ट्रेंडिंग:

>> दुई महिनामा २ खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स भित्रियो >> बालबालिकाका लागि खोप निःशुल्क उपलब्ध गराउन स्वास्थ्यमन्त्रीको विश्व समुदायसँग आग्रह >> दशैँ बिदापछिको पहिलो दिन शेयर बजार ३१ अङ्कले बढ्यो >> उपप्रमुख हुँदाहुदै हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी >> नीजि लगानीको नमुना अस्पताल बुटवल हस्पिटल —पुर्वमन्त्री खांण >> जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ >> विश्व हात धुने दिवस २०२४ मा सहभागी बनौं, संक्रमणबाट बचौं >> घर पालुवा कुकुरमाथि लगाएको करबाट रेकर्ड कमाई गर्दै जर्मनी >> दशैको बिदा सकियो, आजदेखि सरकारी कार्यालय खुल्ने >> तनावका बिच भारत र क्यानडाद्वारा ६-६ कूटनीतिज्ञ निष्काशित >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> पुर्वी नवलपरासीमा ३२८ सवारी दुर्घटना ४३ जनाले ज्यान गुमाए >> भारतीय वन रक्षकको गोली प्रहारबाट नेपाली घाइते >> दाङमा पानीमा डुबेर एक जनाको मृत्यु >> महिला साफ च्याम्पियनसिप खेल्ने नेपाली टिमको घोषणा >> ट्रम्पको र्‍याली नजिकै दुई बन्दुक र नक्कली राहदानीसहित एक व्यक्ति पक्राउ >> फिल्म ‘ताण्डवम्’ भ्यालेन्टाइन डे मा प्रदर्शन हुने >> देशका अधिकांश भूभागमा पश्चिमी र स्थानीय वायुको प्रभाव >> जयवर्धने पुन: मुम्बई इण्डियन्सको मुख्य प्रशिक्षक >> एयर इन्डियाको विमानमा बमको धम्की, दिल्लीमा अवतरण >> जुवा खेल्दै गरेका पाँच जना पक्राउ >> भारतलाई हराउदै अस्ट्रेलिया महिला टी- २० विश्वकपको सेमिफाइनलमा >> दशैको टीका लगाउने र आशीर्वाद लिनेक्रम आजपनि जारी >> गौतमबुद्ध विमानस्थलमा फ्लाइ दुबई, जजिरा र एयर एसियाले उडान गर्दै >> एक्सरसाइज क्याम्ब्रियन गश्ती २०२४ मा नेपाली सेनालाई स्वर्ण पदक >> लमजुङमा जीप दुर्घटना हुँदा १९ जना घाइते >> अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा >> श्रीलंकामा चर्चित प्रकरणको पुन: छानबिन हुने >> बाबर आजमलाई टेस्ट टिम बाहिर राख्न सिफारिस >> बाबा सिद्दिकीको हत्यापछि सलमान खानको सुरक्षा बढाइयो >> भारतको राष्ट्रवादी कंग्रेस पार्टीका नेता बाबा सिद्दिकीको हत्या >> कस्तो छ आजको मौसम पूर्वानुमान ? >> दसैंको दोस्रो दिन : मान्यजनबाट टीका र जमरा लगाउने क्रम आज पनि जारी >> राष्ट्रपति पौडेलबाट विजयादशमीको टीका ग्रहण >> प्रधानमन्त्री ओलीद्वारा विजयादशमीको टीका ग्रहण >> हराए तानसेनका ऐतिहासिक धरोहर  >> विजयादशमी पर्वमा मुख्यमन्त्रीको शुभकामना >> दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्थामा म पनि रमाउन सकिरहेको छैन : प्रधानमन्त्री >> कुन देशमा कति बजे छ विजयादशमीको साइत ? >> बडादसैँको मुख्यदिन आज, टीकाको साइत बिहान ११: ३६ बजे >> गुल्मीमा जिप दुर्घटना हुँदा १४ घाइते, तीनको अवस्था गम्भीर >> अफ्रिकामा ७९ मिलियन भन्दा बढी युवतीहरु बलात्कृत र यौन दुर्व्यवहारः संयुक्त राष्ट्र >> रुपन्देहीका अस्पतालमा चाडपर्वमा पनि सेवा >> अब टविटर (एक्स) प्रयोगकर्तालाइ मस्कले पैसा दिने >> खोलाबाट अवैध निकासी गरी लैजाने क्रममा नगर प्रहरीद्वारा ढुँगासहित टिप्पर नियन्त्रणमा >> आज महाअष्टमी र महानवमी पर्व मनाइँदै >> महङ्गो भयो भान्सा ! >> कालिका मन्दिरमा फुलपाती भित्राईयो >> पुण्य गौतम माथी रड प्रहार गर्ने दुर्गा प्रसाइका दुइ कार्यकर्ता पक्राउ >> दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड

