ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

हुलाक बचत बैङ्क सञ्चालनमा अन्योलता

२२ श्रावण २०७५, मंगलवार
२२ श्रावण २०७५, मंगलवार

केन्द्रिय धनादेश कार्यालयले निर्देशन नदिदा हुलाक बचत बैङ्क सञ्चालनमा अन्योलता देखिएको छ । सोहि अन्योलताका कारण बचत बैङ्कमा निक्षेप संकलन गरिए पनि नयाँ खाता खोल्ने कार्य र ऋण लगानी गर्ने कार्य भने रोकिएको छ । सरकारले चालु आवको बजेटमा हुलाक बचत बैङ्कलाई खारेजी गरि त्यहाँ रहेका खाताहरु सरकारको स्वामित्वमा रहेका बैङ्कमा स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा केन्द्रिय धनादेश कार्यालयले जिल्ला हुलाक कार्यालयलाई गत अषाढ मसान्त भित्र हुलाक बचत बैङ्कका तहबिल निल गरि कारोबार र खाता बन्द गर्न परिपत्र गरेको थियो । सोही परिपत्रको आधारमा कपिलवस्तुको जिल्ला हुलाक कार्यालय मातहतको हुलाक बचत बैङ्कको सम्पुर्ण कारोबार बन्द गरिएको थियो । गत आवको अवधी सम्म कुल ८ सय ९७ ग्राहक रहेको बैङ्कको ३ करोड ९२ लाख ७८ हजार ९ सय ८१ रुपैया निक्षेप संकलन तथा ७९ लाख ८६ हजार ८ सय ४१ रुपैया ऋण लगानी रहेको थियो । अषाढमा सबै खाता बन्द गरिए पनि दैनिक जसो आउने १० देखी २० ग्राहकलाई सेवा कसरी दिने भन्ने बिषयमा समस्यामा परेको बैङ्कमा कार्यरत खरिदार संदिप पन्थीले बताए । “सेवाग्राहीको निक्षेप त संकलन गरेका छौ । तर कतिपय नयाँ खाता खोल्नेलाई फिर्ता पठाउनु परेको छ ।” उनले भने ।
तर नयाँ आव शुरु भए सगै केन्द्रिय धनादेश कार्यालयले सम्पत्ती दायित्व बुझाउन कुनै परिपत्र नगरे पछि बैङ्कलाई यथावत सञ्चालन गर्ने वा अन्य सरकारी स्वामित्वका बैङ्कमा खाता सार्ने बिषयमा अन्योलता भएको हो । केन्द्रिय धनादेश कार्यालयको स्पष्ट निर्देशन नआउदाँ आफुहरुले खाता यथावत सञ्चालन गर्ने वा सरकारी स्वामित्वको बैङ्कमा खाता स्थानान्तरण गर्ने भन्ने बिषयमा अन्योलमा परेको जिल्ला हुलाक कार्यालयका निमित्त हुलाक अधिकृत शिवलाल बन्जोडेले बताए । उनले समयमै निर्देशन नआउदाँ नयाँ खाता खोल्ने वा नखोल्ने तथा ऋण लगानी गर्ने बिषयमा अन्योलता बढेको स्विकार गरे । हुलाक बचत बैङ्कमा बचत संकलन गर्ने ७० बर्ष माथीका जेष्ठ नागरिकका हकमा ७ प्रतिशत र अन्यका हकमा ६ प्रतिशत ब्याज उपलब्ध गराउदै आएको र हुलाकका कर्मचारीका लागी मात्रै गरिने ऋण लगानीका हकमा ८ प्रतिशत ब्याज असुली गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?