© २०२३
बुटवल, १९ पुस । रूपन्देहीका विभिन्न पालिकाको भूमि सिंचाईंको मुख्य नदीको रूपमा रहेको छ तिनाउ । पाल्पा जिल्लाका विभिन्न स्थानमा मुहान भएर बग्ने यो नदीको संरक्षणका लागि ठोस पहल हुन सकीरहेको छैन । नदीको मुख्य मुहान नै संरक्षण गरेमात्र यसको स्रोतको दिगोपना ल्याउन सकिन्छ । तर यसमा विभिन्न पालिकाहरूले भने चासो देखाएका छैनन । तिनाउ गाउँपालिकाको एकल प्रयासबाट तिनाउ जलाधारको संरक्षणका प्रयास निरर्थक प्रायः भएका छन् ।
नदीको मुहान संरक्षणका लागि पछिल्लो समयमा तिनाउ सामुदायिक वन समन्वय समिति पाल्पाले गाउँपालिकाको पहलमा मुहान संरक्षण र वायो इन्जिनियरिङ्गको काम जारी राखेको हो । खासगरी नदीको मुख्य मुहानमा पानीको स्रोत नष्ट हुन बाट जोगाउनको लागि यस्तो प्रकृतिको अभ्यास गरिएको सामुदायिक वन समन्वय समिति तिनाउ पाल्पाका अध्यक्ष दल बहादुर गुरुङ्ग बताउँछन् ।
प्राविधिक भाषामा बायो इन्जिनियरिङ भनेको ढुङ्गा, माटो खसिरहेका क्षेत्रमा बायो इन्जिनियरिङ गरिएको छ ।, कास, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवन जस्ता बिरुवा रोपीन्छ । यसले एक तर्फ पहिरो खस्नाबाट जोगाउँछ भने अर्कोतर्फ पानीको मुहान सुख्नबाट जोगाउँछ । भूक्षय हुने पहिरो जानबाट बायो ईन्जीनिरिङ्गले रोक्छ । भने हरियाली बनाउने काम गर्दछ । यसैगरी हिउँदमा हावाले माटो उडाउने समस्या पनि यसले रोक्ने काम गर्दछ । माटोको माथिल्लो करिब पाँच इन्च भागमा रुख बिरुवाका जराले समाएर बलियो बनाउनका लागि बायो इन्जिनियरिङ गर्ने गरिन्छ ।
हेर्दा सामान्य देखिएपनि माटो काट्ने र नयाँ निर्माण गर्ने क्षेत्रमा बायो इन्जिनियरिङ निकै महŒवपूर्ण हुने र बायो ईन्जीनीयरिङ्ग गरिएको क्षेत्रमा पानीले माटो बगाएर नोक्सान पनि नहुने भूगर्वविद भोजराज कडेरिया बताउँछन् ।
वन समन्वय समिति तिनाउ पाल्पामा बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाबाट प्राप्त आर्थिक सहयोगबाट वृक्षरोपण (पछिल्लो समयमा आयमुखी फलफूलका बेर्ना रोपिएको छ भने वनप्रतिको निर्भरता घटाउने कार्यक्रम) आधुनिक र सुधारिएको चुल्हो निर्माण गरेको छ । मुहान संरक्षण र वायो इन्जिनियरिङ्ग को काम समेत जारी रहेको हो । यस्तै नदी किनारका बस्तीहरूमा शौचालय निर्माण, वन उपभोक्ताहरूलाई सशक्तिकरण, वन डढेलो नियन्त्रण सम्बन्धि विविध गतिविधी सञ्चालन समेत गर्दै आएको अध्यक्ष दल बहादुर गुरुङ्ग बताउँछन् । समन्वय समितिले वन विनाश रोक्नका लागि वन उद्यम र कृषि वनमा जोड दिने र वनप्रतिको निर्भरतालाई घटाउँदै आयमुखी काममा समूहहरूलाई सञ्चालन गर्ने योजना समेत बनाएको छ ।
