© २०२३
बुटवल, २४ कार्तिक । वि.सं. २०४६ असोज २७ मा रूपन्देहीका रुद्रपुरमा जन्मीएका निर्मल पौडेल जन्मदा सामान्य थिए । पछि उनी विस्तारै आफ्नो दृष्टि गुमाउँदै गए । न्यून दृष्टिविहीन हँुदै उनी पछि पुर्ण दृष्टिविहिन बने । बुवा नरनाथ पौडेल पेशाले शिक्षक थिए । उनका दाजु बिमल पौडेल पनि पूर्ण दृष्टिविहिन हुन । उनी अहिले काठमाडौंमा रहेको एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कार्यक्रम अधिकृत छन् । दुबै दाजु भाई पढाईमा अब्ब्ल थिए । उनीहरू कहिल्यै पनि दोस्रो भएनन । छोराहरू न्युन दृष्टिविहिन भएपछि बाबु नरनाथ पौडेल र आमा सितादेबी पौडेलले विशेष शिक्षा अन्तर्गत दृष्टिविहिनहरूको लागि अध्ययन गराउँदै आएको रूपन्देहीको मणिग्राममा रहेको शान्ती नमुना माविमा भर्ना गरिदिए । उनीहरू त्यहि बसेर पढे ।
निर्मल पौडेल र दाजु बिमल पौडेल दुबै जना पढाइमा सानै देखि नै अब्बल नै थिए । कक्षा १० मा शान्ती नमुना माविमा पढेका निर्मलले कक्षा ११ र १२ रुद्रपुरमा रहेको हरैया क्याम्पसमा पढे । स्नातक र स्नाकोत्तर तह भने बुटवलको बुटवल बहुमुखी क्याम्पसमा पुरा गरे । पूर्ण दृष्टिविहिन भएका निर्मलले वि.सं. २०७१ सालमा एसएलसी ७१ प्रतिशत अंक ल्याएर पास गरेका थिए । त्यसपश्चात हरैया क्याम्पसमा प्लस टु (११ र १२) पढे । त्यहाँ उनले नेपाली विषय लिएर पढेका थिए । त्यहाँ क्याम्पस नै टप गरे । हरैया बहुमुखी क्याम्पस उनले टप गरे ।
त्यसपछि बुटवलमा आएर उनले स्नातक अध्ययन सुरुवात गरे । उनले स्नाकोत्तर तह (माष्टर डिग्री) मा ६१ प्रतिशत ल्याएर विशिष्ट श्रेणीमा पास गरे । उनी त्यो बेलामा नेपाली विषय तर्फ क्याम्पस टप गरेका थिए ।
पढाइमा अब्ब्ल उनी सहयोगी विद्यार्थीको साथमा परीक्षा दिँदै आएका थिए । सोही अनुसार उनको पढाईको यात्रा अबिराम नै रह्यो ।
स्नातकोत्तर तह पुरा गरेपछि उनले सालझण्डीमा रहेको महेरहवा देवी मावि मा राहत शिक्षकको मागेको थाहा पाए । त्यहाँ गए आवेदन दिए पास भए र राहतमा २०७१ सालमा उनले त्यहाँ जागीर खाए ।
नेपाली विषयमा मास्टर डीग्री गरेका भएपनि उनले कम्प्युटर प्रविधीमा भने उच्च लगाव थियो । यो बीचमा उनले कम्प्युटरमा आधारभूत, एड्भान्स कोर्ष समेत सकेका थिए । उनले ६, ७, ८ का विद्यार्थीहरूको लागि महेरहवा देवी माविमा कम्प्युटर विषय पढाए ।
राहत शिक्षको जागिर उनलाई चित्त बुझेको थिएन । उनले स्थायी शिक्षकको लागि शिक्षक सेवा आयोगको तयारीमा लागे ।
