ट्रेंडिंग:

>> बालविवाह जस्ता कुप्रथा रोकथाममा शिक्षाको भूमिकाबारे अन्तरक्रिया  >> एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी र विराटनगर भिड्दै >> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने

बेसक्याम्पः बाटोले बसेको बस्ती

२०२५ सालबाट बस्ती बस्न थालेको यो बेसक्यापमा अहिले बाक्लो बस्ती छ । यहाँ विभिन्न ठाउँबाट बस्न आउनेहरूको निकै लामो लर्को छ । सुबिधाका हिसावले पनि यो स्थानमा विभिन्न पूर्वाधारहरू थपिदै गएका छन् ।
९ मंसिर २०८०, शनिबार
९ मंसिर २०८०, शनिबार

बुटवल, ९ मंसिर । कृष्णप्रसाद शर्मा बुटवलको सुख्खानगरका स्थायी बासिन्दा हुन । लामो समयदेखि यो ठाउँलाई कर्मथलो बनाएका शर्मा पूर्व शिक्षक हुन् । ३५ वर्ष सम्म अध्यापन गरेको अनुभव छ उनीसँग । त्यो सँगै उनीसँग पूर्व पश्चिम महेन्द्र राजमार्ग बन्दाको लुकेको अनुभव छ ।
उनी भन्छन्–‘कुरा २०२५ साल तिरको हो । जागिर पाईन्छ भनेर म पाल्पाबाट बुटवल झरेको हुँ । बाटो बनाउँदा कामदारको खाँचो छ भन्ने सुनेर । उसबेला कसरी आएँ ठ्याक्कै याद छैन मलाई तर त्यहाँ काम गरेको सम्झना छ ।

विगत बताउँदै गर्दा उनी भन्छन्, त्यसबेला जंगलै जंगल भएको ठाउँमा बाटो बनाउने कुरा रे जस्तो लाग्थ्यो । तर सबै बाटो बनाउने परिक्षण सकिएर हामी फिल्डमा थियौ । घना जंगलका रुख काट्ने झाडी सफा गर्ने काम चलिरहन्थ्यो । मेरो प्रमुख काम त्यसबेला सबै कामदारहरूको हाजिर लगाउने थियो । त्यो बाहेक धेरै काम हुँदा मैले पनि गर्नु नै पर्दथ्यो । करिब ४० जनाको एउटा समूह थियो । यस्ता समूह त आठ दश ठाउँमा थिए । बुटवलमा बाटो बनाउने प्रमुख क्याम्प थियो । त्यसपछि बुटवलदेखि पूर्वतर्फ भुताहा, बर्दघाट, चोरमारा, लगायतका स्थानमा क्याम्पहरू खडा गरेर काम भएको थियो ।

त्यसबेला राजा महेन्द्रले बेलायत सरकारसँगको सहकार्यमा यो सडक निर्माण गरेका हुन् । त्यसबेला बेलायती सुपरभाईजर, इन्जिनियरहरू उहीँबाट आएका थिए । उनीहरूले असाध्यै कडा मिहनेतले सडक निर्माण गरेका हुन् । यसरी सडक निर्माण गर्ने क्रममा बुटवलको रामनगरमा प्रमुख ब्यारेक थियो । त्यहाँ सुपरभाईजर, इन्जिनियरहरू बस्दथिए । हामीलाई बेला बेलामा कामको अनुगमन गर्ने प्रमुख ब्यारेकबाट सुपरभाईजर आउँछन् भन्ने गर्दथे ।

शर्मा भन्छन्, त्यसबेला पनि अत्यन्त राम्रो पैसा थियो, हप्तामा ५२ रुपियाँ थियो मेरो तलब । घर खर्चका लागि ठिकै हो । काम विहान १० देखि साँझ ५ बजे सम्मको समय थियो । त्यसबेला बेलायती सरकारले आफ्नो देशमा काम गरेर नेपाल फर्किएका ब्रिटिस लाहुरेहरूलाई विश्वास गरे । काम गर्ने बेलामा सुपरभाईजर म्यानेजर बनाएको थियो । त्यसबेला जगतबहादुर थापा, गणेशजंग थापा, चम्पासिंह थापा सुपरभाईजर इन्चार्ज थिए । हामीले उनीहरूको निगरानी काम गर्न पर्दथ्यो । त्यस बाहेक सडक वरिपरि बनाएका टहरामा बास बस्थे । सबै कामदारहरू सडक अघि बढ्यो हाम्रो बास पनि बढ्थ्यो । त्यसरी काम भयो । त्यसबेला हामीले प्रमुख क्याम्प भनेर भनेको ठाउँपछि नेपाली सेनाले लियो । सेनाले त्यो ठाउँलाई स्तरोन्नती गरेको हो । अहिले पनि छ यसलाई सामान्य बोलचालको रूपमा वेस क्याम भनेर चिनिन्छ । तर किन र कसरी रह्यो भन्ने जानकारी एकदमै थोरैलाई मात्र थाहा भएको शर्मा बताउँछन् ।

