© २०२३
बुटवल, १४ मंसिर । साधारण तया कुनै ‘भाईरल’ को उपचारमा ‘एन्टीबायोटिक’ प्रयोग गरिदैन् । कुनै ब्याक्टेरियाको कारण भएको समस्या समाधानको लागि एन्टीबायोटिकको प्रयोग हुन्छ चाहे मानव स्वाथ्यमा होस्, चाहे पशुपंक्षी मा । तर पछिल्लो समयमा एन्टीबायोटिकको प्रयोग सामान्य भाईरलजन्य उपचारमा समेत ‘बौद्धिक व्याक्तित्व’ बाट नै हुने गरेको पाइएको छ ।
मानव स्वास्थ्य तथा पशुपंक्षी स्वास्थ्यको उपचार गर्दै आएका चिकित्सकहरूबाट नै अनावश्यक एन्टीबायोटिक औषधीको प्रयोग गर्दा यसको असर गम्भिर रूपमा पर्ने देखिएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कन्सन्ट्यान्ट माईक्रोलोजिस चिकित्सक डा. प्रियंका उप्रेतीका अनुसार मानिसको शरिरमा कुनै पनि माध्यमबाट एन्टीबायोटिकको प्रयोग बढ्दै जाँदा एक दिन कुनै पनि एन्टीबायोटिकले काम नगर्ने अवस्था समेत सृजना हुने बताउँछिन् । विश्व स्वाथ्य संगठनले सन् २०५० सालमा विश्वमा नै एन्टीबायोटिक औषधी कुनै पनि ले काम गर्न नसक्ने अवस्था आउने भन्दै सचेत गराएको उनको भनाई भनाइ रहेको छ ।
कुनै पनि एन्टीबायोटिक औषधीको प्रयोग गर्दा मात्रा भन्दा पनि बढि मात्रामा गर्दा यसको असर मन्द रूपमा मानिसको स्वाथ्यमा पर्दै जाने र कुनै दिन कुनै पनि एन्टीबायोटिकले काम गर्न नसक्ने अवस्था आउनु लाई एन्टीबायोजिटक रेजिष्टेन्टको अवस्थाको हुने चिकित्सक उप्रेतिको भनाई छ । यसको लागि अहिलेको अवस्थामा मानव स्वाथ्यको उपचार गर्ने चिकित्सकहरू समेत केही हद सम्म दोषि रहेको उनको भनाई रहेको छ । उनी भन्छिन्–‘एउटा एन्टीबायोटिकले काम गर्ने अवस्थामा चिकित्सकले एक भन्दा बढि औषधी चलाउँदा यसको तत्काल असर नदेखिएपनि दीर्घकालीन रूपमा भने गम्भिर प्रकृतिको समस्या आउन सक्छ । ’
यसको अलवा मानिसले चिकित्सकको प्रेप्कीसन बिना नै औषधी पसल, मेडिकल र फार्मेसीबाट औषधी सेवा गर्दा समेत एन्टीबायोटिक रेजिष्टेसनको खतरा बढ्दै गएको चिकित्सक उप्रेतीको भनाइ रहेको छ । विश्व स्वाथ्य संगठनले नै महामारीको रूपमा लिन सक्ने तर्फ सजग गराइएको अवस्थामा अहिलेबाट नै नेपालमा प्रतिबन्धित एन्टीबायोटिकको प्रयोगमा रोक लगाउन, अनावश्यक एन्टीबायोटिकको प्रयोगमा रोक लगाउन आवश्यक रहेको उनको भनाई छ ।
पछिल्लो समयमा मानिसले जथाभावी रूपमा एन्टीबायोटिक प्रयोग गर्दै जाँदा यसबाट एन्टीवायोटिक रेजिष्टेसनको मात्रा बढ्न गई भविश्यमा गम्भिर समस्या आउने तर्फ रोक्नको लागि समयमा नै सबै जनाले आ आफ्नो स्थानबाट भूमिका खेल्नुपर्ने उनको भनाई रहेको छ । डा. प्रियंका उप्रेतीले सन् २०५० सम्ममा मानिस मृत्युको प्रमुख कारण एन्टीबायोटिक रेजिष्टेन्ट हुने आँकलन गरिएको कारण यसलाई मन्द सुनामीको रूपमा समेत परिभाषित गर्न थालिएको बताउँछिन् ।
कुनै पनि एन्टीबायोटिक नयाँ बन्नको लागि २० देखि ३० बर्ष सम्म लाग्ने भन्दै डा. उप्रेतीले अहिलेकै अवस्था रहेमा मानिसको मृत्युको प्रमुख करण नै एन्टीबायोटिक रेजिष्टेन हुने बताइन । उनले यसको असर एसिया र अफ्रीकी मुलकमा सबैभन्दा बढि पर्ने आँकलन गरिएको जानकारी दिईन । चिकित्सकको प्रेस्किप्सन बिना औषधी सेवन गर्दा अनावश्यक रूपमा एन्टीबायोटिकको उपभोग बढ्दै जाने भएको कारणमा यसमा बेलैमा सचेतना हुनुपर्नेउनको भनाई छ ।
