ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

डिडीसीका गाडीः ९ वटा झाडीमा,५ वटा सडकमा,१ वटा भाडामा

६ मंसिर २०८०, बुधबार
६ मंसिर २०८०, बुधबार

बुटवल, ६ मंसिर ।  किसानको दुध संकलन गरेर दुग्धजन्य पदार्थको उत्पादन र बजारीकरण गर्दै आएको दुग्ध विकास संस्थान बुटवलमा बर्षौंदेखि सरकारी गाडीहरू भने विग्रीएर थन्कीएका छन् । बा.२ घ ३५९ नम्बरको दुध बोक्ने ट्यांकर बर्षौ देखि बुटवलमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान लुम्बिनी वितरण आयोजना (डिडिसीबुटवल)को परिसरमा थन्कीएको छ । गाडीको अगाडी भागामा ह्वाङ्गपारेर छाडीएको यो मिल्क ट्याक्टरले बाहिर बाट कार्यालयमा जाने जो कोहीलाई स्वागत गर्ने गरेको छ । यो संगै लु १ ञ ५६ नम्बरको पहेँलो नम्बर प्लेटको सरकारी गाडी पनि सोही परिषसमा रहेको छ । बिग्रीएको बर्षौ भएको यो गाडी डीडसीले चलाएको ग्यारेजको केही मिटर दुरीमा रहेको छ । जसले पनि सरकारी कार्यालय परिषरको दुर्दशा देखाएको हो ।

यस्तै बा १ घ ६३२ नम्बरको ट्यांकर को मुल ट्यांकी ग्यारेजकै अगाडि झाडीमा मिल्काईएको छ । केही मात्रै मर्मत गर्न सकेमा चलाउन सकिने, काम लाग्ने यो ट्यांकर स्टेशनेश स्टील हो । दुध बोक्न प्रयोग गरिने यो ट्याक्टर लिलालीमा विक्रि गरेमा पनि लाखौं रूपैयाँ आउँछ ।
यो संगै बा १ ञ ८७९ नम्बरको गाडी पनि कार्यालय परिषरमा थन्काईएको छ । सरकारी सम्पत्ती, जनताको करबाट जम्मा भएको रकमबाट किनीएका गाडीको हालत, दुर्दशा हर्नेको लागि बुटवल औद्योगीक क्षेत्रमा रहेको दुग्ध विकास संस्था (डिडीसी) मा गए हुन्छ । यी नम्बर प्लेट देखिएका सरकारी साडी हुन ।यी बाहेक अझै ३ वटा नम्बर प्लेन नदेखिने गरी ३ वटा ट्यांकर ग्यारेज अगाडिको झाडीमा मिल्काइएको छ ।
जसको नम्बर प्लेट पनि स्पष्ट छैनन । महिन्द्र कम्पनीका यी गाडी बर्षौ देखि यसरी नै कार्यालय परिषरको झाडीमा मिल्काइएका हुन ।
एउटा ट्यांकरको मुख्य भाग नै कर्याालय परिषरमा यत्तीकै प्रयोगविहिन अवस्थामा राखीएको छ । ९ वटा सवारी साधन परिषरमा कुनै को आधा भाग त कुनैको पुरै गाडी नै विग्रीएको अवस्थामा डिडिसीको कार्यालय परिषरमा राखीएका हुन ।

डिडीसी लुम्बिनी वितरण आयोजानमा अहिले ६ वटा मिल्क ट्याक्टर छन् । जसमा एउटा मिल्क ट्याक्टर प्रदेश सरकारले अनुदानमा उपलब्ध गराएको छ । एउटा ट्याक्टर भने डिडीसीले भाडामा लिएर सञ्चालन गर्दै आएको छ । कार्याल्यमा एउटा मारुती सुमो, पिकअप समेत रहेका छन् । दुग्ध विकास संस्था लुम्बिनीका निमित्त कार्यालय प्रमुख योगेन्द्र शाहका अनुसार २० बर्ष भन्दा पनि पुरानो ४ वटा ट्याक्टर अहिले पनि चहिरहेका छन् । उनका अनुसार २० बर्ष भन्दा पुरानो, कुनै नयाँ पटक पटक मर्मत संहार गर्दा पनि सञ्चाल गर्न नसकीएको कारण यत्तीकै कार्यालय परिषरमा राखीएको छ ।

यसको केन्द्रबाट लिलामीको लागि स्वीकृत लिएर लिलाली प्रक्रियामा लैजाने तयारी यो बर्ष नै गरिने उनले बताए ।बुटवल टुडे संगको कुराकानीमा निमत्त कार्यालय प्रमुख शाहले भने –‘यो बर्ष नै लिलामीमा लैजाने कुरा छ, जो पुरानो पटक पटक बनाउँदा पनि चलेपछि थन्काएर राखेको हो ।’ कुनै साधान २० बर्ष देखि मर्मत गरेर सञ्चालन गर्न सकिने कुनै यत्तीकै थन्काएर विग्रीएर राखिँदा सरकारी सम्पत्तीको संरक्षण भएको भने पट्कै स्वभनीय नदेखिएको सरोकारवालाहरू बताउँछन् । कार्यालय प्रमुख शाहले आफु कार्यालयमा आएको १ बर्ष भएको जनाउँदै आफु आउँदा नै यस्तै अवस्थामा रहेको साधानहरू आफुले भने लिलामीमा लैजाने तयारी गरेको बताएका छन् ।
डिडिसीले गाउँ गाउँमा किसानको दुध संकलन गरी प्रसोधन, प्याकेजिङ्ग गरी विक्रि वितरण गर्दै आएको छ ।

डिष्टिब्युटरमार्फत काम

बुटवलमा रहेको डीडीसीले प्रत्यक्ष उपभोक्ताहरूलाई विक्रि गर्दन । बुटवल औद्योगीक क्षेत्रमा रहेको विक्री कक्ष रहेपनि त्यहा किन्ने उपभोक्ताले मुल्य र डिष्टिब्युटर्समार्फत उपभोक्ताले पाउने मुल्य एउटै हुन्छ । डिडीडीमा उत्पादन भएको ध्यु, दुध, नौनी, पनिर, रसबरी, मिल्क बोटल, लगायतका दुध र दुग्धजन्य पदार्थ डिष्टिब्युटर्सलाई निश्चत मुल्य कमिसन रकम दिएर काम गर्दै आएको छ । डिष्टिब्युटर्सले लु ३ च ३१२३ नम्बरको छाटाहात्ती(टाटाएसीई एक्स) मार्फत विक्रि गर्दै आएको हो । यसमा पनिआफ्नो सवारी सधान प्रयोग गरी खर्च कटौती गर्न सकिनेमा डिडीसीले भएका साधान विगारेर थन्काएर डिष्टिब्युटर्सर मार्फत काम गरेको आरोप लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?