ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

लुम्बिनीका तराई जिल्लामा बालबालिकामा कुपोषण उच्च

२१ मंसिर २०८०, बिहीबार
२१ मंसिर २०८०, बिहीबार

लमही, २१ मंसिर । बालबालिकाको कुपोषण कम गर्ने उद्देश्यले संचालित कार्यक्रमको प्रभावकारिता देखिएको छैन । अध्ययनमा कुपोषित बालबालिकाको संख्या नघटेको देखिएपछि लगानी निरर्थक देखिएको छ । प्रदेशमा अहिले पनि १६ प्रतिशत भन्दा बढि बालबालिका कुपोषणमा रहेको पाइएको छ । लुम्बिनी प्रदेश सरकार र विभिन्न गैरसरकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले यस लक्षित कार्यक्रम संचालन गरेका थिए ।
प्रदेशका सबै भन्दा बढि कुपोषण भएको जिल्लामा प्रदेश राजधानी रहेको जिल्ला दाङ सहित रूपन्देही, कपिलबस्तु र नवलपरासी रहेको पाइएको छ । ती जिल्लाहरूमा कुपोषण भएका बालवालिकाको संख्या बढि भएपछि पुनः पोषण सुधार कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ । १० बर्ष सम्म सुआहारा नामक गैरसरकारी संस्थाले पोषण सुधार कार्यक्रम सञ्चालन गरेको थियो ।

लुम्बिनी प्रदेशका चार जिल्लामा पोषण सुधार कार्यक्रम सञ्चालनमा आएको छ । हेलेन केयर इन्टरनेशनलको सहयोगमा एकिकृत पोषण कार्यक्रम सुरु भएको हो । पहिलो चरणमा प्रदेशका चार जिल्ला दाङ, रूपन्देही, कपिलबस्तु र नवलपरासी एकिकृत पोषण कार्यक्रम सञ्चालन हुन लागेको छ । कुपोषणको हिसाबले लुम्बिनी प्रदेश अत्यधिक कुपोषण हुने प्रदेशमा रहेको छ । राष्ट्रिय तथ्यांकमा कुपोषित बालवालिका ८ प्रतिसत रहेको भए पनि लुम्बिनीमा १६ दशमलन २ प्रतिसत कुपोषित भएको तथ्यांक छ । यसलाई आधार बनाएर कुपोषण न्यूनीकरण गर्न र प्रदेशमा कुपोषणको सुधार गर्न कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमर बहादुर वलीले बताए ।

पहिले सुआहाराले पोषण सुधारका लागि १० वर्ष यस क्षेत्रमा काम गरेको थियो । अहिले पुनः हेलेन केयर इन्टरेशनलले कार्यक्रम गर्ने गरि सुभारम्भ गरेको छ । प्रदेशको कुपोषण प्रतिसत घटाउने गरि कार्यक्रम केन्द्रित हुने गरि कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक राज मण्डलले बताए । लुम्बिनीका चार जिल्लामा कुपोषित वालवालिका धेरै भएको हुदा वालबालिका र महिलाहरूको पोषणको क्षेत्रमा कार्यक्रम केन्द्रित गरिने छ । परियोजनाले लक्ष्य कुपोषण रहित प्रदेश बनाउने रहेको छ । कार्यक्रममा सहभागि सरोकारवालाहरूले कुपोषण न्यूनीकरणमा सबै लाग्नु पर्ने बताएका छन । उनीहरूले लुम्बिनीको तराईका जिल्लाहरूमा कुपोषण बढी देखिएको छ ।
कुपोषणको पहिचान विभिन्न तरिकाबाट गर्न सकिन्छ । शरीरको मापन गरेर, शरीरको लक्षणहरू हेरेर, खाना खाएको रेकर्ड राखेर र ल्याबमा परीक्षण गरेर कुपोषण पत्ता लगाउने मुख्य तरिका हुन् । यस मध्ये सबैभन्दा सरल तरिका लक्षण अवलोकन गरेर र शरीरको मापन गरेर तोकिएको स्तरमा दाँजेर पत्ता लगाउनु हो । यसबाट कम तौल वा शीघ्र कुपोषण सजिलै थाहा पाउन सकिन्छ भने सूक्ष्म पोषण तत्त्वको कमीलाई ल्याब परीक्षण नै आवश्यक हुन्छ ।

