ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

सिकाइ सुधार्न गाउँटोलमा ‘फुर्सद कक्षा’

बिहान र साँझको समयमा विद्यालय समय बाहेक विभिन्न टोल–टोलमा कक्षा ५ भन्दा तलका विद्यार्थीले भाग लिने गरेका छन् । यसलाई स्थानीय तिलोत्तमा युवा क्लबले ‘फुर्सद कक्षा’ नाम दिएको छ ।
४ मंसिर २०८०, सोमबार
४ मंसिर २०८०, सोमबार

बुटवल, ४ मंसिर ।  अधिकांस विद्यार्थीहरू बिहान १० बजे देखि साँझ ४ बजे सम्म विद्यालय आउने जाने गर्छन् । विद्यालयमा दिएको गृहकार्य गरेर सकेपछि अधिकांस विद्यार्थीहरू फुर्सदमा रहन्छन् । उनीहरू पछिल्लो समयमा मोवाईल, ल्यापटप, टिभी लगायतका अन्य ईलेक्ट्रोनिक्स डिभाईसमा भुल्ने गरेको पनि पाईन्छ । तर पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सा सहित ४ स्थानमा बालवालिका दिउँसोको समयमा विद्यालय जाने र अन्य समयमा भने ‘फुर्सद कक्षा’ मा भाग लिने गरेका छन् ।

स्थानीय तिलोत्तमा युवा क्लवले ४ बर्ष पहिला सुरुवात गरेको ‘फुर्सद कक्षा’ मा तिनाउका ४ स्थानमा बालवालिका नियमित जसो भाग लिने गरेका हुन् । बिहान र साझँको समयमा विद्यालय समय बाहेक विभिन्न टोल–टोलमा कक्षा ५ भन्दा तल्लो कक्षाका विद्यार्थीहरू जम्मा पारेर टोल टोलमा स्थानीय विद्यालयका शिक्षक र स्नातक, स्नाकोत्तर तह पुरा गरेर खाली रहेका विद्यार्थीहरूले विद्यार्थीहरूलाई नै पढाउँछन् । यसलाई स्थानीय तिलोत्तमा युवा क्वलले ‘फुर्सद कक्षा’ नाम दिएको छ । तल्लो कक्षाका बालबालिकाको सिकाइ सुधार गर्ने उद्देश्यले फुर्सद कक्षा संचालन गरिरहेको क्लबले जनाएको छ ।

तिलोत्तमा युवा क्वलका अध्यक्ष आशिष रायमाझीका अनुसार ४ बर्ष पहिला सुरुवात भएको यो फुर्सद कक्षा एक स्थानमा जारी थियो भने ४ स्थानमा आर्थिक अभावकै कारण बन्द भएको थियो । पछिल्लो समयमा भने देउसी भैलो बाट संकलन भएको रकमबाट पुनः सुरुवात गरिएको छ । अहिले ५ वटा टोलमा यसरी ६ जना शिक्षकले अध्यापन गराउन सुरुवात गरेका हुन । तिनाउ झुम्साको पानीमिल, झुम्सा,पलन्दर र ढापगैरामा टोलमा ५ स्थानमा पढाई हुन्छ । ५ बर्ष पहिला एउटा संस्था संग आवद्ध भएर यो कक्षा सुरुवात भएको भएपनि आर्थिक अभावको कारण बन्द भएको थियो ।

टोलमा विद्यार्थीहरुको संख्या हेरेर थप शिक्षकको समेत व्यव्स्थापन गर्दै आएको छ । अहिले एउटा टोलमा १२ जना भन्दा बढि विद्यार्थीहरू हुने गरेका छन् । टोलमा पढाउने शिक्षकको लागि क्लवले निश्चित रकम विनियोजन गरेको छ । प्रत्येक बर्ष जसो क्वलवे विद्यार्थीहरूको शिक्षा सुधारको लागि विद्यालयमा मात्रै नभएर घरमा पनि अध्यायनशिल बनाउने योजना अनुसार यो अभियानको थालनी गरेको हो । जस अनुसार कक्षा ५ सम्मका विद्यार्थीहरूको लागि यो फुर्सद शिक्षा बरदान जस्तै भएको दावि क्लवको छ ।

टोलमा शिक्षा लिएर विद्यार्थीहरूले विद्यालयमा शिक्षकले दिएको गृहकार्य समेत त्यहि गर्ने, नजानेको कुरा शिक्षक लाई सोध्ने हुँदा थप सृजनशिलता विकास हुने गरेको बताइएको छ । क्लवका अध्यक्ष रामाझी भन्छन्–‘स–सानो विद्यार्थीहरूको लागि घरमा विद्यालयको गृहकार्य समेत गराउने फुर्सद हुदैन, यसमा फुर्सद शिक्षाका शिक्षकहरूले सहकार्य गर्दै जानुहुन्छ, जसले गर्दा राम्रो हुन्छ । ’
क्लवले विनियोजन गरेको रकम अपुग भएपछि प्रत्येक विद्यार्थी बापत १०० रूपैयाँ अभिभावकबाट सहयोग शुल्क समेत लिने गरेको र त्यो रकम प्रत्यक्ष शिक्षकहरूलाई नै दिने गरेको छ । यसमा थप रकम क्लवले दिने गरेको हो । विद्यार्थीको लागि सहयोगी शिक्षक जस्तै बनेका शिक्षकहरूले विभिन्न समयमा फुर्सद शिक्षामा नै अतिरित्त मनोरञ्जन लगायतका खेलकुदजन्य गतिविधि समेत गर्दै आएका आएका छन् । जसलाई ‘मिनी स्कुल’ समेत भन्ने गरिएको छ । अभिभावकहरूले समय व्यवस्थान गर्न नसक्दा र पहिला विद्यार्थी पठाउने पछि घट्दै जाने परिपाटीको कारण पनि समस्या भएको भन्दै क्लवले विद्यार्थीहरूको नियमितताको लागि अभिभावकहरूसंग निरन्तर छलफल अन्तरक्रिया गर्दै आएको छ ।

भैलोबाट रकम संकलन

फुर्सद शिक्षा सञ्चालनको लागि यो पटक क्लवले देउसी भैलो खेलेको छ । २०८० को तिहारमा क्लवद्वारा संचालित देउसी भैलो कार्यक्रममा जम्मा १ लाख ३९ हजार १३८ रूपैयाँ संकलन गरेको थियो । जसमा खर्च रकम १ हजार ६ सय २० रहेको छ । देउसी भैलोको पुर्व घोषित उदेश्य बमोजिम पानीमिल, झुम्सा,पलन्दर र ढापगैरामा फुर्सद शिक्षा निरन्तर सन्चालन गर्ने र सडकबत्ती थप ३ स्थानमा जडान गर्ने समेत योजना रहेको क्लवले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?