‘८५ वर्ष, ५ महिना, ५ दिन’

पहिले गुरुकुल पढेपछि भारतको मथुरा र बनारससम्म पढ्न जाने चलन थियो, अहिले कक्षा १२ पढेर अष्टे«लिया, जापानतिर जान्छन् । पहिले पढेर गाउँ फर्किएर शिक्षा, समाज र देशको विकासमा लागिपर्थे । अहिले देश नफर्किने र व्यक्तिगत स्वार्थमा रमाउने प्रवृत्ती हावी छ ।
२ मंसिर २०८०, शनिबार
२ मंसिर २०८०, शनिबार

बुटवल, २ मंसिर ।

नामः रुद्रनाथ (शर्मा) बस्याल ।
उमेरः ८५ वर्ष ५ महिना ५ दिन ।
ठेगानाः बगनासकाली गाउँपालिका ६, गुंगा, पाल्पा
बसोबासः तिलोत्तमा नगरपालिका १६ कोटिहवा, रूपन्देही

यत्तिले मात्रै परिचय पुग्दैन रुद्रनाथ बस्यालको । २७ वर्ष शिक्षक पेशाका उतार चढाव उनको परिचयसँग नछुट्टिने पाटो हुन् । शिक्षक हुनु अघिको गुरुकुल शिक्षा, भारतको संस्कृत शिक्षा, गाउँको खेती किसानी र समाज उनीसँग जोडिएका जीवन गाथा हो ।
४ छोरा र ५ छोरी गरी ९ सन्तान बुवा रुद्रनाथ बस्यालको अहिले जीवन सुखमय त छदैछ, अरूका लागी पनि लोभलाग्दो छ । पहाडमा छँदा शिक्षण पेशासँगै खेती किसानीमा सक्रिय उनी अहिलेसम्म निरोगी छन् । यो ८५ वर्षको उमेरमा पनि उनको घर परिवारमा मात्रै होइन समाजमा पनि सक्रियता छ ।

रुद्रनाथको पढाइः पर्वतदेखि बनारससम्म

किसान परिवारमा हुर्किएका रुद्रनाथ पढ्नका लागि छिमेकी जिल्ला स्याङ्जाको मालुङ्गातर्फ २००९ सालमा १४ वर्षको उमेर कुम्लो बोकेर निस्किएका थिए । त्यतिवेला पढ्का लागि गुरुकहाँ जाने पढाइसँगै काम गर्ने चलन थियो । मालुङ्गामा उनले ३ वर्ष र पर्वतको पाङमा ३ वर्ष गरी ६ वर्ष गुरुकुल शिक्षा लिए । जहाँ उनले ज्योतिष र चिना लेख्ने विद्या सिके । त्यसपछि व्याकरण र भागवत पढनका लागि उनी १०१४ सालमा भारतको मथुरातर्फ हानिए । उनलाई पढ्नका लागि भारततर्फ लैजानमा अहिले पाल्पाको माडी टाटीमा रहेका टिकाराम बस्यालले सहयोग गरेका थिए । त्यतिवेला टिकाराम मथुरामा कक्षा ११ मा पढ्थे । पछि रुद्रनाथले पनि करिव ५ दर्जन व्यक्तिलाई टिकारामले जस्तै गरी मथुरामा पढनका लागि त्यहाँसम्म लैजानमा सहयोग गरेका थिए ।