मानव स्वाथ्यमा मात्रै नभएर प्रतिबन्धीत एन्टीबायोटिकको प्रयोग पशु पंक्षीमा समेत अधिक मात्रामा हुने गरेको कारण यसको असर मानिसमा समेत देखिने पशु चिकित्सकहरू बताउँछन् । पशुपंक्षीको मासु, वा दुधजन्य बस्तु उपभोग गर्दा यसको मन्द असर मानिसको शरिरमा देखिने भएको कारण समयमा नै सचेत भएर एन्टीबायोटिकको प्रयोग र उपभोगमा गम्भिर हुनुपर्ने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलका प्रमुख डा. परवेश सिंह कुँवर बताउँछन् । उनले एन्टवायोटिकको प्रयोगमा विशेष सावधानी अपनाउनुपर्ने भन्दै पशु तथा पंक्षीपालन क्षेत्रमा यसको प्रयोग बढि हुने गरेको पाइएको भन्दै उनले पूर्णरूपमा चेक जाँच, प्रयोगशाला रिपोर्ट बिना यसको प्रयोग गर्न नहुने सुझाव दिन्छन् । उनले मानिसको मृत्युको प्रमुख कारण विश्वमा सन् २०५० एन्टीबायोटिक रेजिष्टेन हुने तर्फ विश्व स्वाथ्य संगठनले सचेत गराईसकेको अवस्थामा यसको प्रयोगमा विशेष ख्याल गर्नुपर्ने उनको भनाई छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका प्रमुख डा. परबेज आलमले पशुबाट मानिसमा सर्ने ६० प्रतिशत रोग जुनोटिक रोग रहेको बताउँदै पशु तथा पंक्षीमा प्रयोग हुने एन्टीबायोटिकको प्रयोगबाट मानिसमा समेत यसले विस्तारै नकारात्मक असर पैदा गर्ने बताउँछन् ।
उनले मानिसमा अधिक मात्रामा एन्टीबायोटिकको प्रयोगको कारण पछि गएर कुनै पनि एन्टीबायोटिकले काम गर्न नसक्ने अवस्था आउने भन्दै यसको लागि बेलामा सचेत भएर एन्टीबायोटिकको प्रयोगमा सावधानी अपनाउनुपर्ने बताए ।
पशु चिकित्सक तथा पशु क्वारेन्टाईन कार्यालय भैरहवाका प्रमुख डा. भक्त न्युरेले अहिले पनि नेपालमा प्रतिबन्धीत एन्टीबायोटिक को प्रयोग पशु चौपायमा भैरहेको भन्ने खबर आउने गरेको बताउँदै यसको लागि अनुगमन प्रक्रियालाई अझ बलियो बनाएर यसरी प्रतिबन्धीत औषधीको बिक्री र प्रयोग गर्ने सबैलाई कानूनी कारबाहीको बाटोमा ल्याउनुपर्ने बताउँछन् । उनले अहिले पनि पशु चौपायमा एन्टीबायोटिकको प्रयोग भएको भन्ने, दानामा समेत प्रयोग भएको भन्ने आरोप लाग्ने गरेको भएपनि यसको एथेष्ट प्रमाण नभेटिएको कारण यसलाई त्यसै बदनाम गर्न नहुने बताउँछन् ।
पछिल्लो २० वर्षदेखि जीवाणु मार्ने नयाँ एन्टिबायोटिकको विकास हुन सकिरहेको छैन । यस्तोमा जीवाणुलाई प्रतिरोधी क्षमता बढाउने वातावरण दिइँदै गए सन् २०५० मा एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको संख्या प्रति वर्ष एक करोड हाराहारी पुग्ने डब्लूएचओको अनुमान छ ।
कृषकहरूले पशुपन्छीको तौल बढ्ने र तिनमा रोग सङ्क्रमण कम हुने ठानेर ‘कोलिस्टिन सल्फेट’ खुवाउने गरेका छन् । कुखुराको तौल बढाउन यो औषधि प्रयोग हुने गर्छ । जुन प्रतिबन्धीत एन्टीबायोटिक हो ।
अनुगमन र कारबाही हाईसन्चो
औषधि ऐन, २०३५ को दफा २५ मा नेपाल सरकारले रोक लगाएका औषधिको उत्पादन र बिक्रीवितरण गर्नेलाई तीन वर्षसम्म कैद र २५ हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । यसको लागि स्थानीय तहले अनुगमन गरेर कानूनी कारबाहीको लागि सिफारिस गर्न सक्छ । तर यो विषयमा हाल सम्म कुनै पनि अनुगमन गरिएको छैन ।
पशुरोग अन्वेशषण प्रयोगशाला नवलरासीका प्रमुख डा. भरतराज काफ्लेका अनुसार स्थानीय तहले भेटेरियन चिकित्सक को सहयोग लिएर यसको अनुगमन गरी कानूनीकारबाही गर्न सक्छ । तर यो विषयमा हाल सम्म कुनै पनि निकायले अनुगमन गरिएको नपाइएको उनको भनाई रहेको छ ।
गुल्मी जिल्लाको लागि भेटेनरी निरक्षकको संयोजक समेत रहेका काफ्ले ले आफु कार्यरत नवलपरासी तर अनुगमनको जिम्मा गुल्मी जिल्ला तोकीदा यसमा समस्या भएको समेत बताउँछन् । बजारमा प्रतिबन्धीत एन्टीबायोटिक औषधिहरूको प्रयोग भए वा नभएको विषयमा सोही जिल्लाका भेटेरिनरी चिकित्सकको सहयोगमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेर कानूनी कारवाही गर्नुपर्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘जिल्ला अनुगमन संमन्वय समितिका सभापती सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन गर्न सक्ने कानूनी प्रावधान रहेको छ, जसबाट अनुगमन गरी कारबाही गर्न सक्ने अवस्था रहन्छ । ’