© २०२३
बुटवल, १४ पुस । वि.सं. २०६६ सालमा सवारी साधन दुर्घटनाको क्षति वापत तत्कालिन पश्चिम नेपाल बस व्यवसायी समितिले १३ करोड भन्दा बढि रकम खर्च गर्न बाध्य भयो । यो भन्दा पहिलाका बर्षहरूमा पनि यस्तै प्रकृतिको खर्च सवारी साधन दुर्घटनाबाट भएको उपचार तथा क्षतिपूर्र्तिमा खर्च हुँदै आएको थियो ।
सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेपनि यातायातका साधन चलाउने चालक, सह चालकहरूमा व्यवहारिक ज्ञानको कमी, ट्राफिक नियम विषयमा समेत जानकारी कम हुँदा दुर्घटनाको दर समेत बढ्दो थियो । त्यसबाट बस समितिले एउटा निर्णय ग¥यो, अब भने चालक, सह चालक, सहयोगी लगायतकालाई नियमित रूपमा प्रशिक्षण प्रदान गर्ने । सोही अनुसार २०६६ सालबाट सुरुवात भएको प्रशिक्षण कार्यक्रम अहिले पनि जारी छ । हालसम्म ८ हजार भन्दा बढि सवारी चालक, सह चालक, सहयोगीहरूलाई तालिम/प्रशिक्षण प्रदान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक तथा आन्तरिक सवारी साधन व्यवस्थापन दुर्घटना न्यूनीकरण समितिका संयोजक समेत रहेका नारायण प्रसाद घिमिरे बताउँछन् ।
यसरी सवारी चालक, सह चालक लगायतलाई व्यवहारिक ज्ञानसहित मानिसको मानवीयता, सहित जिम्मेवारीको विषयमा समेत तालिममा प्रशिक्षण प्रदान गरिने भएको कारण पनि अधिकांस चालकले लापरवाहीबाट दुर्घटना गराउने क्रम घटेको उनको भनाइ रहेको छ । उनी भन्छन्–‘हामी नियमित रूपमा तालिम प्रदान गर्दै आएका छौं,तालिममा चालक, सह चालकका दुःख, सुख सहितका उनीहरूले गर्नुपर्ने जिम्मेबारी, अन्य नागरिक प्रतिको दायित्व, ट्राफिक नीति नियम, लगायत आफ्नै परिवारको विषयमा पनि प्रशिक्षण दिन्छौ, जसले गर्दा भवितव्य बाहेकको अवस्थामा दुर्घटना अत्यन्तै कम हुने गरेका छन् ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलका अनुसार अहिलेसम्म दुर्घटना नगराउने चालकहरूलाई नियमित रूपमा साधारणसभा तथा अधिवेसनमा सम्मान समेत गरिँदै आएको छ । जस अनुसार हालसम्म ७५ भन्दा बढि सवारी चालक पुरस्कृत समेत भएका छन् । प्रशिक्षणबाट ३५–४० प्रतिशतसम्म दुर्घटना कम भएको अध्यक्ष खरेलको भनाई छ । उनी थप्छन्–‘नियमित तालिम प्रदान गर्न थालेपछि दुर्घटनाको दर समेत घटेको छ, जसले उपचार वा क्षतिपूर्तिको लागि दिनुपर्ने लाखौं रकम समेत जोगीएको छ ।’
उनले सहकारी मार्फत सवारी साधनमा काम गर्ने चालक, सह चालक, सहयोगीहरूलाई बढिमा ५ बर्षमा साधनको मालिक बनाउने गरी काम गर्दै आएको पनि उनको भनाइ रहेको छ । मर्यादित जिम्मेवार चालक बनाउनको लागि अभियान नै अगाडी बढाएको अध्यक्ष खरेलको भनाई छ ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुषालका अनुसार पश्चिम नेपाल यातायात सहकारी संस्था समेत स्थापना गरी अहिले काम गरिएको छ । सहकारीमा आवद्ध भएका व्यवसायीहरूलाई १५ लाखको दुर्घटना बीमा समेत गरिएको छ । ५ लाख रूपैयाको मृत्यु बीमा समेत गरिएको छ । यदि सहकारी सदस्यको निधन भएमा परिवारका सदस्यहरूको लागि १५ लाख रूपैयाँ प्रदान गरिने गरी कार्यक्रम जारी रहेको उनको भनाई रहेको छ । उनी भन्छन्–‘मासिक १ हजार रूपैयाँ नियमित रूपमा जम्मा गर्ने सहकारीका सदस्यहरूको लागि विमा सहित को अन्य बैंकको भन्दा सस्तोमा कर्जा, उपचार कर्जा, परिवारका सदस्यहरूको लागि बैदेशिक अध्ययन वा अन्य विषयमा समेत सहुलित कर्जा प्रदान गर्दै आएका छौं ।’