पढाइप्रति इच्छा राख्ने परिवारले मात्रै पढ्नका लागि त्यसरी चासो राख्ने गरेको रुद्रनाथ बस्याल बताउँछन् । उनका अनुसार त्यतिवेला पनि धेरैजासोले पढ्दै काम गर्दै खर्च चलाउँदै र बचेको पैसा घरतर्फ पठाउने गर्थे । कस्तो काम पाइन्थ्यो जागिर ? भन्ने जिज्ञासामा उनले भने, काम भनेको मन्दिरमा पूजा आजा गर्ने, पसलमा सहयोगीको काम गर्ने यस्तै यस्तै थियो ।

त्यतिवेला र अहिलेको पढाइको शिलशिलालाई तुलना गर्दै उनले भने त्यतिवेला गुरुकुल पढेपछि मथुरा र बनारस जाने चलन थियो अहिले कक्षा १२ पढेर अष्टेलिया, जापानतिर जान्छन् । तर पहिले पढेर नेपाल फर्किएर शिक्षाको विकास, समाजको विकास र देशको विकासमा लागिपर्थे अहिले पढ्ने र नफर्किने, आफ्नै व्यक्तिगत र परिवारिक स्वार्थमा केन्द्रित भएको छ ।

पढ्नुको उद्देश्य ? चिठ्ठीपत्र पढ्नदेखि कर्मकाण्डसम्म

रुद्रनाथ शर्मा बस्यालका अनुसार २००९ सालतिर गाउँ समाजमा पढाइको रहर त्यति चलेको थिए । पढ्नुको मुख्य दुई प्रमुख उद्देश्य थिए । पहिलो पूजा आजा र कर्मकाण्डी चलाउन र दोश्रो आफ्नो स्याहा श्रेस्ता जान्न, आफ्नो हिसाव कितावमा अरूबाट बच्न । चिठ्ठीपत्र लेख्न पढ्न । उनका बुवा रेवतीराम बस्याल र आमा टोपला बस्याल निरक्षर थिए । काजजातमा उनले प्रमाणका लागी ल्याप्चे लगाउँथे । घरायसी व्यवहारका कागजात र सरकारी कागजात अरूको भरमा बुझ्नुपर्ने उनको बाध्यता थियो । ती सबै कागजात बाँसको ढुंङ्ग्रोमा हुन्थे । कुनै काम पर्दा कुनै कागज चिन्नुपर्दा पढे लेखेको मान्छे खोज्नुपथ्यो ।

अर्कोतर्फ आमा टोपला बस्यालको माइती शिक्षाका हिसावले माथि थियो । उनका भाई भतिजाहरू गुरुकुलमा पढ्थे । माइत जाँदा उनीहरूले पढेको देख्दा टोपलीमा आफ्ना सन्तानलाई पनि पढाउनुपर्छ भन्ने भावनाको विकास भएको थियो । आमा र बुवाको यी दुई फरक फरक बुझाईका कारण आफूले पढ्ने अवसर पाएको रुद्रनाथ बस्याल बताउँछन् । म आमाको कारण पढ्ने अवसर पाएको हुँ रुद्रनाथले भने, आमाले मलाई पढ्न भनेर माइतीबाट आउँदा किताव किनेर ल्याइदिनुहुन्थ्यो ।

रुद्रनाथको दलाने पाठशालाः दिनभर काम साँझपरेपछि पढाई

त्यसो त रुद्रनाथले स्याङ्जाको मालुङ्गा, पर्वतको पाङ होस् या भारतको मथुराबाट घरमा रहदा होस् साँझमा गाउँलेलाई अक्षर चिनाउने र साधारल सीप सिकाउँथे । त्यतिवेलाको अवस्था सम्झदै रुद्रनाथले भने, दिनभरी गाई बाख्रा चराएर, मेलापात सकेर साँझमा हाम्रो घरमा पढ्न आउनेको लर्को हुन्थ्यो । मुख्यगरेर चिठ्ठीको बेहोरा र तमसुक लेख्न सिक्ने बढी हुन्थे । त्यसैगरी चण्डी, हुगो कवँच, वेद पढ्न सिक्ने र ठूलो वर्णमाला सिकाए ।

