ट्रेंडिंग:

>> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन

गृहणीको उद्यमी यात्रा

महिलाहरूले बिहान १० बजे आफ्ना सन्तान, छोराछोरीहरूलाई विद्यालय पठाएपछि बिहान ११ बजेदेखि ४ बजे सम्मको समयमा दैनिक रूपमा उद्योगमा काम गर्दछन् । उनीहरुले सामूहिक रूपमा उद्योगमा उत्पादन गर्दै आएका हुन् । जसको लागि उनीहरूले पूर्वी पहुनीमा नै एउटा आउटलेट समेत राखेका छन् ।
४ पुष २०८०, बुधबार
४ पुष २०८०, बुधबार

बुटवल, ४ पुस । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर–६ पूर्वी पहुनीका ६ जना महिलाहरू केही समय पहिले घरकै कामधन्दामा अल्मलिएका हुन्थे । उनीहरू घरको काम भन्दा बाहिर एक जनाले दैनिक ज्याला मजदुर समेत गर्दै दैनिक गुजारा चलाएका थिए । ती ६ जना महिलालाई तिलोत्तमा नगरपालिकाले गत बर्षको चैत महिनामा सरफ, फेनेल, डिसवास, ह्याण्ड वास बनाउने तालिम दियो ।

एक हप्ताको तालिम पश्चात उनीहरू मध्ये सुना श्रीषले यसलाई उद्योगकै रूपमा अगाडि बढाउने योजना बनाइन । तालिम लिनेहरू धेरै भएपनि तालिमको उचित सदुपयोग समेत नभएको अवस्थामा उनले आफूजस्तै अन्य ५ जना महिला दिदीवहिनीहरूलाई जम्मा पारेर सरफ उद्योग सञ्चालन गर्ने निर्णय गरिन् । जस अनुसार उनीहरूले अहिले तिलोत्तमा सरफ उद्योगको रूपमा आफ्नो उत्पादन बाहिर ल्याउन सफल भएका छन् ।
६ जना महिलाहरूले विहान १० बजे आफ्ना सन्तान, छोराछोरीहरूलाई विद्यालय पठाएपछि विहान ११ बजे देखि ४ बजे सम्मको समयमा दैनिक रूपमा उद्योगमा काम गर्दछन् । उनीहरुले सामुहिक रूपमा उद्योगमा उत्पादन गर्दै आएका हुन । जसको लागि उनीहरूले पुर्वी पहुनीमा नै एउटा आउटलेट समेत राखेका छन् । ‘कुन्जल’ ब्रान्डको सरफ, डिसवास, फिनेल, ह्याड वास लगायतका दैनिक उपयोगमा आउने सामग्रीहरू उनीहरूले उत्पादन गरेका हुन । समुहका संयोजक तथा उद्योगका अध्यक्ष सुना श्रीषका अनुसार अहिलेसम्म १० लाख २७ हजार बढीको लगानी भएको छ ।

जसमा तिलोत्तमा नगरपालिकाले वडा प्याकेजिङ्ग मेसिन र तौल लिने मेसिन अनुदान स्वरूप उपलब्ध गराएको छ भने वडा नम्बर ६ को कार्यालयबाट थप दुई लाख ५० हजार रूपैयाँ केमीकल तथा मेट्रियल्स खरिदका लागि सहयोग गरेको छ । अन्य दिदीबहिनीहरूले सरसापट गरेर लगानी गरेका छन् ।

उद्योगको लागि चाहिने कच्चा पदार्थ केमिकल ठुटीपिपलमा रहेको मेघा केमिकलबाट खरिद गर्दै आएका छन् । उनीहरूले प्लाष्टिकको वाटामा मात्रा मिलाएर केमीकल मिसाएर सरफ बनाउँछन् भने त्यसलाई प्याकेजिङ्गको लागि विद्युतीय मेसिन जडान गरेका छन् । जसमा हातबाट नै चलाउने र मेसिन मा प्याकेजिङ्ग गर्दैै आएका हुन ।

समुहमा सुना श्रीस संगै गंगाथापा श्रीस, भगवती घर्ती, जुमना ज्ञवाली, सिता श्रीस, बुद्धिमाया विक रहेका छन् । समुहका कतिपय मृगौला पीडित, कति दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका छन् भने अधिकांस मध्यमबर्गका महिलाहरू रहेका छन् ।
उनीहरूले पहिलो चरणमा निश्चितरूपमा उत्पादन गरेका यसलाई व्यापक रूपमा विस्तार गर्ने योजना समेत बनाएका छन् । अहिले १२ क्विन्टल सरफ, ७०० लिटर फिनेल, ह्यान्डवास ३०० लिटर, ढिस वास ४ क्विन्टल बराबरको निर्माण गरेका छन् । ३ लाख २७ हजार रूपैयाँ बढिको अहिले तयारी उत्पादन बिक्री अवस्थामा रहेको छ ।