पहिलो पटक २०७६ सालमा उनले प्रावि शिक्षक सेवाको लागि परिक्षा दिए । दृष्टिविहिन अपाङ्गता भए पनि उनले खुल्ला तर्फबाट नाम निकालेर खुल्लामा नै सिफारिस भए ।
रूपन्देही जिल्लामा उनी खुल्ला तर्फ २९ नम्बरमा सिफारिस भए । प्रावि स्थायी भएपछि उनी आफ्नो जन्मस्थल रुद्रपुरमा रहेको रुद्रपुर माविमा अध्यापन गराउन थाले । ४ बर्ष राहत शिक्षकमा सेवा गरेपछि उनले प्रावि स्थायीमा ४ बर्षको अवधीमा नाम निकालेका थिए । रुद्रपुर माविमा उनी अहिले पनि कम्प्युर विषय पढाउँदै आएका छन् । त्यसपछि ४ बर्ष प्रावि स्थायी जागीर खाएका निर्मल अहिले मावि तर्फ ३ नम्बरमा नामा निकाल्न सफल भएका छन् । त्यो पनि खुल्ला तर्फ नै ।
लुम्बिनी प्रदेशमा नेपाली विषयको लागि मागेको खुल्ला ४ वटा कोटामा उनले खुल्ला तर्फ ३ नम्बरमा नाम निकाल्न सफल भएका हुन । अन्तरवार्ता समेत भैसकेपछि उनको पोष्टीङ्ग हुन भने अझै बाँकी छ । दृष्टिविहिन भएर पनि उनले ३ नम्बरमा खुल्ला तर्फ सिफारिस भएपछि अहिले सिंगो अपाङ्गता समुदायका साथै अन्यको लागि पनि उनी प्रेरणाका पात्र भएका छन् । मावि स्थायीका लागि नेपाली विषयमा पहिलो चरणमा १ हजार ३८ जनाले परीक्षा दिएका थिए । दोस्रो चरणको लागि ३ सय ५५ जनाले परीक्षा दिएको अन्य सबै प्रतिष्पर्धाीहरूलाई पराजीत गर्दै उनले खुल्ला तर्फ ३ नम्बरमा सिफारिस भएका हुन ।
दुई सन्तानका पिता बनेका निर्मल न्यून दृष्टिविहीन रहेकी गीता घिमिरेसँग २०७६ सालमा मागी विवाहमा बाँधिएका थिए । श्रीमतीको पूर्ण सहयोगको कारण नै आफूले माविमा नाम निकाल्न सफल भएको बताउँछन् । उनले विगत १० महिना देखि दिउँसोको समयमा विद्यालय जाने र बिहान र साँझ नियमित रूपमा नै अध्ययनमा ध्यान दिएको कारण सफल भएको उनको तर्क छ । रोचक कुरा त के छ भने उनले बजारमा प्रकाशन भएका आयोगका कुनै पनि किताब अहिले सम्म किनेका छैनन ।
बजारमा प्रकाशन भएका वा शिक्षक सेवाको लागि भन्दै निकालिएका कुनै पनि किताब हालसम्म नकिनेको बताउने उनले सबै विषयबस्तु, पाठ्यक्रम अनुसार कम्यूटरबाट डाउनलोड गरेर सोही अनुसार अध्यन गरेको बताउँछन् ।
उनी भन्छन्–‘१० महिना विहान ६ बजे देखि ९ बजे सम्म र साँझ ४ बजेदेखि १२ बजे सम्म नियमित रूपमा कम्युटरको माध्यमबाट टेक्स रिडरको सहायतले पढे । आफैले कम्युटरमा नै नोट बनाए तयारी गरेको हुँ ।’
अध्ययनको बेलामा कुनै पनि बाहिर अवरोध र वातावारण नहुने, सहज रूपमा पढ्ने कोठामा खाना टेवलमा नै श्रीमतीले पु¥याने र अन्य बेलामा नियमित जसो पढ्ने गरेको उनी बताउँछन् । सफलताको लागि ठोस कुनै पनि ट्रिक वा फर्मुला नभएको भन्दै उनले आयोगका प्रतिष्पर्धात्मक परिक्षाको तयारीका लागि नियमित रूपमा पाठ्यक्रमममा आधारित भएर सबै विषय पढ्नुपर्ने र त्यसलाई तिन तरहबाट विश्लेषण गर्नुपर्ने बताउँछन् ।
