाख बजेट बिनियोजन गराएका छन् । उक्त बजेट मुख्यमन्त्री चौधरीको स्वार्थका आधारमा विभिन्न मन्त्रालय अन्तर्गत विभिन्न शीर्षकमा छुट्टयाई रातो किताबमा प्रकाशित गरिएको छ ।

आफ्नो स्वार्थ अनुसारका जतिसुकै ठूला कार्यक्रम भए पनि तुरुन्तै कार्यविधि तयार गरी प्रक्रिया अगाडि बढाईहाल्ने तर प्रदेश सरकारले निर्णय गरी आफ्नो वार्षिक कार्यक्रम तथा लक्ष्यमा भएका कार्यक्रमहरुलाई विभिन्न बहानामा कार्यान्वयन नगरी बजेट नै फ्रिज गराउन खोज्नुले मुख्यमन्त्री चौधरीको दोहोर चरित्र उदाङ्गिएको छ ।

यसको उदाहरण प्रदेश सरकारले मापदण्डका आधारमा प्रदेशका १२ जिल्लाका विद्यालयहरुमा बालबालिका र तिनको विकासका लागि भन्दै बालमैत्री विद्यालय निर्माण कार्यक्रम अन्तर्गतको १० करोड बजेट विनियोजन भएको छ तर त्यसको कार्यविधि निर्माणमा ढिलासुस्ती र बेबास्ता गरेकै कारण उक्त बजेट खर्च नहुने देखिएको छ भने अर्कोतर्फ त्यही बालबालिका, विकास र शान्तिका लागि भन्दै लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन गर्ने तयारी गरिएको छ ।

सामाजिक विकास मन्त्रालयका निमित्त सचिव थानेश्वर ज्ञवालीका अनुसार चालू आर्थिक वर्ष ०८०÷८१ को बजेट विनियोजन भएको आठ महिना बित्नै लाग्दा समेत लुम्बिनी प्रदेश सरकारले योजना तथा कार्यक्रम कार्यान्वयन सम्बन्धी कार्यविधि स्वीकृत गरेको छैन । सामाजिक विकास मन्त्रालयका अनुसार स्थानीय पालिकाहरुले मन्त्रालयले तोकेर पठाएको मापदण्ड अनुसारको रकम खर्च गर्ने आशयपत्र पठाएपछि बल्ल यसको प्रक्रिया अगाडि बढ्ने छ । त्यसपछि मात्रै सामाजिक विकास मन्त्रालयले बजेट खर्च गर्ने सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदमा पठाउँछ । फागुन महिना भित्रै नै प्रक्रियाको काम सकियो भने मात्रै बजेट खर्च गर्ने अवस्था रहन्छ, अन्यथा बजेट खर्च नहुने स्थिति हुन्छ । ज्ञवालीका अनुसार यदि बजेट खर्च गर्ने बाटो खुल्यो भने मन्त्रालयबाट सोझै पालिकामा रकम जान्छ र पालिकाले सम्बन्धित विद्यालयहरुमा पठाउन पाउँछन् । तर समय घर्किसकेकोले खर्च हुने सम्भावना न्यून रहेको छ ।

सामाजिक विकास मन्त्रालयको बजेट शींर्षक नं. ३५००००२२ अन्तर्गत उक्त बजेट छुट्टिएको छ । बजेट विनियोजन भएपछि शिक्षा तथा सामाजिक विकास निर्देशनालयले बालमैत्री विद्यालय निर्माण अनुदानका लागि प्रस्तावना पेश गर्न विद्यालयलाई आह्वान सहितको सूचना गत साउन १७ गते प्रकाशित गरेको थियो ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले मन्त्रालयले निर्णय गरेर नपठाए सम्म १० करोड बजेट खर्च गर्न नमिल्ने बताए । “मन्त्रालयवाट बजेटका बारेमा निर्णय भएर आएपछि निर्देशनालयले मापदण्डका आधारमा खर्च गर्ने हो, तर अहिलेसम्म यसबारे कुनै प्रक्रिया अगाडि बढेको जनाकारी छैन”–उनले भने ।