समुहका अध्यक्ष श्रीसका अनुसार दर्ता प्रक्रिया, सहित ब्रान्डीङ्ग लगायतका लागि नगरपालिका बाट सहयोग मिलेको छ । पहिला तिलोत्तमा ब्रान्ड नै उत्पादन गर्ने योजना बनाएको भएपनि त्यसको पहिला नै ब्रान्ड दर्ता भएको कारण लिन नसकीएको र अहिले ‘कुञ्जल’ ब्रान्डको उत्पादन बजारीकरण गरेको बताईन । तालिम लिएपश्चात ६ जना महिलाहरूले नै नियमित रूपमा ५ महिना सम्म विभिन्न उद्योगमा गएर सिक्दै आएका थिए । जसबाट सबै केमिकल, मात्रा लगायतको विषयमा पूर्ण ज्ञान भए पश्चात उद्योग स्थापन गर्न सफल भएका हुन ।

तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले महिलाहरूले उत्पादन गरेको बस्तु बिक्रीका लागि वडाबाट सहजीकरण गरिने बताउँछन् । उनले एक दिन भर महिलाहरूले उत्पादन गरेको सामग्री बिक्रीका लागि आफूले पहिलो चरणमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाएका छन् । वडा कार्यालय र नगरपालिकाबाट यसको ब्रान्डीङ्ग, प्रचारप्रसार लगायतको लागि पनि भरपूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्धता समेत वडाध्यक्ष पाठकले जनाए । उनले तिलोत्तममा मा उत्पादन भएको बस्तु पहिला तिलोत्तमा नगरवासीहरूले प्रयोग गर्नुपर्नेमा जोड समेत दिए । उनले ‘फष्ट युज पोड्क्स फष्ट च्वाईस तिलोत्तमा’ को अभियानलाई अब अगाडि बढाउने समेत बताए । उनले पहिला प्रयोग गर्दा तिलोत्तमाकै उत्पादन प्रयोग गर्ने गरी बानीको विकास गर्न सकेमा उत्पादनकर्ता, लगानीकर्ताहरूलाई राम्रो हुने समेत उनको भनाइ रहेको छ ।

तिलोत्तमा नरपालिका उप—प्रमुख जागेश्वरदेवी चौधरीले महिला उद्यमशिलता सृजनामा नगरपालिका पहिलादेखि नै लागिपरेको भन्दै सरफ उद्योग, हस्तकलाका उद्योग स्थापना हुने क्रम समेत बढेको बताउँछिन् । उनले यसरी नै उमशिलता बढ्दै जाँदा समुन्नत तिलोत्तमाको सपना समेत साकार हुने उनको तर्क रहेको छ । उनी भन्छिन्–‘महिला उद्यमशिलताको विकास, विस्तार प्रवद्र्धनको लागि जहिले पनि हातेमालो गर्न तयार छौं ।’

यता, तिलोत्तमा नरपालिका प्रमुख रामकृष्ण खाँणले तिलोत्तमा अब उद्यमीहरूको नगरको रूपमा विकास हुनुपर्ने आफ्नो मान्यता अनुसार नगरपालिकाले योजनाबद्ध विकासलाई अगाडि बढाएको बताउँछन् । उनले तिलोत्तमा नगरपालिका बाट तालिम प्राप्त गरेका महिलाहरू वा जोसुकै व्यक्तिले आफूले उद्यम गर्छु भनेर आउँदा नगरपालिका जहिले पनि सहयोग गर्न तयार रहेको बताएका थिए ।उनले यसको लागि कुन तबरबाट कहिले, कसरी सहयोग गर्नुपर्छ यसमा आफू हरदम तयार रहेको बताए । उनले भने–‘एक वडा एक उद्यमशिलता प्रवद्र्धन, एक उद्योगको अवधारणा समेत हामीले अगाडि बढाएका छांै, सोही अनुसार सबै वडा अध्यक्षहरूलाई समेत यसमा सहभागिताको लागि आग्रह गरेका छौं । ’

बाटो, पुल पुलेसो, कल्र्भट लगायतका विकास निर्माण भन्दा पनि पहिला उत्पादन, उद्यमशिलतामा जोड दिनुपर्ने आफ्नो मान्यता रहेको नगरप्रमुख खाँणको भनाइ रहेको छ । यसको लागि नगरपालिकाले सहयोग, सहकार्य गर्नको लागि जहिले पनि सकारात्मक रहेको नगरप्रमुख खाँणले जानकारी दिए । तिलोत्तमा सरफ उद्योगले अहिले सरफ, डिसवास, ह्याण्ड वास, फिनेल, हरपीक लगायतका बस्तु उत्पादन गर्दै आएकोमा यसलाई अझ बिस्तार गरी निकट भविष्यमा ठूलो आकारको साबुन उद्योग समेत स्थापना गर्ने सोँच बनाएको समूहका सञ्चालक जमुना ज्ञवाली बताउँछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?