ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

दाजुबहिनीको मिहिनेत, एकैपटक शाखा अधिकृत

खलंगाका गल्ली गल्लीका पसल र सरकारी कार्यालयका कर्मचारीहरूको टेबुलमा पत्रिका पुयाउन पुग्दा पाण्डेको मनमा पनि लाग्ने गर्दथ्यो ‘यसैगरी हामी कहिल्यै सरकारी कर्मचारी भइएला की ?’
७ मंसिर २०८०, बिहीबार
७ मंसिर २०८०, बिहीबार

प्यूठान, ७ मंसिर । २०६४/०६५ सालतिर प्यूठान सदरमुकाम खलंगाको त्यो चहलपहल । सवै सरकारी कार्यालय सदरमुकाम केन्द्रित । ४९ वटै गाविस सचिवहरूको सम्पर्क कार्यालय । जिल्ला विकास समितिमा थामिनसक्नु सेवाग्राहीको भिडभाड । त्यही भिडमा पत्रिका वितरण गर्दै हिड्थे तत्कालिन बरौला गाविस, हाल ऐरावती गाउँपालिका २ बरौला प्यूठानका तेजप्रसाद पाण्डे ।

१७ वर्षको कलिलो उमेर । चन्चले र जिज्ञासु स्वभाव । पढ्नका लागि भर्खर भर्खर सदरमुकाम छिरेका थिए उनी । घरको कमजोर आर्थिक अवस्थाले कमाउँदै पढ्दै गर्नुपर्ने बाध्यता थियो । प्यूठान सदरमुकाम खलंगाबाट प्रकाशित हुने प्यूठान समाचार दैनिक पत्रिकामा उनी हकरको रूपमा नियूक्ती भए ।

सरुमारानी गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयमा एसएलसी उत्र्तिण गरेपछि प्लस टु पढ्नका लागि पाण्डे सदरमुकाम पुगेका हुन् । कोठा भाडामा बसेर महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयमा पढ्दै गरेका आफ्नो पढाइसँगै विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा समेत सक्रिय सहभागीता जनाउँथे । सयौँ विद्यार्थीको भिडमा उनी चलाख विद्यार्थीको रूपमा चिनिन्थे । झण्डै एक वर्षसम्म उनले प्यूठान समाचार दैनिक पत्रिकामा वितरकको रूपमा काम गरे । मेहन्द्र नमुना उमावीबाट प्लस टु र प्यूठान क्याम्पसबाट उनले स्नातक सम्मको पढाई पुरा गरे । पत्रिका वितरकको रूपमा काम गरेर मात्र कोठाभाडा र पढाई खर्च जुटाउन धौ–धौ पयो ।

पाण्डे ०६८ सालमा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा कम्प्यूटर अपरेटरको रूपमा नाम निकाले । त्यहाँ उनले तीन वर्षसम्म काम गरे । कम्प्यूटर परेटरको तीन वर्षे अनुभवपछि उनी ०७१ सालदेखि ०७८ साल चैतसम्म नेपाल रेडक्रस सोसाइटी प्यूठान खलंगाहुँदै वैतडी लगायत जिल्लामा कार्यक्रम अधिकृतको रूपमा कार्यरत रहे । त्रिभुवन विश्वविद्यालयबाट पाण्डेले राजनीति शास्त्रमा स्नातकोत्तर तह र नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक उत्र्तिण गरेका छन् ।

निरन्तरको मेहेनत र लगनशिलताले पाण्डेलाई अहिले सफलताको विन्दुमा पुयाएको छ । खलंगाका गल्ली गल्लीका पसल र सरकारी कार्यालयका कर्मचारीहरूको टेबुलमा पत्रिका पु¥याउन पुग्दा पाण्डेको मनमा पनि लाग्ने गर्दथ्यो,‘यसैगरी हामी कहिल्यै सरकारी कर्मचारी भइएला की ?’ हो, उनको त्यही मनको सपना अहिले पुरा भएको छ । पाण्डे ०८० साल भदौमा लोकसेवा आयोगले लिएको नेपाल सरकारको शाखा अधिकृत पदमा सिफारिस भएका छन् । उनी अहिले सरकारी वकील भएका छन् । गाउँमा उनको पहिचान फेरिएको छ । ‘वकिल साब’ भनेर उनलाई बोलाउँछन् । पाण्डेले पहिलो प्रयासमै नाम निकालेका हुन् ।

उनको पत्रिका वितरण गर्ने हकरदेखि सरकारी वकील (शाखा अधिकृत) सम्मको यात्रा धेरैका लागि प्रेरणा बनेको छ । सामान्य घरपरिवारमा जन्मिएका पाण्डेले आफ्नो मात्र सपना पुरा गरेनन् बुवा आमालाई बाचुञ्जेल खुसी हुने बाटो देखाए । पाण्डेको अहिले बसोवास राप्ती गाउँपालिका–५ दाङमा छ । ‘सरकारी सेवामा प्रवेश गरेर जनताको सेवा गर्ने दृढ इन्छा र मेहनत भयो भने सफल भइदो रहेछ’,विगतको अनुभव सुनाउँदै ३१ वर्षिय पाण्डेले भने,‘अथक मेहनत नै सफलता हो भन्ने मलाई लाग्छ ।’ पाण्डे अहिले जिल्ला सरकारी वकिल कार्यालय झापामा कार्यरत छन् ।

पाण्डेको सफलताले घरमा खुसी त छँदै थियो । शाखा अधिकृत पदमा दाजुको नाम निस्किएको २२ दिनपछि कान्छी बहिनी रोमा पाण्डे पनि शाखा अधिकृत (लेखा) समूहमा सिफारिस भइन् । कान्छो छोरा र कान्छी छोरी नेपाल सरकारको शाखा अधिकृत एकैपटक सिफारिस हुँदा घरमा बेग्लै उत्साह र खुसी छायो ।

२९ वर्षिय बहिनी रोमा २०७२ सालदेखि लोकसेवा आयोगबाट कम्प्यूटर अपरेटरमा नाम निकालेर गृह मन्त्रालयमा कार्यरत थिइन् । निरन्तरको मेहेनत र लगनशिलताले सफलता टाढा छैन् भन्ने उदाहरण पाण्डे दाजुबहिनीले देखाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?