ट्रेंडिंग:

>> सडकमा सरकारको लापरबाहीः फराकिलो सडकमा साँगुरो पुल >> आजको मौसम : तराईसहित केही पहाडी भूभागमा हुस्सु र कुहिरो >> कर्णालीमा ५२ प्रतिशत बालविवाह >> भ्रष्टाचार नियन्त्रणमा मिडियाको भूमिकाबारे बुटवलमा अन्तरसंवाद >> अध्यक्ष र महासचिवलाई गालीगलौज गरेको भन्दै लुम्बिनी प्रदेश सभा सदस्यमाथि एमालेको कारबाही >> घोराहीको न्यायिक समितिद्धारा ४४ प्रतिशत विवाद मिलापत्र >> एनपीएलमा उत्कृष्ट नेपाली खेलाडीले कार पुरस्कार पाउने >> मेलामा स्टेज तनाउने सास्कृतिक उपसमितिको तयारी >> सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन तोरण विक्रम शाही शीर्षस्थानमा कायमै, सुनिलमाथि ३ स्ट्रोकले अग्रता >> तेस्रो दीक्षान्त समारोह गर्दै लुम्बिनी बौद्ध विश्वविद्यालय >> गैरकानुनी रुपमा नेपाल प्रवेश गरेका दुई चिनिया नागरिक पक्राउ >> अस्थायी र ज्यालादारीलाई पनि सामाजिक सुरक्षाको दायरामा समेटछाैंः प्रधानमन्त्री >> हङकङको सर्वोच्च अदालत समलिङ्गी जोडीको पक्षमा, दियो आवास अधिकार >> हिजबुल्लाह युद्बबिराम रोक्न सकरात्मक, चाँडै सहमति हुन सक्ने >> सामाजिक सुरक्षाको अवधारणा एमालेकाे हाे, अझ रचनात्मक बनाउँछाैंः अर्थमन्त्री पाैडेल >> सरकारको मनोमानी कर आतंक बिरुद्धको आन्दोलन अझै कडा बनाउँने आजपाको निर्णय >> पेस्तोल सहित युवक पक्राउ >> एसिसी यु–१९ एसिया कप खेल्न युएई जाने नेपाली टोलीलाई विदाई >> बिदेशबाट फर्केपछि कृषिमा रमाएका हरपल >> बक्यौता रकम नपाएसम्म लिग नखेल्ने ‘बी’ डिभिजन क्लबको चेतावनी >> प्रसाइलाइ सर्वोच्च अदालतमा ल्याइयो >> बंगलादेशमा हिन्दु गुरू पक्राउ पछि देशभरी प्रदर्शन >> इमरानको रिहाईका लागि सुरु भएको प्रदर्शनमा ६ सुरक्षाकर्मीको मृत्यु >> खेतमा भेटिएको नवजात शिशुको जिम्मा सहनी परिवारलाई >> बालकृष्णकाे ‘चपुर घुम्न जाउँ…’ गीत सार्वजनिक >> भक्तपुरमा राजश्व संकलन: गतवर्ष भन्दा राम्रो >> अब कसैले अनाथ भएँ भन्नु पर्दैन: प्रधानमन्त्री >> सुनको मूल्य तोलामा फेरि २६०० रुपैयाँ घढ्यो >> क्यान पाल्पामा नयाँ नेतृत्व >> क्यान महासंघ गुल्मीमा केसी >> बाणगंगाका कृषक प्रविधिमा जोडिँदै >> अभिभावकका अगाडि विद्यार्थीले देखाए प्रतिभा >> उद्घाटन भएपनि सञ्चालनमा आएन सडक पूर्वाधार कार्यालय >> मधुवनद्वारा विपन्न परिवारलाई आवास >> लोप हुँदै गएको गन्धर्ब पेशा संरक्षण गर >> राजनीतिप्रति चरम बितृष्णा किन ? >> घट्छ भन्दाभन्दै बढ्यो धान >> रवि लामिछानेलाई आज काठमाडौँ लगिने >> कोटइमाईमा ६ हजार किसानलाई निःशुल्क बिजुली >> तराईका केही भूभागमा हुस्सु >> नदी उत्खनन् हुँदा सोनहालाई सुन खोज्नै धौ >> माछा किसानलाई कृषि मिटर कहिले ? >> लुम्बिनी प्रदेशमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु >> महिला विरुद्ध हिंसा निराकरण गर्न प्रजिअ मार्फत ज्ञापनपत्र >> दीपमा प्रतिभा प्रस्फुटन कार्यक्रम >> कर्मचारी नभएपछि दुई दिन देखि वडा कार्यालय बन्द >> दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपालको शानदार जित >> प्रचण्डको सरकार रहुञ्जेल देश आर्थिक संकटमा पर्‍यो : शंकर पोखरेल >> एसपी कमल थापामाथि थप अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन >> ‘चिनिया कार्ड’ अभिब्यक्तिबारे प्रचण्डकाे ओलीसमक्ष प्रस्टीकरण

