ट्रेंडिंग:

>> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान

बीमाले बढायो सरकारी अस्पतालमा बिरामीको चाप

२२ कार्तिक २०८०, बुधबार
२२ कार्तिक २०८०, बुधबार

पाल्पा, २२ कार्तिक। उपचारको आर्थिक सहज माध्यम बनाएकी तानसेन नगर तेल्घाकी कल्पना सोमै मिसन अस्पतालमा बीमा बाट उपचार गर्न नपाउदा व्यर्थमा ३ हजार ५ सय रूपैयाँ बीमाका लागि खर्च गरेछु जस्तो लागेको बताउँछिन । कम लागतमा प्रभावकारी स्वास्थ्य उपचार हुन्छ भन्ने बुझेर बीमा गरेकी सोमै भन्दछिन । यस अगाडि लुम्बिनी मेडिकल कलेजलाई उपचारको केन्द्र बिन्दु बनाएको हो ।

गत वर्ष स्वास्थ्य बीमा बोडले हात झिके पछि मिसन अस्पताल सारियो मिसन अस्पतालले पनि आफनो लिष्टबाट हटाएपछि अलमल परेको उनले बताउँछिन ।  स्वास्थ्य बीमा गरेका बिमीतहरूले उपचारको क्रममा वा पहिलो उपचारको केन्द्र रामपुर अस्पताल, पाल्पा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, खस्यौली र ताहुलाई बनाए पनि युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेजलाई लक्षित गरि बीमा गरिएको तानसेन बजारका स्थानिय डिल्ली राज शर्मा बताउछन । जहा लक्षित गरिएको हो त्यहा नै बीमा बोडले हात झिकेपछि हजारौ सख्याका बिमीतहरू यतिखेर अलपत्र परेको अवस्थामा रहेको उनले बताए ।

राम्रो सेवा संग विशेषज्ञ सेवा हुन्छ भनेरै निजी तथा गैह्र सरकारी स्वास्थ्य सस्थालाई लक्षित गरेर बीमा गरेको हो । सरकारी स्वास्थ्य सेवामा न त विशेषज्ञ सेवाहरू छन । न त प्रयाप्त मात्रामा औषधी नै हुन्छ । सरकारी अस्पतालका सस्थामा बीमाको सेवा उपलब्ध गराएर के गर्ने ? कानको समस्या भएका रिब्दीकोट गाउँपालिका विनोद घर्ती भन्दछन पाल्पा अस्पतालबाट आफुले सुबिधा नपाएपछि लुम्बिनी मेडिकल कलेज नै जानु प¥यो । सामान्य परिक्षणबाट आफुलाई सहज भएको अनुभव भयो । सामान्य रूपमा पनि औजार नहुदा अन्यत्र जानु पर्ने रहर भन्दा बाध्यता भएको उनले बताए ।

२०७३ सालबाट स्वास्थ्य बीमा कार्यक्रम लागु भएको यस जिल्लामा कुल जनसख्या मध्य २ लाख ३६ हजार ९५ जना स्वास्थ्य बीमामा लागु भएका छन । यस अगाडि पाल्पा, रामपुर अस्पतालमा उपचार संभव नभएको भन्दै मिसन अस्पतालका लागि रिफर कार्ड बनाएर उपचार हुन्थ्यो । त्यो पनि सहज भएकै थियो तर विगत केही महिनाबाट त्यो पनि बन्द भयो । बिमीतहरूलाई निजी तथा गैह्र सरकारी स्वास्थ्य संस्थालाई आफनो रोजाईमा पारे पनि सरकारी स्वास्थ्य सस्थलाई सक्षम बनाउनु पर्दछ तर पाल्पाका दुई वटा सरकारी स्वास्थ्य अस्पतालमा स्थापना काल देखि नै भौतिक सामाग्री र सबै सेबा सम्बन्धी दर्वन्दी अनुरूप डाक्टरहरू नभएको र सबै सेवा सम्बन्धी डाक्टरहरू कागजमा मात्र सीमित भएको अवस्थामा बिमीतहरू अन्यत्र जानु पर्दैन थियो यस्तो समस्या भएको पाल्पा अस्पतालका प्राविधीकहरू बताउछन ।
सरकारले बीमा मार्फत गरिव तथा विपन्न वर्गका समुदायलाई रकमको समस्याका कारण स्वास्थ्य उपचार गर्न बाट बन्चित नहुन र सबैको पहुँचमा स्वास्थ्य सेवा पुगेस भन्ने उदेस्यले यो कार्यक्रम लागू गरिएको हो । पछिल्लो समयमा केही स्वास्थ्य सस्थाले गरेको बदमासीका कारण सर्ब साधारण तथा बिमीतहरूले समस्या झेल्नु परेको स्वास्थ्य प्राविधिकहरूको बुझाई रहेको छ ।