पश्चिम नेपाल बस व्यवसायी प्रालिले चालकहरूलाई स्थान, अवस्था र बाटोको स्तर हेरेर ४ बर्गमा बर्गकरण समेत गरेको छ । जसअनुसार राजमार्ग वा मुख्य मार्गमा चलाउनेहरूको लागि छुट्टै बर्ग, पहाडी जिल्लाहरूमा चलाउनेहरूको लागि छुट्टै बर्ग, माईक्रो चालकको लागि छुट्टै र ह्वीगर चालकहरूको लागि छुट्टै बर्ग निर्धारण गरि सोही अनुसारको परिचय पत्र समेत व्यवस्थापन गरिएको बस व्यवसायी प्रालिका सञ्चालक नारायण प्रसाद घिमिरेले बताए ।
प्रालिले शुक्रबार पनि १ सय ६८ जना चालक, सह चालक, सहयोगी मजुदुलाई प्रशिक्षण प्रदान गरिएको छ । प्रशिक्षण लिएको प्रमाण पत्र नभए रुट समेत खारेजी गरिने भन्दै चेतावनी समेत दिइएको कारण पनि पछिल्लो समयमा प्रशिक्षण लिनेहरूको संख्या समेत बढ्दै गएको हो ।
तालिममा प्रशिक्षण दिदै नेपाल यातायता मजदुर संगठन लुम्बिनी प्रदेश अध्यक्ष मोहन केसीले कसैले पनि सवारी साधान चलाउँदा लापरवाही गर्ने छुट नभएको बताए । उनले एक जना चालकको भरमा सयौंको संख्यामा यात्रु र हजारौंको संख्यामा तीनका परिवार समेत रहेको भन्द उनीहरूको भरोसालाई गुन्म नदिनको लागि पनि चालकले नियमित रूपमा ट्राफिक नियमको पूर्ण पालन गरी सवारीसाधन चलाउनुपर्ने बताएका थिए ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरिक्षक शोभा पाण्डेले प्रशिक्षण प्रदान गर्दै एक मिनेटको लापरवाहीको कारण जिन्दगी नै बर्बाद हुने तर्फ सदैभ सचेत हुनपर्ने बताईन । बढ्दो प्रतिष्पार्धाको समयमा मिठो बोली, सत्कार सहितको सेवा बाट सेवाग्राहीहरूलाई आकर्षण गरेर मात्रै अवको व्यवसाय सञ्चालन हुने भन्दै उनले अव पुरानो पाराको व्यवहार नचल्ने समेत बताईन ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक जितेन्द्र खत्रिका अनुसार व्यवहार सुधार गरी पूर्णरूपमा नियम पालना गर्ने हो भने यसले दीर्घकालिन रूपमा समेच चालक र सबैको भलो हुने बताए ।
सहकारीमार्फत मालिक
पश्चिम नेपाल वस व्यवसायी प्रालिले अहिले यातायात सहकारी सञ्चालन गरिरहेको छ । मासिक १ हजार रूपैयाँ जम्मा गरी यातायात सञ्चालक, चालक, सह चालक तथा सहयोगीहरू यसको सदस्य हुन पाउने छन् । निकट भविश्यम सहकारी मार्फत पेट्रोल पम्प स्थापना गरी जसबाट आएको नाफा रकम सहकारीका सदस्यहरूलाई नै वितरण गर्ने गरी तयारी समेत गरिएको प्रालिका अध्यक्ष दधिराम खरेल बताउँछन् । अवको दुई बर्षमा यो सुरुवात हुने उनको भनाई छ । यसको साथै सहकारीमा आवद्ध भएको कम्तीमा पनि ५ बर्षमा मजदुर बाट सवारी साधानको मालिक बनाउने गरी सोही अनुसार सस्तो दरमा कर्जा प्रवाह गर्ने समेत उनले प्रतिवद्धता जनाएका छन् ।