युद्धमा धकेल्नेमाथि कारबाही गर

४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

वैदेशिक रोजगारीका नाममा भइरहेको नृशंस अपराध रोक्नेतर्फ सरकारले प्रयास नगर्ने हो भने नेपालले यसैगरी आफ्ना नागरिक गुमाउने श्रृंखला रोकिने अवस्था छैन । केही म्यानपावर कम्पनी र एजेन्टहरूले रुस र युक्रेनमा नेपाली युवाहरू पठाउने गरेको खुलेपछि बैदेशिक म्यानपावर ठगीको श्रृंखला सार्वजनिक भएको छ । रुस र युक्रेन युद्धमा नेपाली युवाहरू बाध्यताबस संलग्न हुनुपरेको तीतो यथार्थ साँच्चै कहालीलाग्दो छ । नेपाली युवालाई दुबई लगायतका मुलुकमा आकर्षक रोजगारीको आश्वासन दिने र त्यहाँ बोलाएर रुस र युक्रेन युद्धमा धकेल्ने काममा संलग्न जो कोही भएपनि उनीहरूलाई निर्मम कारवाही गर्नेतर्फ सरकारले खुट्टा नकमाओस् । मानव ओसारपसार र तस्करी संसारकै ठूलो व्यापारमध्ये एक मानिन्छ । हतियार र लागूपदार्थसँगै मानव तस्करी पनि रोक्न नसकिएको नृशंस अपराध हो । नेपालमा वैदेशिक रोजगारीका नाममा हुने अवैध क्रियाकलापले मानव तस्करी फस्टाएको छ । नेपाल सरकारले चाहेर पनि मानव तस्करी पूर्णरूपमा समाधान गर्न सकिरहेको छैन । बैदेशिक रोजगारीलाई व्यवस्थित र राज्यको निगरानी कडा बनाएमा केही नियन्त्रण भने हुनसक्छ । तर, तस्करीका लागि पठाउनेहरूले उन्मुक्ति पाउन्जेल यो समस्या रहिरहने देखिएको छ । मानव बन्धक र तस्करीका यस्ता घटनामा प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गर्नु अव अत्यावश्यक भैसकेको छ ।

आफ्नो देशमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा प्रत्येक वर्ष लाखौँ युवा कामका लागि विदेसिन बाध्य हुनुपरेको छ । यो बाध्यतालाई मानव तस्करले अवसरको रूपमा हेरिरहेका छन । दैनिक करिब दुई हजार ५०० व्यक्ति वैदेशिक रोजगारीमा जाने गरेको तथ्याङ्कले देखाउँछ । औसतमा ६० प्रतिशतभन्दा बढी घरधुरीबाट कोही न कोही वैदेशिक रोजगारीमा रहेको देखिन्छ । एकातर्फ मुलुकको भविष्यका बौद्धिक जनशक्ति देशले गुमाइरहेको छ भने अर्कोतर्फ उनीहरूको शुल्क तथा खर्चका लागि वार्षिक रूपमा अर्बौं रुपियाँ विदेश पठाउनु परिरहेको छ । शान्ति सम्झौतापछि पनि आधा करोडभन्दा धेरै नेपाली युवा परिवारको हातमुख जोर्नका लागि बिदेसिएको तथ्याङ्कले युवा पलायनको खास कारण द्वन्द्व मात्र रहेन छ भन्ने देखाएको छ । अर्कोतर्फ तीनै तहका सरकारहरूले युवा पलायनलाई रोक्नका लागि कुनै पनि ठोस कार्यक्रम ल्याउन सकेका छैनन् । देशमा पूर्वाधार निर्माणका लागि स्वदेशी श्रमशक्तिको अभाव छ तर पूर्वाधार निर्माणको क्षेत्रमा युवाको श्रमको सदुपयोग गर्न सकिएको छैन । शिक्षित युवा बेरोजगारी चरम मात्रामा हुनु, श्रम क्षेत्रमा न्यूनतम आयआर्जन तथा तलबभत्ताको ग्यारेन्टी नहुनु, सामाजिक सुरक्षाको अवस्था कमजोर हुनु, शिक्षा तथा स्वास्थ्य र जीवनयापनसमेत निकै महँगो र धान्नै नसकिने बन्नु, रोजगार

बजारमा नातावाद, कृपावाद र आफ्नो मान्छे प्रवृत्ति मौलाउनु जस्ता कारणले युवा वर्गमा चरम निराशा छाएको अवस्था छ ।
विदेश गएर दुःख पाएका पीडितहरूका अनुसार अध्यागमन कार्यालयका कर्मचारीको समेत मानव तस्करीमा मिलेमतो रहेको देखिएको छ । अर्कोतर्फ मानव तस्करीमा पनि राजनीतिक नेताहरूको संरक्षणमा प्रहरी, व्यवसायी र कर्मचारी संलग्न हुने गरेको घटनाले मानव तस्करी नियन्त्रण चुनौतिपूर्ण वन्दै गएको छ । यसैले सरकारी संयन्त्रका हर्ताकर्ताहरूले मानव तस्करी भइरहँदा पनि आँखा चिम्लेको हुनसक्छ । परन्तु, सार्वजनिक भइसकेपछि यस्ता घटनामा सरकार तमासा हेरेर बस्न मिल्दैन । मानव तस्करीमा सवैभन्दा ठूलो संलग्नता नेपालीहरूकै देखिएको छ । अवका दिनमा नेपाली युवालाई ‘दास’ बनाउने नेपाली नागरिकलाई कुनैपनि अवस्थामा कारवाहीबाट चोखाउन मिल्दैन । मानव तस्करी अन्तर्राष्ट्रिय कानुन अनुसार पनि दण्डनीय अपराध हो । तसर्थ सरकारले यो विषयमा आउने दिनमा कुनैपनि प्रकारको मोलाइजा नगरोस् । मानव तस्करलाई उन्मुक्ति नदेओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?