बीमा बोडबाट समय समयमा कार्यक्रम लागु भएका स्वास्थ्य सस्थाहरूले अनुगमन नै नगर्दा समस्या देखियो । बीमा बोडले आफुले अनुगमन गर्न संभव नभए जिल्ला स्वास्थ्य कार्यलयको समन्वयमा जिल्ला अधिकारी सहित जिल्ला स्वास्थ्य बीमाको कार्यलयलाई अनुगमन गर्न प्रत्यायोजन गरेको भए राम्रो हुन्थ्यो र बीमा कार्यक्रम प्रभावकारी हुने जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख राजेन्द्र गिरी बताउँछन ।
रामपुर नगरकी लक्ष्मी ढकाल भन्दछिन्, बीमा बोडको समस्याका कारण विमीतहरूले समस्या झेल्नु परेको छैन । बीमा कार्यक्रम प्रति सर्व साधारणहरूको गलत व्याख्या बुझाई हुन लाग्यो । कार्यक्रमको उद्देश्य राम्रो भए पनि बोडबाटै यसलाई असफल बनाउने काम भएको छ । बीमा गरेपछि बिमीतहरूले रोजेको र खोजेको अस्पताल बाटै उपचार गराउन बिना झन्झट पाउनु पर्दछ । विमीतहरूको अधिकारलाई हनन गर्न पाइदैन यस विषयमा सरकारलाई अझ बढि गंभिर बनाउन पर्ने उनको बझाई रहेको छ ।

बीमा कार्यलयको सुरुवाती समयमा पाल्पा मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजले, स्थानिय सरकार गाउ बस्तीका गरिव विपन्न वर्गका परिवारका सदस्यहरूको विमा निशुल्क गरिदिने होडवाजी नै चल्यो । प्रभावकारी रूपमा संचालन भएको थियो । पछिल्लो समयमा लुम्बिनी मेडिकल कलेजले आवश्यक भन्दा बढि औषधी दिने र बिमीतहरूले पनि आवश्यकता भन्दा बढि शरिरको जचाई गर्ने र बिमीतहरूलाई तत्काल उपचार खर्चका विषयमा जानकारी नगराएको बढी रकम सरकारसंग दावी गरेको कारण गत वर्षदेखि नै विमा बोडले संझौता रद्द गरेको बताए । त्यसै गरी मिसन अस्पतालले बिमा बोडले गरेको संझौता भन्दा अन्य आफु खुसी औषधी प्रयोग गर्दै आएको र पटक पटक बोडले सचेत गराउँदासम्म वेवास्ता गरेको कारणले यस पटक सुचना नै प्रकासित गरी सझौता नबिकरण नगरेको जानकारहरूको भनाई रहेको छ ।
मिसन अस्पतालले साउनको दोस्रो हप्तादेखि रकम भुक्तानीको माग दावी गर्दै बिमा बन्द भएको चेतावनी दिए पछि यहाका राजनैतिक दल, स्थानिय, प्रदेश तथा संघिय तहका माननियहरूले आफ्नो राजनैतिक अभिष्ट पुरा गर्न लक्ष्य राखे पनि असफल भए । तत्काल बिमा कार्यान्वयनका लागि संसदहरू नै मौन बसेका छन । आम जनताको स्वास्थ्य समस्या प्रति राज्य उदासिन भएको तानसेनका स्थानिय सुर्य बहादुर बोहरा बताउँछन ।

स्वास्थ्य बिमा कार्यालयका प्रमुख अर्जुन पौडेल बताउँछन्, बिमा कायक्रम सधैका लागि बन्द नै भयो भन्ने बिमीतहरू लाई भ्रम परेको छ, त्यो होइन । यस पटक मिसन अस्पताल संग संझौता नविकरण भएन । गत वर्षवाट लुम्बिनी मेडिकल कलेज संग संझौता नविकरण नभएको हो । पाल्पा रामपुर अस्पताल, पाल्पा अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र ताहु र खस्यौली, लायन्स कालीगण्डकी उपचार केन्द्रमा बिमा कार्यक्रम लागु भएको छ ।

सरकारको मुख्य उद्देश्य भनेको सरकारी सस्थालाई नै बलियो बनाउने हो । हाल सम्म १ लाख १२ हजार ८ सय ६५ पुरुष र १ लाख २३ हजार २ सय २१ महिला र ९ जना तेस्रो लिड्डी बिमा कार्यक्रममा समेटिएका छन । सबै भन्दा बढि तानसेन नगरमा ६४ हजार ३ सय ६१ र रामपुर नगरमा ३७ हजार ७ सय १९ जना समेटिएका छन भने सबै भन्दा कम तिनाउ गाउपालिकामा ९ हजार १ सय ९८ बिमीत रहेका छन । २४ हजार ६१ जना वगनासकाली गाउँपालिकामा, २२ हजार ८७ माथागढी गाउपालिकामा, १० हजार ३ सय ९५ निस्दी गाउपािलकामा, १२ हजार ६ सय ७८ पुर्वखोला गाउपालिकामा, १८ हजार ९ सय ३ रैनादेवी छहरा गाउपालिकामा, १९ हजार, २ सय ७८ रभ्भा गाउँपालिकामा र १७ हजार ४ सय १५ रिब्दीकोट गाउपालिकामा बिमीतहरू छन भने ८२ जना दर्ता सहयोगी रहेको शाखा प्रमुख पौडेलले जानकारी दिए ।

मिसन अस्पताल :

बिरामीको भिडभाड हुने मिसन अस्पतालले बोर्डले सम्झौता अनुरूप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ । स्वास्थ्य बिमा बोर्डले अस्पताललाई करिब १४ करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । अस्पतालले जेठ मसान्तसम्मको १९ करोड बिमा बोर्डबाट बक्यौता रकम लिन बाँकी रहेकोमा ५ करोड मात्र असारको अन्तिममा भुक्तानी भएको थियो । जसमा २ करोड भुक्तानी नहँुने गरी अस्विकृत भएको छ । साउन २१ गतेसम्म करिब १४ करोड रकम अझै बाँकी रहेको अस्पतालका प्रशासकिय अधिकृत जीवन भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?