लुम्बिनी प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रममा राखिएको बिषय, उद्देश्य र लौरियट्स एण्ड लिडर्स शिखर सम्मेलनको नाममा गर्न खोजिएको विषय र उद्देश्य एउटै छ । तर शीर्षक फरक, बजेटको अनुपात पनि फरक छ । नोबेल पुरस्कार विजेता तथा विभिन्न देशका राजनेताको सहभागितामा अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि भनी लौरियट्स एण्ड लिडर्स आईएनजिओको नामबाट शिखर सम्मेलनको आयोजना गरिएको छ । उक्त सम्मेलन विश्व शान्तिका अग्रदुत गौतमबुद्धकै जन्मभूमिमा एउटा गैह्सरकारी संस्थाको नामबाट त्यो पनि महाशक्ति राष्ट्र अमेरिकाको रोजाईमा हुन लाग्नुले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधिनता, भौगौलिक अखण्डता र नेपाली नागरिकको सर्वोच्चतामा आँच पुग्न सक्ने आम नागरिकको चिन्ता र चासोको बिषय बनेको छ ।

लौरियट्स एण्ड लिडर्सका लागि प्रदेश सरकारको बजेट कति ?

लौरियट्स एण्ड लिडर्स एक गैरसरकारी संस्था हा,े यसको मुख्य कार्यालय भारतमा रहेको छ भने सम्पर्क कार्यालय अमेरिकामा रहेको छ । यस संस्थाले बालबालिकाको विकास र शान्तिको लागि काम गर्ने बताईन्छ । यसै संस्थालाई लुम्बिनी प्रदेश सरकारले कार्यक्रमको संयोजन स्वरुप ७ करोड १० लाख बजेट विनियोजन गर्याे र लौरियट्स एण्ड लिडर्सकै योजनामा उसकै नामबाट फागुन २८ र २९ गते नोवेल विजेता सम्मान भनी लुम्बिनीमा शिखर सम्मेलनको नाम दियो ।

उक्त कार्यक्रमका लागि विभिन्न मन्त्रालय अन्तर्गत बजेट छुट्याईएको छ । उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत उपशीर्षक नं. ३०७०००१३ र अन्तर्राष्ट्रिय स्तरको लौरियट्स एण्ड लिडर्स कार्यक्रम भनी ३ करोड ५ लाख (३०,५००) र उही शीर्षकमा अर्को ३ करोड ४५ लाख (३४,५००) मुख्यमन्त्री कार्यालय अन्तर्ग उपशीर्षक ३०१०००११ मा अन्तर्राष्ट्रिय करुणा तथा शान्ति केन्द्र स्थापनार्थ अध्ययन भनी १० लाख (१०००) र अन्तर्राष्ट्रिय स्तरको लौरियट्स एण्ड लिडर्स सचिवालय व्यबस्थापनका लागि ५० लाख (५०००) बजेट विनियोजन गरिएको छ । यी सबै प्रदेश सरकारको बजेटको खर्च शीर्षक २२५२२ मा रहेका छन् ।

यसरी अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि लौरियट्स एण्ड लिडर्स चौथो शिखर सम्मेलन नामबाट लुम्बिनी हुँदै गर्दा बालविकास शिक्षा जस्तो संवेदनशील क्षेत्रमा छुट्टिएको बजेट कार्यान्वयनमा भने बेबास्ता हँुदा मुख्यमन्त्री चौधरीको लाचारीपन यसै झल्किएको छ । मुख्यमन्त्री चौधरी आफ्नो प्रदेश तथा राष्ट्रको हितमा काम नगरी विदेशी गैरसरकारी संस्थाको पछाडि दौड्नु र सम्मेलनको चौतर्फी विरोध सुरु हुनुले पनि शिखर सम्मेलनले त्यति सार्थकता पाउने देखिदैन ।

कार्यक्रम कसरी अगाडि बढिरहेको छ ? यो कार्यक्रमको उद्देश्य के थियो ? सरकारको ७ करोड लुम्बिनी प्रदेशले कसरी खर्च गर्दै छ भन्ने बिषयमा सत्तापक्ष र प्रतिपक्ष दल, सरोकारवाला, बुद्धजीवी, प्रदेशका राजनीतिक दलका नेताहरु, सामाजिक र आर्थिक अभियन्ता, प्रदेशसभाका सदस्यहरु तथा आमसञ्चार क्षेत्रलाई कार्यक्रमको बारेमा कुनै सुइको पनि नदिई एकलौटी रुपमा योजना अगाडि बढाइँदा सत्तारुढ गठबन्धन दलबाटै पनि प्रश्न उठिरहेका छन् भने कर्मचारी वृत्तमा समेत सम्मेलनका विषयमा अख्तियार पर्न सक्ने चर्चा परिचर्चाका कारण शंका उपशंका अत्यधिक बढेको देखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?