ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

कालिका मानवज्ञान मावि फेरि चर्चामा

 १६ वटा शैक्षिक सूचकमा नेपाल प्रथम /३९४ वटा पालिकामाभन्दा धेरै विद्यार्थी
१८ मंसिर २०८०, सोमबार
१८ मंसिर २०८०, सोमबार

बुटवल, १८ मंसिर । बुटवलको कालिका मानवज्ञान माविमा शैक्षिक शत्र २०८० मा ८ हजार ५० जना विद्यार्थी संख्या पुगेको छ । यो विद्यालयको बालविकास केन्द्रदेखि कक्षा १२ सम्मको विद्यार्थी संख्या हो । उक्त संख्या देशभरका पालिकामध्ये ३९४ वटा पािलकामा भन्दा बढी पनि हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शैक्षिक सूचना तथा व्यवस्थापन शाखाको शैक्षिक शत्र २०७९ को तथ्यांकमा ३९४ वटा पालिकामा ८ हजार ७२ भन्दा कम विद्यार्थी संख्या छ भने ३५९ वटा पालिकामा उक्त संख्या भन्दा बढी विद्यार्थी संख्या छ ।

देशभर महानगर ६ वटा, उपमहानगर ११ वटा, नगरपालिका २६८ वटा र गाउँपालिका ७४ गरी ७५३ वटा पालिका छन् । त्यसमध्ये ८ वटा नगरपालिका र ३८६ वटा गाउँपालिका गरी ३९४ वटा पालिकागत विद्यार्थी संख्या भन्दा कालिका मानवज्ञान माविको विद्यार्थी बढी छन् ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रको शैक्षिक शत्र २०७९ को तथ्यांक अनुसार कालिका मानवज्ञान माध्यमिक विद्यालयमा भन्दा ६ वटा महानगरपालिका, ११ वटा उपमहानगरपालिका, २६८ वटा नगरपालिका र ७४ वटा गाउँपालिका गरी ३५९ वटा पालिकामा विद्यार्थी संख्या बढी देखिएको छ । विद्यालयमा शिक्षक र कर्मचारी संख्या ३३७ जना छन् । त्यसमध्ये विद्यालय स्रोतका शिक्षक—कर्मचारी २७५ जना हुन् ।

कालिका मानवज्ञानमा के के राम्रो ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गरेको अध्ययनमा यस विद्यालयमा भएका अभ्यासहरूलाई २९ वटा बुँदामा समेट्ने प्रयास गरिएका छ । यसले विद्यालयको अवस्थाको चित्रलाई देखाएको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले सूचक निर्माण गरी गरि गरिएको अध्ययनमा कालिका मानवज्ञान देशभरीका सामुदायिक विद्यालयमा प्रथम भएको बताए ।

कालिका मानवज्ञान माविको अभ्यास अरू विद्यालय र सरकारका लागि पनि सिकाइ भएको महानिर्देशक शर्मा बताउँछन् । देशभरीकै विद्यालयमा सबैभन्दा बढी विद्यार्थी भएर पनि विद्यालयको शैक्षिक व्यवस्थापन, विद्यार्थीलाई सिकाउने अभ्यास, शिक्षक प्रोत्साहन र शैक्षिक पारदर्शिताको पक्ष उदाहरणीय भएको बताए । सामुदायिक विद्यालयतर्फ अभिभावकमा देखिएको आकर्षण पक्षले सबैलाई उत्साहित गरेको उनले बताए ।

सरकारको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार देशभर सामुदायिक २७ हजार ३४३ (७५ दशमलव ९ प्रतिशत), संस्थागत ७ हजार ३७३ (२० दशमलव ५ प्रतिशत) र धार्मिक १ हजार ३१६ (३ दशमलव ६ प्रतिशत) गरी कुल ३६ हजार ३२ विद्यालय छन् ।