उनी भन्छन् –‘प्रतिष्पर्धातमक परिक्षाको लागि पहिला ईच्छाशक्ती, जाँगर र पढ्ने वातावारण चाहिन्छ, एउटा कुरा लाई एक स्वरूपबाट भन्दा पनि त्रिकाणतात्मक रूपमा विश्लेषण गरेर पढ्न आवश्यक छ ।’ पारिवारिक सहयोग, प्ररेणा र पढ्ने वातावरण भएमा जस्तो सुकै परिक्षामा पनि सफल हुन सक्ने उनको भनाई छ । दाजु बिमल पौडेलको नियमित रूपमा पढाई लाई प्रथमिकता दिनुपर्ने प्रेरेणाले पनि सफलता प्राप्त गर्न अझ हौसिएको उनको भनाई छ ।
वि.सं. २०७९ सालामा मावि शिक्षकको लागि परिक्षा दिएका पौडेलले नतिजा केही समय पहिला २०८० सालमा आएको थियो । उनी लुम्बिनी प्रदेशमा खुल्ला तर्फ तेस्रो नम्बरमा सिफारिस भएका हुन । कर्नियामा समस्या भएको कारण पहिला न्युन दृष्टिविहिन भएका पौडेल विस्तारै भित्री लेयरमा समेत समस्या हुदै गएको कारण पूर्ण दृष्टिविहिन भएका थिए ।
अन्य गतिविधिमा पनि अब्बल
आफ्नै दाजु बिमल पौडेलले जन्माएको दृष्टिविहिन क्रिकेट संघका अध्यक्ष रहेका निर्मल विगत १७ बर्ष देखि यसमा आवद्ध छन् । दृष्टिविहिन क्रिकेट खेलाडी समेत रहेका उनले कार्यवाहक अध्यक्ष हुदै अहिले दोस्रो पटक यसको अध्यक्ष बनेका छन् । उनले बेला बेलामा दृष्टिविहिन खेलाडीहरूको लागि क्रिकेट टुनामेन्ट, प्रतियोगीता तथा प्रशिक्षण समेत आयोजना गर्दै आएका छन् । उनले बेला बेलामा गोलबल प्रशिक्षण र प्रतियोगीता, कहिले क्रिकेट प्रतियोगीता र प्रशिक्षण समेत आयोजना गर्दै आएका हुन । यसको अलवा उनी दृष्टिविहिन युवा संघ नेपाल लगायत अपाङ्गता संग सम्बन्धीत विभिन्न संघ संस्थामा समेत काम गर्दै आएका छन् ।उनी मोटिभेसन स्पीकरको रूपमा तालिम समेत सञ्चालन गर्दै आएका छन् । उद्घोषण कलामा समेत अब्बल रहेका उनले दृष्टिविहिन विद्यार्थीहरूको लागि कम्प्युटर तालिम समेत प्रशिक्षण गर्दै आएका हुन्छ ।
२ सय ५२ जना प्रतिष्पर्धीहरूलाई पराजीत गर्दै खुल्ला तर्फ ३ नम्बरमा नाम निकालेका उनले रूपन्देही जिल्लामा नै आफ्नो सिफारिस को अपेक्षा गरेका छन् । यद्यपी शिक्षक सेवा आयोगले अझै विद्यालय रोज्नको लागि पत्र पठाईसकेको छैन । लुम्बिनी प्रदेशमा नाम निकालेका उनले मावि तर्फ आयोगले खाटाएको जिल्लामा जानुपर्ने हुन्छ । तर घर रूपन्देही जिल्ला रहेको र आफु दृष्टिविहिन समेत भएको कारण रूपन्देहीजिल्लामा सिफारिस भएमा उत्तम हुने अपेक्षा राखेका छन् ।