ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

एन्टीबायोटिक जथाभावी प्रयोगले बढ्दै छ स्वास्थ्य जोखिम

२० कार्तिक २०८०, सोमबार
२० कार्तिक २०८०, सोमबार

दाङ, २० कात्तिक ।

घोराही उपमहानगरपालिका –६ का ४३ बर्षीय कमला बिसीलाई रुघाखोकी लाग्यो, उनले नजिकैको औषधि पसलबाट औषधि किनेर खाइन् । निको भएपछि दिएको पुरै औषधि नखाई बिचैमा छोडिन् । एक महिनापछि उनलाई फेरि रुघाखोकीको समस्या भयो । उनले फेरि पनि जाँच नगरी औषधि पसलबाट एन्टीबायोटिक औषधि किनेर खाइन् । उनलाई बिरामी हुने बित्तिकै औषधि पसलबाट औषधि किनेर खाने बानी नै परिसकेको छ । पछिल्लो समयमा उनी बिरामी हुँदा औषधि पसलको आफूखुसी किनेको एन्टिबायोटिक औषधिले काम नगरेपछि उनी अस्पताल भर्ना हुनु परेको छ ।

घोराही बजारका एकजना मेडिकल संचालक भन्छन्, नागरिकहरु बिरामी परेमा जाँच नगरी एन्टिबायोटिक औषधि किनेर खान्छन् । आफ्नो औषधि पसलमा औषधि किन्ने आउने प्रशस्त आउँछन् । बिरामी हुँदा जाँच नगर्ने र दिएको औषधि पनि पुरै मात्रा नखानेको संख्या धेरै रहेको उनको भनाइ छ ।

औषधिको प्रयोग सही तरिकाले गरेमा फाइदा गर्छ तर गलत तरिकाले प्रयोग भए बढी बेफाइदा गर्छ । हिजो आज कुनै पनि स्वास्थ्य समस्या भएमा जथाभावी एन्टिमाइक्रोबियल अर्थात् प्रतिजैविक औषधिको प्रयोग गर्ने प्रवृत्ति बढेर गएको छ । चाँडो निको हुने नाममा यसरी प्रतिजैविक औषधिको जथाभावी प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्यकर्मीको भनाइ छ ।

साधारण औषधिको तुलनामा एन्टिबायोटिक र एन्टिमाइक्रोबियल जस्ता औषधिको जथाभावी प्रयोगले स्वास्थ्यमा प्रतिकूल असर गर्ने स्वास्थ्य क्षेत्रका विज्ञहरुले निष्कर्ष निकालेका छन् । चिकित्सकले सिफारिस गरेको औषधिको पूरा डोज नखाने, औषधि पसलेले उमेर र तौलको अनुपातमा मात्रा मिलाएर औषधि दिन नसक्ने, कतिपय चिकित्सकले किटाणुको जाँच नगरीकनै यस्ता औषधि दिँदा समस्या हुनेगरेको हो ।

खासमा, जीवाणु, भाइरस, परजिवी र फङ्गीजस्ता किटाणुबाट मानवलाई हुने सङ्क्रमण रोक्न प्रयोग गरिने औषधिलाई एन्टिमाइक्रोबियल भनिन्छ । यस्ता औषधिको अवाञ्छित प्रयोग हुँदा लक्षित सुक्ष्मजीवले प्रतिरोध क्षमता विकास गर्ने र तिनले गराउने रोग निको नहुने तथा बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले यसलाई गम्भीररूपमा लिनुपर्ने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले बताए । उनका अनुसार विश्वमा एन्टिमाइक्रोबियल रेजिस्टेन्स अर्थात् प्रतिजैविक प्रतिरोध विश्वव्यापी जनस्वास्थ्यको मात्र नभई चिकित्सा विज्ञानको पनि प्रमुख चुनौतीका रूपमा देखापरेको छ । यस जटिल समस्याले गर्दा हाल उपलब्ध एन्टिबायोटिक्सलगायत एन्टिमाइक्रोबियल औषधिको प्रभावकारिता कम हुँदै गएको छ ।

मानिस, पशुपंक्षी तथा वनस्पतिका सङ्क्रामक तथा सरुवा रोगका जीवाणुविरुद्ध प्रयोग हुने यी औषधिको सही तरिकाले प्रयोग नहुनाले प्रतिरोध विकास भई सङ्क्रामक रोगको उपचारमा बाधा उत्पन्न हुन जाने पन्थीको भनाई छ । स्वास्थ्य सचिव पन्थी मानव स्वास्थ्य, पशुस्वास्थ्य र वातावरण स्वास्थ्यका क्षेत्रमा काम भईरहेको भए पनि यसको वैज्ञानिक सन्तुलन हुन नसकेको अवस्था रहेको बताए ।

‘प्रतिजैविक औषधिको मानव र पशुमा अनुचित प्रयोग, श्रोत साधनयुक्त अस्पताल, स्वास्थ्य संस्था तथा प्रयोगशालाको अभाव, ज्ञान र चेतनाको कमी, प्रतिजैविक प्रयोग भएको पशुजन्य वस्तुको खपत गर्नु, संक्रमणको रोकथाम तथा नियन्त्रण गर्ने संयन्त्र कमजोर भए, कमजोर पशुपालन व्यवस्थापन लगायत विषयले असर गरेको छ’ उनले भने, ‘यसका लागि जनचेतना जगाउन, प्रचारप्रसार गर्ने, संक्रमण रोकथाम, औषधि प्रयोगमा लापरबाही, आगामी योजनामा सरोकार सबैको साझा प्रतिवद्धता आवश्यक छ ।’

