ट्रेंडिंग:

>> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण >> सुदुरपश्चिम पृतनामा रक्षा संवाददाता अभिमुखिकरण शुरु

सरकारको एक बर्षः हर्ष न बिष्मात

१० पुष २०८०, मंगलवार
१० पुष २०८०, मंगलवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपालको ४४ औं प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व गरेको आज ठिक एक बर्ष भएको छ । आजकै दिन गत बर्ष पुस १० गते प्रधानमन्त्रीको रूपमा प्रचण्डले देशको नेतृत्व लिएका थिए । प्रचण्ड सरकारको एक बर्ष नेपाली जनताका लागि न हर्ष न बिष्मात भएको छ । गठबन्धन सरकारले देश र जनताका लागि खासै प्रभावकारी काम गर्न नसकेको गुनासो बढ्दै गएको छ । जनतालाई सवैभन्दा ठूलो कुरा महंगीबाट राहत दिनु थियो तर सरकारले उल्टो महंगी बढाएर लूटतन्त्रलाई प्रश्रय दिएको छ । सुशासन र आर्थिक पारदर्शिताको नारा दिएको सरकारले सुशासनको अनुभूति दिलाउनै सकेन । जतापनि घुसकाण्डको चर्चा शिखरमा छ । प्रधानमन्त्री आफैपनि ठूला ठूला भ्रष्टाचार र अनियमितता काण्डका नायक भएको आरोप लाग्दै आएको छ । पछिल्लो एनसेल प्रकरण त्यसको एक सानो उदाहरणमात्र हो । प्रचण्डकी छोरी गंगा दाहालले ठूला ब्यापारिक घरानाबाट मोटो रकम उठाउने गरेको गुनासो केवल गुनासोमात्र होईन, सार्वजनिक भैसकेको बिषय हो । भ्रष्टाचारका घटना बढेको बढ्यै छन । सरकारले न जनतालाई महंगीबाट राहत दिन सक्यो न त देशमा सुशासन नै कायम गर्न सक्यो । उल्टो प्रधानमन्त्री सहित मन्त्रीहरू कुनै न कुनै काण्डको हिस्सेदार भएर प्रस्तुत भैरहेका छन । सरकारका मन्त्रीहरू विवादास्पद कुरा बोलेर विवादमा तानिएका छन । यो सवै कुरा नहुनुपर्ने हो तर भैरहेको छ र सरकार जवाफदेही बन्न सकिरहेको छैन । सुन र भुटानी शरणार्थी प्रकरणलाई देखाएर अरू दर्जनौं काण्डलाई लुकाउने काम भैरहेको छ । निश्चितरूपमा सरकारको नेतृत्वमा पटक–पटक पुग्न सक्ने क्षमता राख्नुलाई प्रचण्डको नेतृत्व क्षमताकै खुबीका रूपमा लिनुपर्ने हुन्छ । तेश्रोपटक देशको प्रधानमन्त्री बनेका प्रचण्डलाई गठबन्धन सरकारलाई टिकाउन चुनौति छ । सरकारकै प्रमुख घटक नेपाली कांग्रेसमा सरकारलाई दिएको समर्थन र सहभागिताको बिषयमा बहस आरम्भ भैसकेको छ ।

प्रचण्डको एक बर्षको सत्तायात्रा सहज थिएन र अवपनि हुने छैन । प्रधानमन्त्रीसँग अहिलेपनि चौतर्फी दबाब छन् । यसपटक उनले आफूलाई सुधार गर्नेमात्र होइन, समग्र लोकतान्त्रिक पद्धतिप्रति उत्पन्न हुन लागेका वितृष्णा रोक्न पहल गर्छन भन्ने आशा थियो तर प्रधानमन्त्रीले त्यो आशा र विश्वास दिलाउन असफल भैसकेका छन । सामाजिक सञ्जाल र समाचार च्यानलहरू प्रधानमन्त्री प्रचण्डका सफलता भन्दा असफलताका उदाहरणले भरिएका छन । एक बर्षअघि प्रचण्डको हातमा सत्ता एउटा भिन्न परिस्थितिमा आएको थियो । त्यो परिस्थितिको सही मूल्याँकन गर्न उनले सकेनन् । प्रचण्डमाथि सरकारको नेतृत्व लिँदै गर्दा ठूलो चुनौति थियो– देशको अर्थतन्त्र सही दिशामा ल्याउनु । तर, एक बर्षको बीचमा उनको यो काम पूरै असफल देखिएको छ । सरकारको आम्दानीभन्दा खर्च बढी छ । यही तथ्याँकले उनी असफल प्रधानमन्त्रीको रूपमा दरिने हुन कि भन्ने अवस्था आएको छ । कठिन परिस्थितिमा सरकारको नेतृत्व गर्ने जिम्मेवारी पाएका प्रचण्डका निम्ति लोकतान्त्रिक शासन व्यवस्थाको आदर्श प्रदर्शन गर्ने यो अवसर पनि थियो । सरकारको प्रमुख जिम्मेवारी भनेको जनतालाई सुशासन दिलाउनु र राहत दिनु थियो । तर, प्रधानमन्त्री प्रचण्ड देशलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पबाट चुकेका छन । विकृति, विसंगति, अस्थीरता लगायतका यावत समस्याको सुरुवात यही सरकारबाट भएको छ । जनताले यो सरकारबाट केवल महंगी उपहार पाएका छन । आर्थिक संकटबाट मुलुकलाई मुक्त गर्ने अवसरबाट सरकार चुकेको छ । उद्योगी, व्यवसायी, किसान, मजदुर, कर्मचारी कोही पनि सरकारबाट सन्तुष्ट हुन नसक्नु सरकारको असफलताको द्योतक हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?