ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

स्कूलमा सीप अभ्यासः पढ्दै कमाउन सिक्दै विद्यार्थी

विद्यालयले ३० रोपनी जग्गा भाडामा लिएर फर्म सञ्चालन गर्दै आएको छ । फर्ममा माछा, भैंसी, बाख्रा, बंगुर, हाँस, बट्टाई, स्थानीय तथा ब्रोईलर कुखुरा पाल्दै आएको छ । आवासिय सुविधा सहितको विद्यालयले सञ्चालन गरेको फर्म मै बसेर अध्ययन गरेका रविन पुलामी, उत्तम राना, अमिरा राना र संगम रानाले ८/८ हजार कमाई लिन सफल भएका छन् ।
२४ मंसिर २०८०, आईतवार
२४ मंसिर २०८०, आईतवार

पाल्पा, २४ मंसिर । रामपुर नगरपालिका–७, पाल्पा स्थित आधारभूत माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरूले पढाइसँगै राम्रो आम्दानी गर्न सफल भएका छन् । विद्यार्थीले कुखुरा, बाख्रा, भैसी, माछापालन गरेर पढाइसँगै रामा्रो आम्दानी गर्न सफल भएका हुन् । संघीय सरकारको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम लागु भएपछि विद्यार्थीहरूले विद्यालयमा पुस्तकमा गरेको अध्ययनलाई व्यवहारमा लागू गर्र्दै विद्यार्थीले आम्दानीको बाटो बनाएका हुन् ।
आवासिय सुविधा सहितको विद्यालयले सञ्चालन गरेको फर्म मै बसेर अध्ययन गरेका रविन पुलामी, उत्तम राना, अमिरा राना र संगम रानाले ८/८ हजार कमाई लिन सफल भए । ७ महिनाको अवधिमा ४ जनाको समूहले अध्ययन संगै ४ सय कुखुरापालन गरी बिक्री गरेर आम्दानी गर्न सफल भएका हुन् । २०७४ साल देखि प्राविधिकधार तर्फ पशु विज्ञान समूहको अध्यापन सुरु भएको विद्यालयमा २०७८ देखि लागू भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम मार्फत आम्दानी लिन सफल भएको हो ।

कार्यक्रमको गरिब तथा बिपन्न वर्गका विद्यार्थीको पठन पाठनमा सहयोग पुग्ने र विद्यालयमा अध्ययन गरेको विषयलाई व्यवहारमा रूपान्तरण गरि आर्य आर्जनको माध्यम बन्न सक्ने गरि लागू गरिएको यस कार्यक्रमबाट ५७ जना विद्यार्थी प्रत्यक्ष रूपामा लाभान्वित भएका छन् ।
सैद्धान्तिक ज्ञान संगै व्यवहारिक सीप सिक्ने अवसर प्राप्त भएको विद्यार्थी अमिरा आलेले बताईन । उनले भनिन् कक्षा नौ मा अध्ययनका क्रममा ४ जनाको समूहले विद्यालयको लगानीमा कुखुरा पालेका थियौं । त्यसैबाट राम्रो आम्दानी भएको थियो । विद्यालयमा अतिरिक्त क्रियाकलापका लागि आवश्यक खर्च तथा रकमका लागि घर परिवारसँग निर्भर हुन नपरेको उनको अनुभव रहेको छ । हामीले राम्ररी जानेका थिएनौं नि । गल्तीहरू भएको थियो । सुधार गरेर दोस्रो लटमा फाईदा गर्न सफल भयौं ।” यस बाट हारेर पनि कसरी जित्ने भन्ने पाठ सिकेको अनुभव सुनाईन । अर्का छात्र कृष्ण गौतमले व्यवसायिक रूपमा लाग्न उत्प्रेरणा प्राप्त भएको बताए ।

विद्यालयले ३० रोपनी जग्गा भाडामा लिएर फर्म सञ्चालन गर्दै आएको छ । फर्ममा माछा, भैंसी, बाख्रा, बंगुर, हाँस, बट्टाई, स्थानीय तथा ब्रोईलर कुखुरा पाल्दै आएको छ । कक्षा १० र १२ को पालो पश्चात बोर्ड परीक्षालाई मध्यनजर गर्दै अहिले नौं र ११ कक्षालाई फर्ममा आवासिय सुविधा सहित राख्ने तयारी गरेको छ । स्वःआर्जन गरी अध्ययन गर्न चाहने र गरिबीको कारणबाट आय आर्जन गरी पढ्नुपर्ने अवस्थाका विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन भएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम पाल्पामा आधारभूत माविमा मात्र सञ्चालन भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख महेन्द्र सुवेदीले प्राविधिक धार तर्फ अध्ययनरत विद्यार्थीहरूलाई थप आकर्षण गरी भोलीका दिनमा व्यवसायिक रूपमा आन्तमनिर्भर बनाउन उद्देश्यका साथ प्राविधिक शिक्षामा अभिप्ररेरित गर्न जिल्लामा एक मात्र विद्यालयमा कार्यक्रम लागू भएको जानकारी दिए ।

उनले प्राविधिक शिक्षाको महत्व अभिभावकसम्म पुयाउन नसक्दा प्राविधिक धारमा हालसम्म विद्यार्थीहरूको उपस्थिति न्यून रहेको बताए । विद्यलायल व्यवस्थापन समितिका अध्यक्ष कमल भट्टराई भन्दछन् अभिभावकलाई कृषि विषयको महत्व बुझाउन स्थानीय सरकारको तर्फबाट पनि पहल भएको खण्डमा त्यस्ता शौक्षिक कार्यक्रमले सार्थकता पाउने बताए ।

विद्यालयमा विद्यार्थीले प्रयोगात्मक सिकाई अन्तर्गत पशुपंक्षीमा लाग्ने रोगको पहिचान कसरी गर्ने, उपचार कसरी गर्ने, उपचारका क्रममा प्रयोग हुने यन्त्र तथा औजारको प्रयोग विधि, पशुपंंक्षीमा लागि प्रयोग गरिने औषधी, खोपको समेत अभ्यास गर्न पाउदा अध्ययन सकेर घर फर्किदा दक्ष प्राविधिक भएर फर्किने भएकोले विद्यार्थीको लागि यस्तो कार्यक्रम वरदान सावित भएको विद्यार्थीहरू बताउँछन् । विद्यालयका प्रधानाध्यापक रूपनाथ गौतमले पढ्दै कमाउँदै कार्यक्रम लागू भएको समयमा नभएको हुनाले खोर, पोखरी तथा आवास निर्माण कार्य प्रारम्भिक अवस्थाबाट सिक्ने अवसर भयो । विद्यार्थीहरूलाई फर्ममै गएर सिक्न निकै सहज भएको छ । यसले विद्यार्थीलाई व्यवहारिक शिक्षा समेत प्रदान गरेको छ । विद्यार्थीमा कृषि विषय के हो यसको भविष्य कस्तो हुन्छ भन्ने जानकारी नै छैन । यस विषयमा पहिला अभिभावकले बुझेको खण्डमा कृषि विषय अध्ययन गर्ने विद्यार्थीहरूको संख्या बढ्ने थियो उनले भने । कृषि विषय तल्लो तहदेखि नै पाठ्यक्रममा समावेश गरिएको खण्डमा माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीलाई सहज हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?