बुटवलको दीपनगर २०२५ सालबाट बसोबास गर्दै आएका गोपीचन्द्र शर्मा पुर्व नेपाली सेनाका जवान हुन् । उनले राजमार्ग बनाउँदा काम गर्न नपाएपनि बनाउने समयलाई नजिकबाट नियाल्ने अवसर पाए । घना जंगल जसलाई बाटोको रूप दिन त्यति सजिलो थिएन । बेलायती सरकारले निकै दुःखका साथले सडक निर्माण गरेको हो । सडक कस्तो बन्ला भन्ने उत्साह भने थियो । सडक बन्यो हामीलाई सहज भयो । त्यहाँ धेरै नेपाली कामदारले काम गरेका छन् । काम गर्ने शिलशिलाका देशका विभिन्न स्थानबाट आएका कामदारहरू बास बस्न बनाएका टहराहरूबाट नै बेस क्यापको बस्ती विकास भएको शर्मा बताउँछन् । उनले पहिले बाटोमा काम गर्नेहरूले साना साना घर बनाएर बसे उनीहरूलाई देखे पछि क्रमशः अरू पनि आउँदा आउदै बस्ती बनेको हो । त्यसबेला कहाँ बस्ने हो भन्दा बेस क्याप बसेको ठाँउ भन्दा भन्दै यो ठाउँ अहिलेको वेसक्याप बनेको हो । बेलायती सरकारले सडक बनाउँदा बनाएको मुख्य क्याप भएकै कारणले यसको नाम रहेको शर्मा बताउँछन् । २०३६ सालमा लालपुर्जा बनेपछि बेचबिखन शुरु भयो । त्यस पछि यहाँ काम गरेकाहरू धेरैले बेचेर अन्यत्र सरेको हुन् । यहाँ बाटोमा काम गरेकाहरू धेरै कामदारहरूको मृत्यु भईसकेको छ । अहिले रहेका पछिल्लो पुस्ता त्यसबारेमा जानकार नभएको शर्माको भनाई छ ।
माधवप्रसाद पाण्डेय उमेरले ६३ वर्षका भए । पुर्व शिक्षक पाण्डेय लामो समयदेखि बुटवलको सुख्खानगरमा बसिरहेका छन् । उनी भन्छन् मैले काम गर्ने र त्यसबेलाको समयलाई नजिकबाट हेर्न त पाईन तर यहाँ आए पछि बाटोमा काम गरेका धेरैसँग संगत गरे उनिहरूले बाटोमा काम गर्न आउदा यहि बसेको बताउँदा थिए । मेरो घर नजिकै गुरुङ्ग थरका कामदार थिए । उनीले कहिलेकाही यस्तै रमाईला कुरा गर्दथे । म बसाइँ सरेर आउँदा भएकाहरूको पनि मृत्यु भइसकेको थियो । कतीले बेचेर बसाई सरे । तर उनीहरूले बेलायती सरकारले बाटो बनाउँला बनाएको क्यापको नामबाट नै वेसक्याप नाम रहेको बताएको पाण्डेयले बताए ।

२०२५ सालबाट बस्ती बस्न थालेको यो बेस क्याम्पमा अहिले निकै बाक्लो बस्ती छ । यहाँ बस्न आउनेहरूको लर्को निकै लामो छ । सुविधाका हिसावले पनि यो स्थान निकै अगाडी रहेको छ । यहाँ अध्ययनका लागि विद्यालय, कलेजको कमी छैन । उपचारका लागि मुटु अस्पताल, बेस क्याम्प प्रहरी चौकी, नेपाल आर्मीको क्याम्प, औद्योगिक ग्राम, प्रदर्शनी स्थल, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायतका थुप्रै सुविधा सम्पन्न स्थलहरू रहेका छन् । यिनै सुविधाका कारणले पनि हाल यस क्षेत्रको वरिपरि दिपनगर, शिवनगर, सुख्खानगर लगायतका स्थानमा बसोबास गर्नेहरूको चाप दिनदिनै बढिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?