शैक्षिक व्यवस्थापनतर्फः
विद्यार्थीहरू कै सहभागिता र नेतृत्वमा विद्यार्थी आचारसंहिता निर्माण र कार्यान्वयन गरिएको छ ।
शिक्षक कर्मचारीकै सहभागितामा शिक्षक कर्मचारी आचारसंहिता निर्माण र कार्यान्वयन गरीएको छ ।
कक्षाकोठालाई प्रभावकारी बनाउन आइसिटीको प्रयप्रवेश नगर्ने प्रतिबद्धता, कक्षा कोठामा पुग्दा शिक्षक मुस्कान सहित प्रस्तुत हुने गरेको छ ।
उत्तरदायित्वको सिद्धान्तलाई व्यवहारिक रूपमा प्रयोग गरिएको छ ।
कक्षा मनिटरलाई प्रशिक्षण र पूर्ण जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
हरेक दिनको प्रार्थना समयमा महत्त्वपूर्ण घटना र विषयमा विचार राख्ने अवसर र आकर्षक साङ्गीतिक पिटीको व्यवस्था गरिएको छ ।
विद्यार्थीहरूको सहज र पहुँचमा उजुरी पेटीका राख्ने र इन्चार्जद्वारा त्यसको उचित ढङ्गले सुनुवाई गर्ने व्यवस्था गरिएको छ ।
वार्षिक शैक्षणिक योजना, शिक्षक तालिम, शैक्षिक सामग्रीहरूको निर्माण तथा खरिद सहित शैक्षिक वर्षको सुरुवातमै सबै शिक्षकले आआफ्नो तयारी पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।
बालविकासको निम्ति १, २–५,६७, ८, ९ र १० कक्षाको लागि १/१ जना र विज्ञान समूहको लागि १, कानुन, शिक्षा र मानविकी समूहको लागि १, व्यवस्थापन समूह कक्षा ११ को लागि १ र व्यवस्थापन समूह छ ।
कक्षा १२ को लागि १ शिक्षक इन्चार्जको व्यवस्था गरिएको छ ।

परीक्षा र मूल्यांकन तर्फः
प्रश्नप्रत्र निर्माण कार्याशाला मार्फत प्रश्नप्रत्रको निर्माण गरी विद्यार्थीको मुल्याङ्नमा प्रयोग गर्ने गरीएको छ ।
प्रत्येक विद्यार्थीहरूको प्रोफाइल तयार गरी विद्यार्थी मूल्याङ्कनको व्यवस्था भएको छ ।
नियमित रूपमा मूल्याङ्कन, मासिक, २ ओटा त्रैमासिक, १ वार्षिक र २ ओटा त्रैमासिक मौका परीक्षाको संचालन र कुनै विषयमा असफल भए मौका परीक्षाको अवसर दिइएको छ ।
बालविकासदेखि कक्षा ७ सम्म निरन्तर मूल्याङ्कन पद्दति र आवधिक मूल्याङ्कन पद्धति अवलम्बन गरिएको छ ।
बालविकास केन्द्र देखि कक्षा १२ का हरेक आन्तरिक त्रैमासिक परीक्षामा ८० प्रतिशतभन्दा माथि अङ्क प्राप्त गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति र बोर्ड परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीहरूलाई नगद पुरस्कारको व्यवस्था छ ।
गरिएको जम्मा भर्नाको ५ प्रतिशत विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ ।

अभिभावक शिक्षातर्फः
अभिभावकहरूलाई प्रशिक्षण दिइएको छ ।
अभिभावक विद्यार्थी र शिक्षकहरूबीच अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
बालविकास कक्षामा प्रवेश गर्ने बालबालिकालाई विद्यालय पोसाक निःशुल्क वितरण गरिएको अङ्ग्रेजी र नेपाली दुवै माध्यमलाई अवलम्बन गरिएको, (कक्षा ६ देखि कक्षा १२ सम्म) दण्डहीन (बालमैत्री) शिक्षण सिकाइ अभ्यास भएको छ ।

शिक्षक व्यवस्थापन प्रोत्साहनतर्फः

औसत सिकाइ उपलब्धिका आधारमा शिक्षकहरूको बीच प्रतिस्पर्धात्मक वातावरण तयार गरी प्रत्येक वर्षको उत्कृष्ट शिक्षकहरूको घोषणासहित पुरस्कृत गर्ने व्यवस्था छ ।
किसानसंग विद्यार्थी कार्यक्रम सञ्चालन गरिएको छ ।
कक्षा व्यवस्थापन समितिको व्यवस्थाद्वारा शिक्षकले कक्षामा विताउने समयको अनुगमन गर्ने गरिएको छ ।
समुदायका लागि कानूनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

विद्यार्थीका लागि अतिरिक्त सीपविकास तर्फः
नैतिक शिक्षा र व्यवहारिक अभ्यासलाई जोड दिइएको छ ।
कानूनका विद्यार्थी र प्रहरीबिच अन्तक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
वर्षमा एकपटक खाना महोत्सव आयोजना गर्ने गरिएको छ ।
समुदायिक सहभागितामा सिप विकासका लागि टपरी निर्माण तालिम सञ्चालन गरिएको छ ।
रोजगारमूलक विद्युतीय जडान तालिम सञ्चालन गरिएको छ ।
नियमित रूपमा प्रतिस्पर्धात्मक अतिरिक्त क्रियाकलाप (हरेक शुक्रबार ५ औं घण्टीपश्चात) सञ्चालन गरिएको छ ।

कालिका मानवज्ञान कुन सूचकमा बलियो, कुनमा कमजोर ?

