ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

बुटवल–गोरुसिङ्गे सडक बिस्तारका लागि ठेक्का आह्वान, ३ वर्षभित्र सक्ने लक्ष्य

५ पुष २०८०, बिहीबार
५ पुष २०८०, बिहीबार

बुटवल, ५ पुस ।

पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिंगे सडक खण्ड बिस्तारका लागि बोलपत्र आह्वान भएको छ । सडक विभाग अन्तर्गतको वैदेशिक महाशाखाले यो आयोजनाको पहिलो खण्डको डेडिकेटेड चारलेनका लागि टेण्डर आह्वान गरेको हो । यो सडक खास ठाउँमा आठ लेन, ६ लेन, अण्डरपास र ओभरपास समेतमा स्तरोन्नती हुनेछ ।

पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरसम्को डिजाइन सम्पन्न भएर ठेक्का आह्वान गरिएको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीई त्रिलोकनाथ घिमिरेले बताए ।

आयोजना प्रमुख राधिका प्रजापति श्रेष्ठका अनुसार यो सडक निर्माणका लागि एडीबीसँगको समन्वयमा डीपीआरको काम सम्पन्न भएको थियो । आयोजनाले पहिलो खण्डलाई पनि दुई खण्डमा विभाजन गरी ठेक्का प्रक्रिया अगाडि बढाएको हो । यो सडकको पहिलो खण्ड बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटरको दुरीमा छ । यसलाई दुई खण्डमा गरी ठेक्का आह्वान गरिएको उनले बताइन् ।

यो पहिलो खण्डको सडक विस्तारमा लगभग ३० वटा सानाठूला पुलहरु पनि निर्माण हुने उनले बताईन् । यस्तै विभिन्न स्थानहरुमा १५५ वटा कल्भर्टहरु र ६ वटा अन्डरपास र ओभरपासहरु पनि निर्माण हुनेछन् । यस्तै ठेक्का लगाएको ३ वर्षभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता प्रक्रिया अगाडि बढ्ने श्रेष्ठले बताईन् ।

सरकारले पूर्व–पश्चिम राजमार्ग विस्तारको कामलाई प्राथमिकतामा राख्दै यो वर्षको लागि ३० अर्बभन्दा बढी बजेट छुट्याइएको छ । यो खण्डको आयोजनाको लागि भने ३ अर्ब रुपैयाँ बजेट छुट्याइएको आयोजनाले जनाएको छ ।

यसबाट सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ ।

बंगलादेश–भुटान–भारत–नेपाल सडकअन्तर्गत महेन्द्र राजमार्गमा पनि पर्ने यो सडक खण्ड यसभन्दा अघि पनि विश्व बैंककै ऋण सहुलियतमा निर्माण भएको थियो । हाल यही सडकलाई विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो। आयोजनामा पार्क लगायत सहरी विकासका विभिन्न पूर्वाधार पनि सडकसँग निर्माण गर्ने योजना तथा डिजाइन छ ।

पुर्व अर्थमन्त्री समेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलले यो सडक बिस्तारको परिकल्पना गरेका थिए । टेण्डर आह्वान भएसँगै सामाजिक सञ्जालमा लामो स्टाटश लेख्दै उनले सडक बिस्तारका लागि टेण्डर आह्वान हुनु खुशीको विषय भएको बताएका छन् ।

“हामीकहाँ पूर्वाधार निर्माणका आयोजनाहरू निर्धारित गुणस्तर, समय र लागतमा सम्पन्न नहुने चिन्ताजनक अवस्था रहिआएको छ । विश्वबैंकको ऋण लगानीमा सम्पन्न हुने यस् आयोजनाले यस्तो दुर्गति बेहोर्न नपरोस्”–उनले लेखेका छन् ।

पुर्व अर्थमन्त्री पौडेलले स्वस्थ एवम् पारदर्शी प्रकृयाद्वारा सक्षम निर्माण कम्पनी छनोट गर्न र छनोट हुने कम्पनीले निर्धारित समय र प्रक्षेपित लागतमा गुणस्तरीय निर्माण सम्पन्न गर्न आग्रह समेत गरेका छन् । छनोट भएको कन्सल्ट्यान्ट कम्पनी लिया एशोसिएट्स साउथ एसिया प्रालिले पनि निर्माण कार्यको प्रभावकारी परीक्षण र सहजीकरण गर्न समेत पौडेलले सुझाव दिएका छन् ।

त्यसैगरी गोरूसिङ्गेदेखि चन्द्रौटा सम्मको १९ किलोमिटर सडकको डिटेल डिजाइन शीघ्र सम्पन्न गरी निर्माण कार्य आरम्भ गर्न माग गर्दै पौडेलले बुटवलको तिनाउ नदीमा सिक्नेचर पुल निर्माण कार्य पनि विलम्ब नगरी आरम्भ गर्न आग्रह गरेका छन् ।

जनप्रतिनिधि र जनस्तरबाट राम्रो कामका लागि सहयोग र गल्ती–कमजोरी हुँदा खबर्दारी गरिने पनि उनले बताएका छन् ।

बहुवर्षीय योजनाअनुसार सडक विस्तारको काम अगाडि बढेको हो । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आबद्धता अभिवृद्धि आयोजना (एक्सेस) शुरू भएको छ ।

राजमार्गको बुटवल–गोरूसिंगे–चन्द्रौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई ‘फोर लेन’ स्तरोन्नति गर्नका लागि बोलपत्र आह्वान भएको हो । आयोजनाको लागि २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) विश्व बैंकले उपलब्ध गराउने भएको छ ।

निर्माण भएको ६० वर्ष पुगेको सडक अहिले साँघुरो र जीर्ण छ । आयोजनाअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्मको सडक ४ लेन र बुटवलको तिनाउ नदीमा ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने योजना छ । २ लेनमा रहेको पूर्वपश्चिम राजमार्गलाई अहिले विभिन्न खण्डमा गरी धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ । जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुनेछ ।

नेपाल सरकार र विश्व बैंकबीच सेप्टेम्बर २०२२ मा आयोजनाको वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो । पहिलो चरणमा बुटवलदेखि गोरूसिंगे ५० किलोमिटर सडक स्तरोन्नति हुनेछ । गोरुसिंगेदेखि चन्द्रौटासम्म १९ किलोमिटर डिजाइन भएको छैन ।

विक्रम संवत् २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो हुन लागेको छ । त्यो बेला पूर्वपश्चिम राजमार्ग विस्तार गर्दा राजा महेन्द्रले भारत, रूस र बेलायतको सहयोग मागेका थिए । सडकका डिभाइडर पनि बेलायती मोडलकै थिए । महेन्द्र शाहले नवलपरासीको गैंडाकोटमा राजमार्गको शिलान्यास गरेपछि ‘महेन्द्र राजमार्ग’ नामकरण गरिएको थियो ।

देशमा गणतन्त्र आएपछि राजमार्गको ‘महेन्द्र’ नाम हटाएर ‘पूर्वपश्चिम’ राजमार्ग कायम गरिएको छ । सडक डिभिजन कार्यालय बुटवलका सिनियर डिभिजन इन्जिनियर होमबहादुर एसीले बढ्दो सवारीसाधनको चापले अब राजमार्गहरू कम्तीमा फोर लेन बनाउन अनिवार्य भइसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?