उनले नेपालमा रहदा कुनै पनि तोकिएको कक्षा पढेन्न । तर भारतको रत्नमोती संस्कृत पाठशाला गोकुल मथुराबाट कक्षा ९ र १० पूरा गरेका थिए । त्यहाँ अनौपचारिक र गुरुकुल तरिकाले शिक्षा लिएकाहरूलाई परीक्षा लिइ सटिफिकेट दिने व्यवस्था थियो । त्यसै व्यवस्था अनुसार उनले एकै वर्ष पालैपालो कक्षा ९ र १० को परीक्षा दिइ उक्त कक्षा पास गरेका थिए । साहित्यमा आचार्य पास भने उनले वनारसबाट सन् १९७० मा गरे । उनी पाल्पाको साविकको यम्घा गाविसमा कक्षा १० र डिग्री पास गर्ने पहिलो व्यक्ति हुन् ।

रुद्रनाथ बने शिक्षकः हाँगेपिपल निमाविदेखि दर्लामडाँडा माविसम्म

२०३५ सालमा स्थायी आयोगबाट निमावि तहको नेपाली शिक्षक बनेका रुद्रनाथको पहिलो विद्यालय बन्यो पूर्वी पाल्पाको हाँगे पिपल निमावि । त्यतिवेला उक्त विद्यालयमा ३५÷ ४० जना विद्यार्थी र ७ जना दरवन्दीका शिक्षक थिए । त्यसपछि उनी २०३७ सालमा सहलकोटको बालहित माविमा सरुवा भए । केही महिनापछि फेरि पूर्वखोलाको प्राकृत निमाविमा प्रधानाध्यापकको रूपमा सरुवा भई १ वर्ष काम गरे । २०३८ सालमा आफ्नै गाउँको दर्लाम डाँडा माविमा फर्किए ।

२०१७ सालमा वनारसबाट फर्केपछि उनलाई गाउँका सबैले गाउँमै स्कूल खोल्न भने । साक्षर बनाउने गरी ६०÷७० जनालाई उनले गाउँमै पढाउन थाले । अहिले उक्त पढ्ने थलो बगनासकाली गाउँपालिका ६, बेशी लाम्दीमा अरनीको निमावि बनेको छ । त्यसपछि माथि बगनासकाली ६ गुंगामा २०१८ सालमा स्कूल खोले । उक्त ठाउँमा गुंगा मावि छ । २०२१ सालमा दर्लमडाँडाको श्रीकृष्ण निमावि एक वर्ष प्रधानाध्यापक भए । पछि त्यो स्कुल दर्लामडाँडा मावि भयो । जहाँ उनी पूर्वका स्कुलबाट २०३८ सालमा सरुवा भइ पुनः फर्किएका थिए । २०५८ सम्म २२ वर्ष स्थायी रूपमा अध्यापन गरेर उनी अवकाश लिएका हुन् । २०३५ सालमा निमावि तहको शिक्षक बन्दा उनको मासिक तलब ३३७ थियो भने २०५८ मा अवकाश लिँदा उनको तलब बढेर ८४०० पुगेको थियो ।

नयाँ शिक्षाः स्कुललाई सरकारको आश

२०२८ सालमा नयाँ शिक्षा लागु भएपछि गाउँ गाउँमा स्कुल खोल्ने लहर चल्यो । स्कुल चलाउनका लागि सरकारले वार्षिक रूपमा स्कुललाई आर्थिक सहायता दिन्थ्यो । त्यसलाई आस (आर्थिक सहायता) भनेर भनिन्थ्यो । आस माविले रु. ११००, निमाविले रु. ८०० र प्राविले रु. ५०० पाउँथे । त्यो भन्दा बढी लागेको खर्च गाउँ समाजबाट उठाए स्कुल चलाउनु पर्दथ्यो । भौतिक निर्माणका कामहरू गाउँ समाजले नै व्यवस्थापन गर्नुपर्दथ्यो ।