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका २१ वटा विद्यालयको १६ वटा सूचक बनाई मूल्यांकन गरेको थियो । आव २०७९/८० मा गरिएको अध्ययनमा ९३ दशमलव ५ नम्बर ल्याइ कालिका मानवज्ञान पहिलो विद्यालय बनेको छ । विद्यार्थी विवरण, शिक्षक विवरण, विद्यालय व्यवस्थापन समितिको बैठक सञ्चालन, शिक्षक अभिभावक संघ गठन तथा बैठक संचालन, लेखा परीक्षण तथा सामाजिक परीक्षण, विद्यालयको भौतिक अवस्था, शैक्षिक सूचना तथा संचार प्रविधिको प्रयोग, सह तथा अतिरिक्त क्रियाकलाप संचालन, अभिलेख व्यवस्थापन, अभिभावक भेटघाट तथा अन्तक्र्रिया संचालन, अन्य कार्य र कार्यसम्पादन गरी १३ वटा सूचकमा पूर्णांक नै प्राप्त गरेको छ ।
विद्यालयले बाल विकास केन्द्रको व्यवस्थापन, परीक्षाको नतिजा विवरण र केन्द्रबाट प्राप्त अनुदानको व्यवस्थापनमा पूर्णांक नम्बर ल्याउन सकेको छैन् । ति सूचकमा सुधार गर्नुपर्ने अध्ययनले देखाएको छ । (हेर्नुहोस् तालिका)

पुरस्कार जित्नमा पनि कालिका मानवज्ञान अगाडीः
विद्यालय प्राविधिक धारतर्फ नेपाल २०७१, ७२, ७३ र ७४ नेपाल प्रथम भएको थियो । त्यसैगरी साधारणतर्फ २०७३ प्रथम, २०७४ तेस्रो स्थान ल्याएको थियो । २०७९ मा देशभरका ४२२ नमूना विद्यालयमध्ये प्रथम भएको थियो । एसईई परीक्षामा यहाँका विद्यार्थीले २०७५ र २०७८ सालको एसईईमा जिपिए ४ ल्याएका थिए ।
अतिरिक्त क्रियाकलापतर्फ पनि विद्यालये अग्रणी स्थान ल्याउने गरेको छ । पछिल्लोपटक २०७९ मा राष्ट्यि स्तरमा भएको कविता प्रतियोगितामा नेपाल प्रथम भएको थियो भने २०७९ को राष्ट्पति कप प्रतियोगितामा नगर प्रथम भएको थियो ।
२०६३ चैत्र महिनादेखिको रेकर्डमा कालिका मानवज्ञान माविमा करिब १७ हजार ५ सय व्यक्तिहरूले विद्यालयको अवलोकन गरेका छन् । ति संघीय शिक्षा मन्त्रीदेखि प्रदेश, स्थानीय तह र विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक, विद्यार्थी, शिक्षाकर्मी र शिक्षाका अध्येताहरू हुन् ।
विद्यालय सबैको आकर्षणको केन्द्र बन्नुमा सबैको मिहिनेत परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली बताउँछन् । उनले विद्यार्थी संख्या अनुसार शिक्षक दरबन्दी र विद्यालय संचालनको बजेट व्यवस्थापन सरकारबाट नपाउँदा अनेको समस्या झेल्नु परेको बताए । हामी सबैको हाई हाई त भएका छौं अध्यक्ष ज्ञवालीले भने, तर सरकारको बजेट निकै कम आउँछ, अभिभावक सहयोग लिएर विद्यालय संचालन गर्दा मुद्दा मामिलादेखि आलोचना पनि उत्तिकै सुन्नु परेको छ ।

सबैको रोजाइको विद्यालय बन्नु राम्रो पक्ष भएपनि विद्यार्थी भर्ना थेग्न नसकिएको प्रधानाध्यापक दिनेश थापा बताउँछन् । केही वर्ष पहिले भर्नाका समयमा घरदैलो गर्ने हाम्रो विद्यालय अहिले हामी विद्यार्थी थप गर्नमा डराइरहेको छौं प्रअ थापाले भने । उनले अहिले विद्यार्थी संख्या थप्ने भन्दापनि शैक्षिक व्यवस्थापन, सिकाइ सुधार र बालबालिकाको सीप बढाउनमा विद्यालयले प्राथमिकता दिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?