युएसएआइडी एमट्याप्स परियोजनाका सिनियर टेक्निकल एड्भाइजर डा. सन्तोष दुलालले सन् २०१९ को एक अध्ययनले विश्वमा अनुमानित १२ लाख ७० हजार मानिसको मृत्युमा एएमआर जिम्मेवार भएको बताए । यो सन् २०१९ को तथ्यांक हो, उनले भने, एचआइभी÷एड्स र मलेरियाबाट भन्दा बढी एएमआर र सो सँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको स्पष्ट पारे । हाल विश्वका गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ । एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन ।

उनका अनुसार, सचेतना जगाउनु नै प्रतिजैविक प्रतिरोध औषधि सेवनमा कमी गर्ने आधार हो । बहुआयामिक रुपमा सबै पक्ष गम्भीर बन्न सके मात्रै यसलाई वैज्ञानिक व्यवस्थापन गर्न सकिने उनको भनाई छ । ‘चिकित्सकले बिरामीको स्वास्थ्य जाँच गरी कति दिन औषधि खाएपछि ब्याक्टेरिया मर्छ भन्ने भनेर हिसाब–किताब गरेर नै औषधिको सिफारिस गरेका हुन्छन् । तर, प्रायः बिरामीले पाँच दिन लेखेको औषधि सन्चो भयो भने तीन दिनमात्रै खाएर छोड्छन्’, उनले भने, यसले मानव स्वास्थ्यमा झन प्रतिकुल असर गर्छ, यो विषयमा सचेतना आवश्यक छ ।’ सकेसम्म एन्टिमाइक्रोबियल औषधिको प्रयोग नगर्ने र गर्नैपरे बीचमै छाड्न हुँदैन भन्ने कुराको सचेतना जगाउन आवश्यक रहेको उनको सुझाव छ ।

प्रतिजैविक प्रतिरोधको समस्या यही रफ्तारमा अघि बढ्ने हो भने केही वर्षमा मानव स्वास्थ्यका दृष्टिकोणले ठूलो चुनौती आईलाग्ने उनको जिकिर रहेको छ । अहिले एक तथ्यांकले सामाजिक तथा आर्थिक तत्वहरुका कारण ४० प्रतिशत, भौतिक वातावरणका कारण १०, स्वास्थ्य व्यवहार ३० र स्वास्थ्य सेवा २० प्रतिशत मानिसले सेवा लिने गरेकोमा प्रतिजैविक प्रतिरोध समस्या समाधानका लागि औषधि प्रयोग हुने गरेको बताए । मानिसले प्रयोग गर्ने प्रतिजैविक प्रतिरोध औषधिको तुलनामा पशुबस्तु र कृषि क्षेत्रमा अझ विकराल रहेको हुँदा सबै पक्ष गम्भीर भई आफ्नो आनाबानीसँगै भविष्यको सही योजनामा जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नागरिक स्वस्थ बनाउने स्वास्थ्य क्षेत्रको जिम्मेवारी रहेको हुँदा कोही पनि बिरामी भएर उपचार गर्नुभन्दा बिरामी हुन नदिने खालका सचेतना जगाउने र आनीबानीमा ध्यान दिने खालका नीति कार्यान्वयन गर्न जरुरी रहेको बताए । तीन तहका सरकारबीच समन्वय गरेर काम गर्नु पर्ने उनको धारणा रहेको छ । उनले मानव र पशुमा औषधि सेवनको समुचित व्यवस्थापनमा गम्भीर बन्नुपर्ने, खुला वातावरणमा बिसर्जन गर्न औषधिको उचित व्यवस्थापन हुनुपर्ने उनको धारणा थियो ।

स्वास्थ्य विज्ञका अनुसार पछिल्लो १६ वर्षदेखि ब्याक्टेरिया मार्ने नयाँ औषधि एन्टिबायोटिकको खोज हुन सकेको छैन । त्यसअघि बनाइएका एन्टिबायोटिकलाई ब्याक्टेरियाले पचाउँदै गएका छन्, जसलाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स एएमआर भनिन्छ । यही क्रम जारी रह्यो भने सन् २०५० मा बिरामीलाई एन्टिबायोटिकले काम नगरेर मृत्यु हुनेको सङ्ख्या प्रतिवर्ष एक करोड हुने अनुमान विश्व स्वास्थ्य सङ्गठनले गरेको छ । जसलाई महामारीकै सङ्ज्ञा दिइएको छ । यसको चपेटामा नेपालजस्ता विकासशील देश बढी पर्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा बर्सेनि एक अर्ब अमेरिकी डलर बराबरको एन्टिबायोटिक्स आयात हुन्छ । जुन कूल औषधि आयातको ३० प्रतिशत हो । नेपाली बजारमा करिब तीन सय ६५ ब्राण्डका एन्टिबायोटिक औषधि उपलब्ध छन् र देशभित्रै लगभग ५० कम्पनीले एन्टिबायोटिक औषधि उत्पादन गर्छन् ।

एन्टिमाइक्रोबियल प्रतिरोधी सुक्ष्म जीवाणु फैलिन नदिन चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक आदि औषधिको प्रयोग जथाभावी नगर्ने, असल कृषि र पशुपालन र उत्पादन अभ्यास गर्न चिकित्सकको सुझाव छ । औषधिको जथाभावी प्रयोग र आफुखुसी औषधिको प्रयोगका कारण नै समस्या बढेको स्वास्थ्यकर्मीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?