त्यसरी उनले पठनपाठन गर्ने पूर्वी पाल्पाको हाँगे पिपल निमाविको कुरा गर्दा सरकारले उक्त स्कुलका लागि वार्षिक रु. ८०० दिन्थ्यो । स्कुलमा ७ जना शिक्षक थिए । धेरै तलब पाउने उनको मासिक तलब रु. ३३७ थियो । थोरै पाउनेले मासिक रु. ६० सम्म थियो । त्यसरी हिसाव गर्दा उक्त स्कुलको मासिक रु. ८८७ र वार्षिक १० हजार ६४४ खर्च हुन्थ्यो । स्कुल चलाउनका लागि समाजले ९ हजार ८४४ रुपियाँ उठाउथे । त्यस बाहेक विद्यालयको भौतिक व्यवस्थापन पनि उनीहरूकै जिम्मेवारीमा पर्दथ्यो ।

शिक्षाका निर्देशकः पाहुना घरमा बसे, करुवा नाँच हेरे

२०३६/३७ सालतिरको कुरा थियो, पूर्वी पाल्पामा रहँदा सहलकोटमा मावि स्कुल खोल्ने तयारी भयो । झिरवास, सुकेकोट, गाँडाकोट, सहलकोट र जुरे गाउँलाई बीच पर्नेगरी सहलकोटमा केन्द्र बनाइएको थियो । स्थानीय लिला बहादुर रानाले त्यसको नेतृत्व गरेका थिए । त्यतिबेला निमावि कक्षा ७ सम्मको विद्यालयलाई भनिन्थ्यो । मावि स्वीकृतीका लागि पोखराबाट निर्देशक आउने भए । यो खवरले गाउँमा मेला लागे जस्तै भयो । राम्दीसम्म उनीहरू गाडीमा आए । त्यसपछि ३/४ वटा घोडाबाट उनीहरूलाई भव्य सम्मानका साथ सहलकोट गाउँ ल्याईयो ।
बाहिरबाट गाउँमा आउनेको बस्ने व्यवस्था गर्न गाउँलेले पाहुना बनाएका थिए । निर्देशक सहितको टेली त्यही पाहुँना घरमा बसे । म पनि त्यही पाहुँना घरमा बसे ।

निर्देशकले लिलाबहादुर रानाबाट मावि स्कुलको विषयमा कुरा बुझे । गाउँलेलाई सोधे, गाउँ ठाउँ हेरे अनि कक्षा ८ को स्वीकृती दिए । गाउँमा ठूलो हर्षोल्लास भयो । निर्देशक सहितको टोलीलाई मगर सँस्कृतीको मारुनी र करुवा नाँच देखाइयो । गाउँलेहरूले भोज खुवाए । निर्देशक पनि मगर संस्कृतिसँग रमाएर ३/४ दिन बसेर पोखरा फर्किए । हामी विद्यार्थी खोज्न गाउँ गाउँ पुग्थ्यौं, उतै बस्थ्यौं । त्यो वेला पनि गाउँलेहरूले हामीलाई निकै स्वागत गर्थे, करुवा नाँच देखाउथे उनले थपे ।

८५ वर्षका रुद्रनाथः न बिरामी, न औषधी

८५ वर्षको उमेरको कुराकानीमा उनको मुहारमा चमक देखिन्थ्यो । रुद्रनाथमा स्वस्थतासँगै जोश र जाँगरको कमी थिएन । उनले अहिले रूपन्देहीको तिलोत्तमाको कोटीहवामा दैनिक रूपमा पुस्तक पढ्ने र करेसाबारीमा काम गर्दै बिताइरहेका छन् । उनको सक्रियताले न त उनीमा कुनै रोग छ । न त उनमा औषधीको नाममा एक गोली औषधी नै निल्नुपर्ने बाध्यता आइपरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?