विशेषगरी गर्भावस्थाको समयमा शिशुको तौल छिटो बढ्छ । यो अवधिमा नियमित रूपमा समयमा तौल अनुगमन र मापन गरेर पोषणको स्थिति पहिचान गर्नुपर्दछ । गर्भावस्थाको चौथो महिना, छैँठौँ महिना, आठौँ महिना र नवौं महिनामा तौलको आधारमा शिशुको वृद्धि सामान्य वा असामान्य अनुमान गरिन्छ । नियमित रूपमा बालबालिकाको वृद्धि विकास थाहा पाउन गरिने प्रक्रियालाई वृद्धि अनुगमन भनिन्छ । यसमा नियमित रूपमा उमेरअनुसार तौल बढे नबढेको अनुगमन गरिन्छ । शिशु जन्मेदेखि कम्तीमा २ वर्षसम्म प्रत्येक महिना वृद्धि अनुगमन गर्नुपर्दछ ।

कुपोषणका रोकथाम :

किशोरावस्थामा भएको कुपोषण (रक्त अल्पता तथा अन्य) को रोकथाम उचित पौष्टिक खानाको उपभोगबाट सम्भव छ ।गर्भावस्थापूर्व स्वास्थ्य जाँच तथा हानिकारक मद्यपान, धूमपान र औषधीको सेवनमा नियन्त्रण गरेर रोकथाम गर्न सकिन्छ ।
गर्भावस्थामा सिफारिस गरीएबमोजिम नियमित स्वास्थ्य जाँच गराउँदा कुपोषण व्यवस्थापन गर्न सकिन्छ ।गर्भवती तथा सुत्केरीले साविकभन्दा बढी खाना खाने, यसको अलावा विभिन्न खाद्य समूहका खाना खाने नियम कायम गर्ने, आइरन चक्की, नियमित खानाले, शिशु र आमा दुवै कुपोषणबाट सुरक्षित हुन्छन् । जन्मनासाथ बिगौती (पहेलो) दुध खुवाउने, छ महिनासम्मका शिशुलाई पूर्ण स्तनपान अनिवार्य गराउने, छ महिना पछि पूरक खाना खुवाउनाले पनि कुपोषणको सम्भावना कम हुन्छ ।
हरेक महिना शिशुको वृद्धि अनुगमन गरी शिघ्र कुपोषण पहिचान र स्थानीय पौष्टिक आहार उपभोग गरेर कुपोषणबाट जोगिन सकिन्छ । खाना खानु अघि र पछि, दिसापिसाब गरेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्दछ र फोहरबाट सर्ने रोगबाट सुरक्षित हुनुपर्दछ । रोग तथा सङ्क्रमणबाट आमा र शिशुलाई जोगाउनुपर्दछ ।
कुपोषण पहिचान भएको शिशु र बालबालिकालाई स्वास्थ्य मन्त्रालय अन्तर्गतका स्वास्थ्य संस्थामा उपचार गराउनुपर्दछ ।शिशु, बालबालिकामा हुने कुपोषण रोकथामका लागि विभिन्न कार्यक्रम लागु भएका छन् जसबाट फाइदा लिन सकिन्छ । ती कार्यक्रमहरूः मातृशिशु तथा बाल्यकालीन पोषण, बालअनुदान कार्यक्रम, बहुक्षेत्रीय पोषण कार्यक्रम, शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम, आपत्कालीन अवस्थामा गरिने पोषणसम्बन्धी प्रतिकार्य र पुनर्लाभ कार्यक्रम आदि हुन् ।

कुपोषण हुनुका कारणहरू :
जन्मजात कुपोषण
पौष्टिक खाद्य, खानाबारे अज्ञानता
गर्भावस्थामा आमाले पोषक तत्त्व सहितको खाना खान नपाउनु, नखानु
पौष्टिक खाना वा आहारको अपर्याप्तता, अभाव, भोकमरी
भिटामिन तथा खनिज पदार्थको कमी
अस्वस्थ वातावरणको असर
विषादीयुक्त खाद्य, तयारी खानाको अधिक उपभोग
समयमा स्वास्थ्य स्याहार र सेवा नपाउनु
बिरामी पर्नु, जस्तै शिशु बाल–बालिकालाई दीर्घ झाडापखाला, निमोनिया र बारम्बार बिरामी भइराख्नु आदि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?