© २०२३
तीज गीत आउ है दिदी माईती घर बजारमा आएको छ । हरितालिका तीजको अवसर पारेर गायिका शोभा पन्थले गीत बजारमा ल्याएकी हुन् ।
पुराना शब्द वास्तविक जीवनलाई जोडिएको यो गीत सुन्दा साच्चै नै तीजमा माईती जान नपाउदाको पिडा महसुस गराउँछ । नेपाली समाजमा विहे गरेर गएका दिदी बहिनीहरुलाई तीजमा दाजु भाई लिन जाने परम्परालाई देखाउन खोजिएको छ । भाई विदेशबाट लिन आउन नसक्ने अवस्था र लिन नआएको भन्दै घर परिवारले माईती नपठाउदाको अवस्थालाई नजिकैबाट देखाउन खोज्नु नै गीतको सबल पक्ष जस्तो देखिन्छ । तीज पर्वमा गीत गाउने दुख सुख साटासाट गर्ने पर्व भएकाले पनि धेरै कलाकारहरुले तीजका भाकाहरु बजारमा ल्यएका छन् ।
आउ है दिदी माईती घर गीतमा यज्ञ सापकोटाको शब्द, लय रहेको छ । गीतमा शोभा पन्थ र यज्ञ सापकोटाको श्वरमा सजिएको गित धेरैले मन पराउने निर्माण पक्षले अपेक्षा गरेको छ।