यस्तै वन, वातावरण र जैविक विविधता संरक्षणका लागि विद्यालयका ईको क्लवलाई सन्देशमूलक कार्यक्रम सञ्चालन गर्ने । स्थानीय महिला समूह,युवा क्लब, गोठालाहरूलाई संरक्षणसम्बन्धी सचेतनामुखी कार्यक्रम सञ्चालन गर्ने । वनबाट आम्दानी बढाउन अम्रिसो, दालचिनी लगायतका विरुवाहरू लगाउन, गरिएका वृक्षरोपणहरूलाई जोगाउन सिंचाई,मल र हेरचाहको प्रवन्ध मिलाउने समेत कामलाई जोड दिने गरी तयारी गरिएको हो ।
यो क्षेत्रमा जलस्रोतको मुख्य स्रोतको रूपमा रहेको तिनाउ नदिको मुख्य मुहन पाल्पाको रैनादेवी ( मेहल्धाप) र पूर्वखोला (लेमधेम) मा रहेको छ । रैनादेवीतिरबाट बग्ने खोला दोभान हो भने पूर्वखोलाबाट बग्ने झुम्सा खोला हो भने यो खोलामा गोठादी खोला, बाउन्ने खोला,झेर्दी खोला,उटुवा खोला, चकाल्दी खोला लगायतका ससाना खोलाहरू मिसिएका छन् ।
यो खोला पाल्पाको तिनाउ गाउँपालिकाको वडा नं. २ र ३ मा आएर मिसिन्छ र दोभान बन्छ । दोभानबाट बुटवलतिर बग्दै आउँदा तिनाउ,तिलोत्तमा नदी समेत भनिन्छ । बाँडिएको तिनाउ खोला कोटहीमाइ गापाको वडा नं. ५ तेलियागढको दुईमुहानमा आएर जोडिन्छ अनि दानव नदी बन्छ । मुहन देखि भारतको दशगजासम्म ९७ किलोमीटर नीनाउ नदी रहेको छ । यो नदीमा थरिका ४१ थरिका माछा पाइने भएपनि रैथाने माछाहरू विस्तारै लोप हँुदै गएका छन् ।
तिनाउ नदीबाट बुटवलको चिडियाखोलाबाट नेपाल खानेपानी संस्थानबाट दैनिक एक लाख १० हजार लिटर पानी संकलन र वितरण गर्छ भने तिनाउको झुम्साबाट ८० हजार लिटर दैनिक पानी ल्याउने तयारी भैरहेको छ ।
बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेले केही घरको समस्या समाधान भएपछि अवको चैत महिना सम्ममा झुम्साको पानी बुटवल ल्याउने गरी तयारी भैरहेको जानकारी दिए । उनका अनुसार तीनाउ नदी संरक्षणको लागि प्रत्येक बर्ष पाल्पाको तिनाउ गाउँपालिकालाई १५ लाख रूपैयाँ को कार्यक्रम दिँदै आएको समेत जानकारी दिए । एकल प्रयासबाट मात्रै तिनाउको संरक्षण नहुने भन्दै उनले यसको लागि साझा पहल, अभियान र योजनाबद्ध विकास आवश्यक रहेको बताउँछन् । तिनाउ नदीबाट तिनाउ हाइड्रो प्रोजेक्टको एक मेघावाट विद्युत उत्पादन समेत भैरहेको छ । बुटवलको कन्याढुंगाबाट १६÷३६ संयुक्त सिंचाई प्रणालीले सिंचाई गरेको छ । जसबाट शंकरनगर, मणिग्राम लगायतका १० हजार हेक्टर जमीनमा सिंचाइ ।
बुटवलको उजिरसिंह किल्ला नजिकैबाट नयाँगाउँ, बेलबास, सेमलार मोतीपुर लगायतका स्थानहरूमा चारतपाह सिंचाई प्रणालीमार्फत साढे चार हजार हेक्टर जमीन सिंचित रहेको छ । पाल्पाको तीनाउ गाउँपालिका प्रमुख प्रेम श्रेष्ठले तिनाउ नदी मात्रै नभएर यो एउटा सभ्यता समेत भएको कारण यसलाई जोगाउन आवश्यक रहेको बताउँछन् । उनी भन्छन्–‘यो एउटा नदी मात्रै होईन, यहाँ रामापिथेकसको सभ्याता समेत जोडीएको छ । ’